
१. परिचय
नेपालमा किसानहरुले परम्परागत रुपमा खेतीपाती गर्दै आइरहेकोले कोसेबाली/दलहनबालीहरुको उत्पादन र उत्पादकत्व वृद्धि गरि समग्र कृषि क्षेत्रको विकासमा मद्दत गर्न उपयुक्त प्रविधिहरु अध्ययन–अनुसन्धान बाट पत्ता लगाई कृषि प्रसार मार्फत् किसानहरु समक्ष पुर्याउन अति आवश्यकता महसुस गरिएको थियो । त्यसैले कोसेबालीहरुको उन्नत खेती प्रविधि तथा जातहरु विकास गर्ने उदेश्यले बि.सं. २०२९ सालबाट बाली विज्ञान महाशाखा, खुमलटार, ललितपुर र कृषि केन्द्र, परवानीपुर, बारामा कोसेबाली विशेषगरी चना, मसुरो, भटमास, मास र मुंग सम्वन्धि अनुसन्धान शुरु गरिएको थियो l पछि, आ.ब. २०४३/४४ मा तत्कालिन कृषि केन्द्र, रामपुर चितवनबाट १४.१ हेक्टर जमिन लिई राष्ट्रिय कोसेबाली विकास आयोजनाको रुपमा स्थान्तरण गरिएको थियो l
देशको कृषि विकासमा नयाँ गति दिनको लागि कृषि अनुसन्धान कार्यलाई प्राथमिकता दिई अनुसन्धान कार्यलाई अझ बढि प्रभावकारी बनाउनको लागि श्री ५ को सरकारबाट नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ऐन २०४८ अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना गरे पश्चात यस राष्ट्रिय कोसेबाली विकास आयोजनाको नाम राष्टिय कोसेबाली अनुसन्धान कार्यक्रम राखिएको थियो l हाल यो कार्यक्रमको नाम परिमार्जन गरि कोसेबाली अनुसन्धान कार्यक्रम राखिएको छ l बि.सं. २०७१ साल असोजमा चितवनबाट तत्कालिन क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँकेबाट ८.० हेक्टर जमिन लिई स्थान्तरण गरिएको थियो l हाल यो कार्यक्रम लुम्बिनी प्रदेशको जानकी गाउँपालिका वडा नं. ४ मा सामुद्रीक सतह देखि १८१ मिटरमा २८º ०६’ ३६.६१“ उत्तरी अक्षांस र ८१º ३५’ ४२.६३“ पूर्वी देशान्तरमा अवस्थित छ ।
कोसेबाली अनुसन्धान कार्यक्रमको मुख्य उदेश्य राष्ट्रिय स्तरमा कोसेबालीहरुको उत्पादन वृद्धिको लागि उपयुक्त जात तथा उन्नत खेती प्रविधि विकास गरि खाध्य तथा पोषण शुरक्षामा टेवा पुर्याउनुको साथै किसानहरुको जीवन स्तरमा सुधार ल्याउन योगदान पुर्याई किसानहरुलाई कृषि क्षेत्रको विकासमा मद्दत पुर्याउने रहेको छ । यसैमा केन्द्रित रहेर यस कार्यक्रमले बहन गर्ने मुख्य अभिभाराहरु निम्न प्रकार रहेका छन् l
- प्राथमिकताका आधारमा कोसेबाली सम्बन्धि अनुसन्धान तथा प्रविधि विकास र प्रवर्धन गर्ने ।
- राष्ट्रियस्तरमा कोसेबाली सम्बन्धि मार्गचित्र, अनुगमन तथा दिशानिर्देश गर्ने l
- आफ्नो कार्यक्षेत्रमा (प्रभाव क्षेत्रमा) पाइने रैथाने/स्थानीय कोसेबालीहरुको संरक्षण, संवर्धन र उपयोग ।
