
काठमाडौ । नेपालमा पहिलोपटक घासको पेलेटको परीक्षण गरिएको छ । नेपाल कृषि अनुशन्धान कार्यक्रम का पशु चिकित्सक अनुसन्धानकर्ता डा. मोहम्मद हुसनेद आजादले उक्त परिक्षण गर्नुभएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय पशु पोषण अनुसन्धान केन्द्रमा कार्यरत रहँदा यो उक्त परीक्षण गरेको उहाँले बताउनुभयो ।
डा. हुस्नेद आजादका अनुसार घाँस र अल्फाल्फा जस्ता सुक्खा चाराहरूबाट फोरेज पेलेटहरू बनाइन्छ, जसलाई ०.७५ देखि १.२५ इन्च लामो र ०.२५ इन्च चौडाइका टुक्राहरूमा आकार दिइन्छ। हुनत त यसको आकारहरु फरक हुन पनि सक्छन् । फोरेज पेलेटहरु बोक्न र गाईवस्तुहरूलाई खुवाउन बढी सुविधाजनक हुने उहाँले बताउनुभयो ।
उक्त अनुसन्धानका अनुसार फोरेज स्टाइलो पेलेटले दुग्ध जनावरहरूको व्यावसायिक आहारको २०-४०% सजिलै प्रतिस्थापन गर्न सकिन्छ ।
पछिल्लो समय लेटेड फोरेजहरू अधिक अन्तराष्ट्रिय बजारमा लोकप्रिय हुँदै गइरहेका छन् । यसरी दुग्ध गाईहरूद्वारा ग्राउण्ड पेलेटेड फोरेजको प्रयोगमा एरिक्सन एट अलको अनुसन्धान (१९६८) अनुसार यसमा उच्च भोलाटाएल फ्याटी एसिड पाइन्छ। ओर्थ एण्ड काउफम्यान (१९६४) र पुटनम एट अलले (१९६६) ले गरेको अनुसन्धानमा ग्राउन्ड रासनको पेलेटिंगको साथ भोलाटाएल फ्याटी एसिड (VFA) को मात्रामा वृद्धि भएको पाइएको थियो ।
डा. मोहम्मद सन् २०१२ देखि नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत हुनुहुन्छ। आफु घासको पेलेटको परीक्षण गर्ने नेपालमा पहिलो अनुसन्धानकर्ता भएको उहाँको दावी छ ।
डा. हुस्नेद आजादले गरेका स्टाइलोको फोरेज परीक्षण सन्दर्भहरूको मार्फत, राष्ट्रिय पशु पोषण अनुसन्धान केन्द्र, नार्कले हाल विभिन्न घासहरुमा फोरेज पेलेटको परीक्षणहरू सञ्चालन गरिरहेको छ । डा. मोहमदले अनुसन्धान "डेरी जनावरहरूको लागि फोरेज पेलेट फिडिङ टेक्नोलोजीको विकास" भन्ने अनुसन्धान नेपलिज जर्नल अफ एग्रिकल्चरल साइन्स, २०१९, खण्ड भोलुम १८ मा प्रकाशित गर्नुभएको छ ।
यो अनुसन्धान पशु प्रजनन डिभिजन, नार्क,खुमलटार, काठमाडौंमा सन् २०१८ को २४ अप्रिल देखि ४ जुन सम्म ४० दिन लगाएर गरिएको थियो ।
के छन त फोरेज पेलेटको फाइदाहरु ?
डा. हुस्नेदका अनुसार फोरेज पेलेटले चाराको पोषण मूल्य बढाउँछ र यसको लामो जीवन हुन्छ । पेलेटहरू जाडोभरि रुमिनेन्टहरू (गाई, भैंसी, भेडा र बाख्राहरू) को लागि राम्रो खाना पूरक हुन्छन् ।
दूध उत्पादन बढाउन र गर्भावस्थाको प्रारम्भिक चरणहरूमा दुग्ध गाईहरूका लागि फोरेज पेलेट खानु राम्रो हुन्छ । उग्राउने जनावरमा दानाको साइज कम हुदा डाइजेस्टाको पास दर बढाउन सक्छ र साथै रुमेनको ब्याक्टेरियाको फर्मेंतेसन पनि बढाउँछ साथै जनावरहरुले पनि धेरै मन पराएर खाएको अनुशन्धानबाट देखिएको छ |