
१. परिचय
मुसुरो नेपालमा अत्यन्त लोकप्रिय कोसेबालीको रुपमा रहेको छ । नेपालमा यसको खेती धान अथवा मकैबाली आधारित प्रणालीमा गर्ने प्रचलन छ । कुल कोसेबाली खेती मध्ये यस बालीले मात्र ६२.४८ प्रतिशत क्षेत्रफलमा तथा उत्पादनमा ६५ प्रतिशतले ओगट्न सफल रहेको छ । सन् २००० को दाँजोमा हालसम्म क्षेत्रफलमा १५ प्रतिशतले तथा उत्पादनमा ६९ प्रतिशतले वृद्धि भएको छ ।
यस बालीले २१२८७६ हेक्टर क्षेत्रफलमा खेती भई २६२८३५ मे.टन उत्पादन भई उत्पादकत्व १.२३५ कि.ग्रा. रहेको छ (कृ.वि.म, २०१९) । सबैभन्दा महत्वपुर्ण कुरा मुसुरोलाई नम्बर १ निर्यात बालीको रुपमा लिईन्छ । रातो दिउला भएको नेपाली मूसूरो खानमा स्वादिलो, अर्गानिक दाल चाँडै फतक्क पाक्ने, सूपाच्य प्रोटिन तथा प्रशस्त मात्रमा सूक्ष्म पोषकतत्व पाईने भएकोले अन्तराष्टि«य बजारमा यसको माग चर्को रहेको छ ।
मूसूरो खेती नेपालको तराई, भित्री मधेश तथा २००० मी. उचाई सम्मको पहाडमा पनि खेती गर्न सकिन्छ । नेपालको तराई भु:भाग जहाँ ९५ प्रतिशत मुसुरो खेती गरीन्छ र धान पछि मुसुरो छर्ने बेलामा बढी चिस्यान हुनु वा सुख्खा हुनु बाली स्थापनामा समस्याको रुपमा रहेको छ ।
यसको महत्व निर्यात बालीको अलावा मुसुरोको दाल प्रोटिन (२२ देखि २८ प्रतिशत) तथा विभिन्न खनिज पदार्थहरु आइरन (५० देखि ८१ पिपिएम), जींङ्क (४० देखि ६५ पिपिएम) आदिको घनिभूत श्रोत भएकोले नेपालको मध्यम वर्गीय समाज तथा गरीब कृषकहरुको लागि भरपर्दो श्रोत भएकोले यसको नियमित प्रयोगले रोगको प्रतिरोधितात्मक क्षमता अभिवृद्धिमा समेत सहयोग पूरयाउँछ भने गर्भवति महिला तथा हूर्कदो बालबच्चाहरुको लागि रगत प्रतिस्थापनमा तथा मानसिक विकासमा सहयोग पूरयाउँछ ।
नेपालमा अझैपनि दुर्इ लाख चालीस हजार हेक्टर जग्गा धान पछि खाली रहेको अवस्थामा मुसुरोबालीको विस्तारण हुने ठुलो अवसर देखिन्छ । नेपालमा झन्डै ६००,००० घरधूरी कृषकहरु मुसूरो खेतीमा सँलग्न रहेका छन् । यस बालीले हावामा भएको नाइट्रोजन मल माटोमा स्थिरीकरण गर्ने भएकोले माटोको उर्वराशक्तिमा दिगोपन ल्याउन र खेती प्रणालीमा पनि सुधार आउने हुनाले बाली बिबिधिकरणमा समेत सहयोग पुगेको छ ।
२. प्रमुख कीराहरु: कोसे गबारो हेलिकोवरपा आर्मिजेरा (Helicoverpa armigera ), लाहि एफिड्स (कालो: एपिस क्रासिभोरा) र एपिस फाबारे थ्रिप्स, लिगस बग्स, सीडकोर्न म्यागोट्स र वायरवार्महरू मुसुरोका प्रमुख कीराहरू हुन् । फूल फुल्नुअघि वा फुल्ने बेलामा गम्भीर सङ्क्रमण भएमा रोगोर वा रोक्सियन (डाइमेथोएट) वा अन्य कीटनाशकहरू जस्तै साइपरमेथ्रिन ०.००४%, डेमेटोन मिथाइल ०.०५% र फेनभ्यालेरेट ०.०१% ले पर्याप्त रुपमा नियन्त्रण गर्न सकिन्छ ।