- कोसेबाली सम्बन्धि नीति तथा कार्यक्रम तयार पार्न सम्बन्धित निकायहरुलाई आवश्यक सहयोग गर्ने l
- सिफारिस गरिएका विभिन्न जातका कोसेबालीहरुको बीउ उत्पादन र वितरण गर्ने l
- कोसेबाली सम्बन्धि जनशक्तिहरुको क्षमता अभिव्रिदी गर्ने l
परिषद्को स्वीकृतिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु संग समन्वय र सहकार्य गर्ने ।
२. हासिल गरेका मुख्य उपलब्धि तथा प्रवाह गर्ने सेवा
कोसेबाली अनुसन्धान कार्यक्रमले आफुले प्राप्त कार्यदेश वा अभिभारा भित्र रहेर यसले हालसम्म हासिल गरेका मुख्य उपलब्धि तथा प्रदान गर्ने सेवाहरुलाई तलका बुँदा हरुबाट प्रष्ट हुन् सकिन्छ l
२.१ स्थानीय र रैथाने कोसेबालीहरुको, संकलन, संरक्षण र संवर्धन
कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके र राष्ट्रिय कृषि अनुवांशिक श्रोत केन्द्र, खुमलटार, ललितपुरले विभिन्न कोसेबालीहरुको स्थानीय÷रैथाने बाली र तिनका प्रजातिहरुको संरक्षण र संवर्धन गर्दै आइरहेका छन् । तर पनि बढ्दो कृषि व्यावसायीकरण तथा अन्य प्राकृतिक कारणहरुले गर्दा यस्ता किसिमका कृषि जन्य आनुवंशिक स्रोतहरु लोप भएर वा हराएर गई राखेका छन् ।
स्थानीय र रैथाने कोसेबालीहरुमा औषधीय गुण र पौष्टिक तत्वहरु जस्तै: प्रोटिन, फलाम, क्याल्सियम, फस्फोरस, आदि धेरै पाइने भएकोले यी बालीहरुका वा यिनीहरुबाट बनेका परिकारहरुको माग बजारमा दिन प्रतिदिन बढिरहेको छ । साथै कोसेबालीहरुका खास भूगोल सुहाउदो वा खास भूगोल योग्य, रोगकीरा कम लाग्ने, खानमा स्वादिलो तथा प्रतिकुल मौसममा पनि धेरै उत्पादन दिने नयाँ जातहरुको विकासको लागि पनि यस किसिमका स्थानीय वा रैथाने बाली तथा जातहरुको अति महत्व हुने गर्दछ ।
यसरी सामाजिक, आर्थिक तथा वैज्ञानिकरुपले अति महत्व राख्ने स्थानीय र रैथाने बालीहरुको महत्व र विशेष गुण हेरी ती बाली तथा तिनका प्रजातिहरुको संरक्षणमा ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ l कृषि प्रधान देशमा कृषि क्षेत्रको दिगो विकास, खाध्य सुरक्षा र गरिवी निवारणको आधार स्तम्भको रुपमा रहेको स्थानीय र रैथाने बालीहरुको संरक्षण र संवर्धन गर्ने मुख्य दायित्व यस कार्यक्रमको रहेको छ । हालसम्म यस कार्यक्रम तथा राष्ट्रिय कृषि अनुवांशिक श्रोत केन्द्रले विभिन्न स्थानीय तथा रैथाने कोसेबलीहरुका १३८१ वटा अनुवांशिक श्रोतहरु संकलन र संरक्षण गरेको जुन तल तालिका दिए बमोजिम छ l
स्थानीय तथा रैथाने कोसेबालीहरुका अनुवांशिक श्रोत संख्या
क्र.सं. | बाली | संरक्षण संख्या | क्र. सं. | बाली | संरक्षण संख्या |
१ | मसुरो | २०८ | ८ | मास | ५६ |
२ | भटमास | १७५ | ९ | खेसरी | १०६ |
३ | चना | ३०३ | १० | मस्यांङ | १२४ |
४ | मुंग | ११ | ११ | गहत | ४२ |
५ | राजमा, सिमी | २८१ | १२ | सानो केराउ | १३ |
६ | अरहर | १३ | १३ | बकुला सिमि | ११ |
७ | बोडी | ३८ | जम्मा | १३८१ |
२.२ खेतीको लागि कोसेबालीहरुको हालसम्म उन्मोचन गरिएका जातहरु
कोसेबाली अनुसन्धान कार्यक्रमबाट देशका विभिन्न हावापानी भएका क्षेत्रका किसानहरुको आवश्यकता र बालीप्रणालीमा उपयुक्त हुने, धेरै फल्ने, रोगकिरा सहन सक्ने र पौष्टिक गुण बढी भएका विभिन्न कोसेबालीहरुका जातहरु खेती गर्नको लागि सिफारिस वा उन्मोचन गरिएका छन l
यस कार्यक्रमले हालसम्म ४६ वटा विभिन्न केसेबालीका जातहरु उन्मोचन गरेको छ जसमध्ये चनाको एउटा जात त्रिशुल, भटमासको एउटा जात हिल र मासको एउटा जात कालु उत्पादनमा देखिएको समस्याले गर्दा हटाइएको छ l अहिले मसुरोका १३ वटा, भटमासका ८ वटा, चनाका, ७ वटा, मुंगका ४ वटा मासका २ वटा, अरहरका ३ वटा र बोडीका ५ वटा उन्मोचित जातहरु र मसुरोको १ वटा अनि राजमाको १ वटा सुचिकृत जातहरु गरि जम्मा ४४ वटा जातहरु खेतीको लागि सिफारिस गरिएका छन् l
त्यसैगरी यस कार्यक्रम र यसको बाह्य अनुसन्धान स्थलहरु तथा नार्क अन्य केन्द्र, निर्देशनालय र कार्यक्रमरुमा गरिएको कोसेबालीहरुका परिक्षणको नतिजा अनुसार बाली विशेष धेरै फल्ने, खडेरी तथा बढी चिस्यान सहने, छिटो पाक्ने, बाली प्रणालीमा मिल्ने, रोग र किराहरु सहन सक्ने, पोषण तत्व बढी भएको, भूगोल सुहाउँदो, आदि गुणहरु भएका विभिन्न अनुजातहरु सिफारिस योग्य वा उत्कृष्ट ठहर गरिएका छन् जुन आगामी वर्षहरुमा खेतीको लागि सिफारिस गरिनेछन् ।
कोसेबालीहरुका हालसम्म उन्मोचन तथा सुचिकृत गरिएका जातहरु र उन्मोचन योग्य अनुजातहरुको विवरण तलको तालिकाहरुमा दिइएको छ l
मसुरो बालीमा हालसम्म सिफारिस तथा सिफारिस योग्य जातहरु
क्र.सं. | जातको नाम | उद्गमस्थल | सिफारिस वर्ष | सिफारिस क्षेत्र | बाली पाक्ने दिन | उत्पादन (टन/हे.) | विशेष गुण |
उन्मोचन भएका जातहरु | |||||||
१ | सिन्दुर | नेपाल (LO-1110-25) | २०३६ | तराई देखि पहाड | १४८ | १.५ | विविध हावापानीमा लागाउन सकिने |
२ | शिशिर | भारत (P 43) | २०३६ | तराई देखि पहाड | १५० | २.० | विविध हावापानीमा लागाउन सकिने |
३ | सिम्रिक | भारत (T 36) | २०३६ | तराई देखि पहाड | १४३ | १.५ | मध्यम आकारको दाना, ओइलाउने रोग सहन सक्ने |
४ | सिमल | भारत (LG 7) | २०४६ | तराई देखि पहाड | १४३ | ४.१ | सानो दाना |
५ | शिखर | पाकिस्तान (ILL 4404) | २९४६ | तराई देखि पहाड | १४३ | ३.५ | ओइलाउने रोग सहन सक्ने |