३ प्रमुख रोगहरू: स्टेम्फिलियम ब्लाइट र ओइलाउने रोग मुसुरो बालीका दुई प्रमुख रोगहरू हुन्।
३.१ स्टेमफाईलम डढुवा (Stemphylium blight)
ढुसी जातिको स्टेमफाईलम डढुवा पछिल्लो १ दशकमा मुसुरो बालीमा निकै चिन्ताको विषय बनिरहेको छ । स्टेमफाइलम डढुवा एकै पटक व्यवस्थापन गर्न गाह्रो हुने अनुसन्धानको क्रममा पाइएको छ । यो डढुवा स्टेमफाईलम बोट्रिओसम (Stemphylium botryosum) भन्ने ढुसीका कारण लाग्दछ । मुसुरो लगाएको बारीमा स्टेमफाईलम डढुवा नै लागेका हो भन्ने ठोकुवा गर्न गाह्रो हुन्छ । किनकी यसको लक्षण आइलाउने रोग, सेतो कपासे रोगसँग पनि मिल्दोजुल्दो हुने हुँदा प्रयोगशालामै लगेर नमूना जाँच गरेर मात्र पहिचान गर्नुपर्छ । सामान्यतया स्टेमफाईलम डढुवा र ओइलाउने रोगको लक्षणमा केही विशेष भिन्नता भने अवस्य छन् । ओइलाउने रोगको लक्षण बोटमा बीउ रोपेको, ३ हप्ता पछि देख्न सकिन्छ भने स्टेमफाईलम डढुवा सुरुको अवस्थामा नभर्इ फूल फूल्न थालेपछि देख्न सकिन्छ । यसको साथै आइलाउने रोगको लक्षण बिरुवाको टुप्पाको पात र्आइलाउन शुरु गरी तलका पातहरु नझरी झोक्राएर तलतिर फर्केजस्तै देखिन्छन् र संक्रमित बोटहरु उखालेर डाठ चिरेरहेर्दा भित्री भाग खैरो हुन्छ ।
लक्षण
१. शुरुमा पातमा ससाना खैरो पिनको टाउको आकारका दागहरु देखा पर्दछन् । ससाना दागहरु रोगको अवस्था हेरी बढ्दै जान्छन् र सम्पूर्ण पातलाईनै ढाक्छन् ।
२. बोटको हरियोपना विस्तारै हराउँदै जान्छ जसका कारण हांगाविंगा र पातहरु पहेंलिदै जान्छन् ।
३. टाढाबाट हेर्दा खेतबारी पुरै उजाड जस्तो देखिन्छ ।
४. अत्याधिक रोग लागेका बोटका तलका पातहरु झरी टुप्पाका पात मात्र बाँकी रहन्छन् ।
५. फूलफूल्ने अवस्थामा रोगको प्रकृति सामान्य देखिएता पनि दाना कम लाग्ने र उत्पादनमा पनि ह्रास हुने गर्दछ ।
रोग लाग्ने अवस्था
यो रोग मुख्य गरेर अस्वस्थ बीउबाट प्रशारण हुने गर्छ । यो रोगको बृद्धि विकास हुनको लागि २५ देखि ३० डिग्री से. तापक्रम, ८५ प्रतिशत भन्दा बढि सापेक्षिक आद्रता र ४८ घण्टा पात ओसिलो अवस्थामा रहन आवस्यक छ । हावा लागेको सुख्खा मौसममा रोगका जिवाणुहरु एक ठाउँबाट अर्को ठाउँमा फैलिएता पनि रोग विकास हुनको लागि पातमा ओसिलोपना हुनु आवस्यक छ ।