६ | खजुरा मसुरो १ | भारत (LG198) | २०५६ | मध्य तथा सुदूरपश्चिको तराई क्षेत्र | १२८ | १.५ | ओइलाउने रोग सहन सक्ने |
७ | खजुरा मसुरो २ | इकार्डा (PL 639) | २०५६ | मध्य तथा सुदूरपश्चिको तराई क्षेत्र | १३४ | २.१ | ओइलाउने रोग सहन सक्ने, ठुलो आकारको दाना |
८ | शितल | इकार्डा (ILL 2580) | २०६१ | तराई – मध्यपहाड | १३४ | १.१ | ओइलाउने रोग सहन सक्ने, खैरो रङको दाना |
९ | महेश्वर भारती | इकार्डा (ILL 7982) | २०६४ | मध्यपहाड र त्यस क्षेत्रको टार तथा बेसी | १११ | १.४ | ओइलाउने रोग सहन सक्ने, ठुलो आकारको दाना |
१० | सगुन | इकार्डा (ILL6829) | २०६४ | मध्यपहाड र त्यस क्षेत्रको टार तथा बेसी | ९८ | १.३ | ठुलो आकारको दाना |
११ | खजुरा मसुरो ३ | नेपाल (RL 4) | २०७३ | तराई तथा पाहाडी क्षेत्रको नदीकिनार | १४८ | १.५ | स्टेमफाइलम डढुवा रोग सहन सक्ने, शुक्ष्म पोषणयुक्त |
१२ | खजुरा मसुरो ४ | इकार्डा (ILL 7723) | ३०७५ | मध्य तथा सुदूरपश्चिको तराई क्षेत्र | १३६ | १.१ | ओइलाउने र स्टेमफाइलम डढुवा रोग सहन सक्ने, शुक्ष्म पोषणयुक्त |
१३ | श्रद्धा कालो मसुरो | नेपाल (Black lentil) | २०७५ | तराई देखि पहाड | १४२ | १.३ | ओइलाउने र स्टेमफाइलम डढुवा रोग सहन सक्ने, शुक्ष्म पोषणयुक्त, खानमा स्वादिलो |
सुचिकृत भएको जात | |||||||
१ | रसुवा कालो मसुरो | नेपाल (Black lentil) | २०७५ | रसुवा जस्तै हावापानी भएको १८००–२५०० मी. उचाईको पूर्वी पहाडी क्षेत्र | १५० | १.३ | रसुवाको ब्रान्ड, खानमा स्वादिलो |
उन्मोचन योग्य जातहरु | |||||||
१ | आईएलएल ७९७९ | विशेष गुण: चाडै पाक्ने, चिस्यान सहन सक्ने, मध्यम उत्पादन भएको, स्टेमफाइलम डडुवा रोग कम लाग्ने | |||||
२ | पीएल ४ | विशेष गुण: चाडै पाक्ने, ठुलो दाना भएको, स्टेमफाइलम डडुवा सहन सक्ने | |||||
३ | एचयूएल-५७ | विशेष गुण: चाडै पाक्ने, ठुलो दाना भएको, स्टेमफाइलम डडुवा सहन सक्ने |
भटमास बालीमा हालसम्म सिफारिस तथा सिफारिस योग्य जातहरु
क्र.सं. | जातको नाम | उद्गमस्थल | सिफारिस वर्ष | सिफारिस क्षेत्र | बाली पाक्ने दिन | उत्पादन (टन/हे.) | विशेष गुण |
१ | हार्डी | अमेरिका (D 49-772/ Improved Pelican) | २०३४ | तराई तथा भित्रीमधेश | १२४ | २.० | मध्यपहाडी क्षेत्रमा पनि लगाउन सकिने |
२ | रेन्सम | अमेरिका (USA (N55-5931/N55-36181/D56-1186) | २०४४ | मध्यपहाड तथा उपत्यका | १४५ | १.० | मकै संग अंतरबाली लगाउनको लागि उपयुक्त |
३ | सेती | ताइवान (KS419/KS525) | २०४६ | मध्यपहाड तथा उपत्यका | १५० | १.२ | मकै संग अंतरबाली लगाउनको लागि उपयुक्त |
४ | कब | अमेरिका (F57-735/D58-3358) | २०४६ | तराई तथा भित्रीमधेश | १२३ | २.५ | ठुलो आकारको दाना |
५ | लुम्ले भटमास १ | नेपाल (Local selection) | २०५३ | मध्यपहाड | १४२ | १.७ | धानको आलिमा लगाउन र समुद्री सतह देखि ८००–१६०० मिटरको उचाई सम्म उपयुक्त |
६ | तरकारी भटमास १ | चाइना (Huizin #2) | २०६० | मध्यपहाड | १२० | २.३ | हरियो तरकारीको लागि र समुद्री सतह देखि ८००–१५०० मिटरको उचाई सम्म उपयुक्त |
७ | पुजा | भारत (PK 416) | २०६३ | तराई तथा मध्यपहाड | १२५ | १.६ | पहेंलो छिरबिरे रोग सहन सक्ने |
८ | खजुरा भटमास १ | आईआईटीए (LS-77-16-16) | २०७९ | तराई तथा भित्रीमधेश देखि मध्यपहाड | ११५ | २.० | पहेंलो छिरबिरे रोग प्रतिरोधी, विविध हावापानीमा लागाउन सकिने |
उन्मोचन योग्य जातहरु | |||||||
१ | आइएआरएस ८७-१ | विशेष गुण: सानो दाना, धेरै उत्पादन दिने र पहेंलो छिरबिरे र खैरो थोप्ले रोग कम लाग्ने | |||||
२ | एफ ७७८८१७ | विशेष गुण: ठुलो दाना भएको, पहेंलो छिरबिरे र खैरो थोप्ले रोग कम लाग्ने, धेरै फल्ने |
राजमा बालीमा हालसम्म सिफारिस तथा सिफारिस योग्य जातहरु
क्र.सं. | जातको नाम | उद्गमस्थल | सिफारिस वर्ष | सिफारिस क्षेत्र | बाली पाक्ने दिन | उत्पादन (टन/हे.) | विशेष गुण |
१ | पी डी आर १४ | भारत (PDR 14) | २०७५ | तराई तथा मध्यपहाड | ११९ | १.९ | एन्थ्राक्नोज र सेतो ढुसी सहन सक्ने |
उन्मोचन योग्य जातहरु | |||||||
१ | अरुण २ | विशेष गुण: चाडै पाक्ने तथा मध्यम उत्पादन भएको |
चना बालीमा हालसम्म सिफारिस तथा सिफारिस योग्य जातहरु
क्र.सं. | जातको नाम | उद्गमस्थल | सिफारिस वर्ष | सिफारिस क्षेत्र | बाली पाक्ने दिन | उत्पादन (टन/हे.) | विशेष गुण |
१ | धनुष | नेपाल | २०३६ | तराई तथा भित्रीमधेश | १४४ | १.८ | सुक्खा सहन सक्ने |
२ | राधा | भारत (JG 74) | २०४४ | तराई तथा भित्रीमधेश | १४२ | १.६ | असिन्चित क्षेत्रमा उपयुक्त |
३ | सीता | इक्रिस्याट (ICC 4) | २०४४ | तराई तथा भित्रीमधेश | १४० | १.५ | असिन्चित क्षेत्रमा उपयुक्त |
४ | कालिका | इक्रिस्याट (CL 82108) | २०४७ | मध्य तथा पश्चिम तराई र भित्रीमधेश | १५२ | १.४ | मध्य पश्चिम क्षेत्रको तराईमा उपयुक्त |
५ | कोशेली | इक्रिस्याट (ICC 32) | २०४७ | पश्चिम तराई तथा भित्रीमधेश | १५४ | १.६ | मध्य तथा सुदुरपश्चिम क्षेत्रको तराईमा उपयुक्त |
६ | तारा | नेपाल (ICCX 840508-36) | २०६४ | तराई देखि मध्यपहाड | १३५ | १.४ | मध्य तथा सुदुरपश्चिम क्षेत्रको तराईमा उपयुक्त |
७ | अवरोधी | भारत (Avorodhi) | २०६४ | तराई देखि मध्यपहाड | १३५ | १.३ | मध्य पश्चिम क्षेत्रको तराईमा उपयुक्त |