व्यवस्थापन
स्वस्थ बीउ छनौट गरी बाली लगाउने, बाली लगाउँदा बाक्लो गरी नलगाउने, कार्तिक अन्तिम हप्तासम्म बाली लगाइसक्ने, सन्तुलीत मात्रामा मलखादको प्रयोग गरी स्वस्थ बोट हुर्काउने गर्नुपर्दछ । बाली लगाउन अगाडी गर्मी महिनामा गहिरो गरी खेत जोत्नाले माटोमा जिवित जिवाणु माटोको सतहमा आई तातो घामको सम्पर्कमा मर्दछन् । बेभिष्टिन ५० % डव्लु पी (Bavistin 50 % WP) र डायथेन एम.–४५ नामक ढुसीनासक बिषादी २.५ ग्राम प्रति के.जी. का दरले बीउमा मोलेर उपचार गरी लगाउने । स्टेम्फिलियम ब्लाइट व्यवस्थापनको लागि खजुरा मसुरो ४, खजुरा मसुरो ३ र श्रद्धा कालो मुसुरो जस्ता रोग प्रतिरोधी जातहरू लगाउनु आवश्यक छ , रोप्ने मितिमा हेरफेर गर्नु पर्दछ वा चाँडो रोप्नु पर्दछ । रोग प्रभावकारी नियन्त्रण गर्न साफ वा क्लोरोथालोनिल नामक ढुसिनासक विषादि २ देखी ३ ग्राम प्रति लिटर पानीमा मिसाइ बनाईएको झोल २—३ पटक १० दिनको अन्तरालमा पात र डाठ राम्ररी भिज्ने गरी छर्कने गर्नु पर्दछ ।
३=२ ओइलाउने रोग -Wilting_
मुसुरोको ओइलाउने रोगले मसुरो फुल फुल्ने बेलामा न्यानो भइ तापक्रम बढ्यो भने पुरै बाली सखाप पार्न सक्छ।
लक्षण
१) बेर्ना अवस्थामा रोग लागेको बोट टुप्पोबाट ओइलाउन थाल्छ ।
२) रोग लागेका पातको हरियोपान घट्दै जान्छ ।
३.) रोग लागेको बोटलाई सजिलै उखेल्न सकिन्छ र यस्ता बोटको डाँठको भित्रि भागमा दुसीको त्यान्द्रा देखिन्छ ।
३.३ फेद कुहिने रोग (Foot rot)
माटोमा बढी चिस्यान भएको ठाउँमा फेद कुहिने रोग लाग्छ्र ।
लक्षण
१. फेद कुहिने रोग लागेको बोटहरुको तल्लो पातबाट पहेँलो भर्इ बिस्तारै बोट नै ढल्दै जान्छ ।
२. बोटको जमिन भन्दा माथिको डाँठमा पानीले भिजेको जस्तो धब्बा देखिन्छ यहीबाट बोट कम्जोर भर्इ ढल्दछ।
३. बोटमा ढुसीले आक्रमण बढ्न गर्इ पुरै बोट ढलेर मर्दछ ।
ब्यबस्थापन
१. खेतबारीमा अनावश्यक झारपात हटाई सफा सुग्घर राख्ने ।
२. खेतबारीमा रोगी बोटका अवशेष भए हटाउने ।
३. माटो बुर्बुराउदो हुने गरी माटोको चिस्यान अलि कम भएपछि मुसुरो रोप्ने ।
४. बिउलाई थिराम (Thiram वा बेनलेट (Benlate) २ ग्राम प्रति के.जी. बिउको दरले राम्रोसँग मिसाएर उपचार गर्ने ।
डा. राजेन्द्र दराई, बरिष्ठ वैज्ञानिक (एस ५) मकैबाली अनुशन्धान कार्यक्रम रामपुर चितवन र लक्ष्मण अर्याल, वैज्ञानिक (S-1), गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवामा कार्यरत हुनुहुन्छ ।