उन्मोचन योग्य जातहरु | |||||||
१ | आइसिसिभी-९७२०७ | विशेष गुण: ठुलो दाना भएको र ओइलाउने तथा डडुवा रोग सहन सक्ने | |||||
२ | केपीजी-५९ | विशेष गुण: मध्यम दाना भएको र ओइलाउने तथा डडुवा रोग सहन सक्ने | |||||
३ | आईसीसीएक्स-८४०५०८-३१ | विशेष गुण: चाडै पाक्ने र ठुलो दाना भएको डडुवा रोग सहन सक्ने |
मास बालीमा हालसम्म सिफारिस तथा सिफारिस योग्य जातहरु
क्र.सं. | जातको नाम | उद्गमस्थल | सिफारिस वर्ष | सिफारिस क्षेत्र | पहिलो पटक कोशा टिप्न सकिने दिन | उत्पादन (टन/हे.) | विशेष गुण |
१ | रामपुर मास | नेपाल (BLG 0067-1) | २०७५ | तराई देखि मध्यपहाड (समुद्री सतह देखि १००-१२५० मिटरको उचाई सम्म) | ६४ | ०.९ | पहेंलो छिरबिरे रोग कम लाग्ने, वर्षा र बसन्त दुवै समयको लागि उपयुक्त |
२ | खजुरा मास १ | नेपाल (BLG 0003-2-1) | २०७५ | ६६ | ०.९ | ||
उन्मोचन योग्य जातहरु | |||||||
१ | बीएलजी ००६१२-२ | विशेष गुण: ठुलो दाना भएको, पहेलो छिरबिरे रोग कम लाग्ने |
मुंग बालीमा हालसम्म सिफारिस तथा सिफारिस योग्य जातहरु
क्र.सं. | जातको नाम | उद्गमस्थल | सिफारिस वर्ष | सिफारिस क्षेत्र | पहिलो पटक कोशा टिप्न सकिने दिन | उत्पादन (टन/हे.) | विशेष गुण |
१ | पुशा बैशाखी | भारत | २०३२ | तराई | ६० | १.५ | सानो आकारको दाना, कम्तिमा ५ पटक सम्म कोशा टिप्न सकिने |
२ | कल्याण | एभीआरडीसी (NM 94) | २०६३ | तराई देखि मध्यपहाड | ६० | ०.७ | ठुलो आकारको दाना, पहेंलो छिरबिरे रोग सहन सक्ने, बर्षे र बसन्त दुबैमा समयको लागि उपयुक्त, २ पटकमा नै ८०% कोशा टिप्न सकिने |
३ | प्रतिक्षा | एभीआरडीसी (VC 6372-45-8-1) | २०६३ | तराई देखि मध्यपहाड | ६३ | ०.७ | |
४ | प्रतिज्ञा | वीएचयू (HUM 16) | २०७५ | तराई देखि मध्यपहाडी क्षेत्रको तार तथा बेसी (समुद्री सतह देखि १००–७०० मिटरको उचाई सम्म) | ६५ | १.४ | |
उन्मोचन योग्य जातहरु | |||||||
१ | पन्त-५ | विशेष गुण: ठुलो दाना भएको, धेरै उत्पादन दिने र पहेलो छिरबिरे रोग सहन सक्ने | |||||
२ | यसएमएल-६६८ | विशेष गुण: राम्रो उत्पादन दिने र पहेलो छिरबिरे रोग सहन सक्ने |
अरहर बालीमा हालसम्म सिफारिस तथा सिफारिस योग्य जातहरु
क्र.सं. | जातको नाम | उद्गमस्थल | सिफारिस वर्ष | सिफारिस क्षेत्र | बाली पाक्ने दिन | उत्पादन (टन/हे.) | विशेष गुण |
१ | रामपुर अरहर १ | भारत | २०४८ | तराई तथा भित्रीमधेश | १९७ | १.५ | चितवन, मकवानपुर र सर्लाही जिल्लाहरुमा उपयुक्त |
२ | बागेश्वरी | नेपाल (PR 5147) | २०४८ | तराई तथा भित्रीमधेश | २६१ | २.० | धनुषा, सर्लाही र बाँके जिल्लाहरुमा उपयुक्त |
३ | खजुरा रहर १ | इक्रिस्याट (ICP 7035) | २०७९ | मध्य देखि पश्चिम तराई | २७४ | १.७ | ओइलाउने रोग सहन सक्ने, ठुलो र आकर्षक दाना |
उन्मोचन योग्य जातहरु | |||||||
१ | धनुषा लोकल | विशेष गुण: ओइलाउने रोग सहन सक्ने, हल्का सुनौलो रङको दाना भएको, हरियो कोशा तरकारीको रुपमा प्रयोग गर्ने सकिने | |||||
२ | एनपीओ २-३-८ | विशेष गुण: ओइलाउने रोग सहन सक्ने, आकर्षक कोशा, धेरै उत्पादन दिने | |||||
३ | आईसीपीएल-८८०३९ | विशेष गुण: चाडै ६ महिनामै पाक्ने तथा ओइलाउने र कोसेगबारोको प्रभाव कम हुने |
बोडी बालीमा हालसम्म सिफारिस तथा सिफारिस योग्य जातहरु
क्र.सं. | जातको नाम | उद्गमस्थल | सिफारिस वर्ष | सिफारिस क्षेत्र | पहिलो पटक कोशा पाक्ने दिन | उत्पादन (टन/हे.) | विशेष गुण |
१ | आकाश | आईआईटीए (IT82D-752) | २०४६ | तराई तथा भित्रीमधेश | ७३ | १.० | फुल र दानाको रङ गुलावी, कोशाहरु आकाशतर्फ फर्केको |
२ | प्रकाश | आईआईटीए (IT82D-889) | २०४६ | तराई तथा भित्रीमधेश | ६० | ०.८ | गाढा हरियो पात र डाँठ, रातो दाना, दालको लागि उपयुक्त |
३ | सूर्य | आईआईटीए (IT8DD-792) | २०६१ | मध्य तथा पश्चिम तराई र भित्रीमधेश | ७७ | १.३ | खैरो ठुलो दाना, तरकारी र दाल दुवैको लागि उपयुक्त |
४ | मालेपाटन १ | आईआईटीए (IT86F-2089-5) | २०६८ | तराई देखि मध्यपहाड | ८० | १.० | हरियो कोशा, दानाको रङ हल्का रातो, तरकारी र दाल दुवैको लागि उपयुक्त |
५ | गाजले बोडी | आईआईटीए (IT898K-205-8) | २०७३ | तराई देखि मध्यपहाड | ७८ | १.३ | पहेंलो छिरबिरे रोग नलाग्ने, सेतो दाना र आँखाको रङ कालो |
उन्मोचन योग्य जातहरु | |||||||
१ | आईटी ०४ के २२७-४ | विशेष गुण: ठुलो दाना भएको र पहेंलो छिरबिरे रोग कम लाग्ने |
२.३ बीउ उत्पादन तथा उपलब्धता
कोसेबाली अनुसन्धान कार्यक्रमले, कोसेबालीहरुको उत्पादन वृद्धिको लागि सिफारिस गरिएका र परिक्षणमा उत्कृष्ट देखिएका विभिन्न बालीका विभिन्न जातहरुको नाभिक तथा प्रजनन् बीउ उत्पादन गरि सरोकारवाला निकायहरु जस्तै: कृषि ज्ञान/विग्य/विकास केन्द्र/कार्यालय, स्थानीय पालिका, बीउ उत्पादक कृषक समुह/सहकारी, बीउविजन व्यवसायी, आदिहरुको माग बमोजिम बीउको आपूर्ति र उपलब्धता गराउंदै आइरहेको छ । साथै कार्यक्रमले नार्कका अन्य अनुसन्धान स्थल तथा बाह्य अनुसन्धान स्थलहरुको परिक्षणमा राम्रा देखिएका विभिन्न कोसेबालीहरुका जातहरुमा किसानहरुको प्रतिकृया बुझ्नको लागि किसानहरुलाई बीउ वितरण कार्य गर्दै आइरहेको छ । यसले गर्दा कार्यक्षेत्रमा उन्नत जातहरुको विस्तारमा पनि यस कार्यक्रमले सहयोग पुर्याउंदै आइरहेको छ ।
यस कार्यक्रममा बीउ उत्पादन गर्ने जग्गाको अभावमा पनि वार्षिक रुपमा कोसेबालीहरु जस्तै: मसुरो (६००-१५०० किलो), भटमास (१०००-१८०० किलो), चना (४००-१२०० किलो), मुंग (५००-१००० किलो) राजमा (४००-७०० किलो), रहर (६००-११०० किलो), बोडी (६००-११०० किलो) र मासको (१००-३०० किलो) प्रजनन् बीउ उत्पादन गरि सरोकारवाला निकायहरूलाई बीउ उत्पादनको लागि बिक्रि वितरण गर्नुको साथसाथै, कोसेबालीमा आधारित वार्षिक बालीचक्र मिलाउनको लागि यस कार्यक्रमले वार्षिक रुपमा धानको मूल बीउ (८०००-१२००० किलो) उत्पादन गरि सरोकार निकायहरुलाई (सरकारी, गैर सरकारी, बीउ उत्पादन कृषक समुह/सहकारी, बीउ विजन व्यवसायी, आदि) उपलब्ध गराउंदै आइरहेको छ । तर, समग्र देशका किसानहरु वा कृषि सेवा प्रदायकहरुको बढ्दो बीउको मागलाई हालको जग्गाबाट उत्पादन गरि आपुर्ति गर्न कठिनाई भैरहेको अवस्थामा कोसेबालीहरुको उन्नत बीउ आपूर्तिलाई सहज बनाउनको लागि यस कार्यक्रमलाई थप जग्गा उपलब्ध हुन अति जरुरी छ देखिन्छ l
२.४ प्राविधिक सेवा प्रदान
यस कार्यक्रमले किसान तथा कृषि प्रसार संग सम्बन्धित सरोकार निकाय वा व्यक्तिहरु संग समन्वयन गरि उहाँहरुलाई आवश्यक पर्ने प्राविधिक/परामर्श सेवा प्रदान गर्नुका साथै विकसित प्रविधि हस्तान्तरणको लागि र उहाँहरुको प्राविधिक क्षमता अभि-वृद्धिको लागि तालिम समेत प्रदान गर्ने गर्दछ l
साथै कार्यक्रमले कृषक समूह वा सहकारीहरुलाई बजार संग जोड्नको लागि कोसेबालीहरुका विभिन्न परिकारहरु जस्तै: दालमोठ, भुजिया, आदि जस्ता परिकारहरु बनाउनको लागि उहाँहरुको आवस्यकताको आधारमा तालिम समेत प्रदान गर्ने गर्दछ l त्यसैगरी कार्यक्रमले वर्षेनी ५० जना भन्दा बढि विभिन्न कृषि विध्यालय÷क्याम्पसहरुबाट आएका कृषिमा अध्ययनरत विद्यार्थीहरुलाई उहाँहरुको शैक्षिक स्तर वृद्धिको लागि वा शैक्षिक माग बमोजिम उहाँहरुलाई निश्चित अवधिको लागि तालिमको सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
२.५ कोसेबालीहरुको उन्नत खेती प्रविधिको विकास
यस कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँकेले विभिन्न कोसेबालीहरु जस्तै: मसुरो, भटमास, चना, अरहर, राजमा, बोडी, मुंग, मास, खेसरी, मस्यांग, गहत, आदि बालीहरुमा गरेको परिक्षणहरुको नतिजाको आधारमा तिनीहरुको लागि उपयुक्त खेती प्रणाली विकास गरेको छ l
डा. अनिल पोख्रेल नेपाल कृषि वरिष्ठ वैज्ञानिक (एस ३), प्रमुख, नेपाल कृषि अनुसन्धान परिषद्, कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, नेपालगन्ज, बांके ।