logoआइतबार, २९ असार २०८२

नेपालमा पहिलोपटक कुखुराको दानामा अर्गानिक यसीडको प्रयोग

Author
Loading...
अनुसन्धान विशेष

0

Shares

नेपालमा पहिलोपटक कुखुराको दानामा अर्गानिक यसीडको प्रयोग

 

 

नेपाल कृषि अनुसन्धान परिषद् कार्यरत डा. मोहम्मद हुसनेद आजादले नेपालमा पहिलोपटक कुखुराको दानामा अर्गानिक यसीड प्रयोगबारे अनुसन्धान गर्नुभएको छ । 

 

कुखुरामा कडा एन्टिबायोटिकहरू प्रयोग गर्नुको बदला अर्गानिक यसीड दानामा दिदा कुखुराको मृत्युदर पनि कम हुने साथै साल्मोनेलोसिस जस्तो जुनोटिक रोग जुन कुखुराबाट मानिसमा सर्दछ तेस्को पनि नियन्त्रण हुने उहाँले दावी गर्नुभयो । 

 

 यसको साथै कडा एन्टिबायोटिकहरू कुखुराको मासुमा हुनेहुदा त्यो मासुको प्रयोगले मानिसलाई असर गर्ने तर कुखुराको दानामा अर्गानिक यसीड दिदा कुखुरालाई मात्र रोग बाट नबचाएर मानिसलाई पनि कम एन्टिबायोटिक भएको मासु प्राप्त हुनुको साथै कुखुराबाट सर्ने जुनोटिक रोग बाट पनि बच्ने सम्भावना हुने हुने उहाँले बताउनुभयो । 

HD PICTURE
डा. मोहम्मद हुसनेद आजाद

“नेपालमा पछिल्ला केही वर्षयता कुखुरापालनमा धेरै कृषक संलग्न छन् । नेपालमा कुखुरा पालनको संख्या बढ्दै गएको अनुमान गरिएको छ । कुखुरामा केही एन्टिबायोटिकहरूको प्रयोगले अवशेषहरूको रूपमा पनि उपभोक्ताहरूमा एलर्जी वा अतिसंवेदनशील प्रतिक्रियाहरू निम्त्याउन सक्छ”  उहाँले भन्नुभयो । 

अनुसन्धानका अनुसार कुखुरामा एन्टिबायोटिकहरूको प्रयोगले गर्दा किसानको खर्च पनि बढेको  साथै कुखुरामा एन्टिबायोटिक रेजिस्टेन्स पनि देखिन्छ र यसका साथै कडा एन्टिबायोटिकहरूको प्रयोगले गरेको कुखुराको मासु मानिसले खादा उनीहरुलाई पनि स्वास्थ्यमा असर पर्ने हुन्छ । 

तिवारी लगायतका वैज्ञानिकहरुको समुह  (२०१३) को प्रतिवेदनका अनुसार जैविक एसिडको उपयोग पशुमा वृद्धि प्रवर्द्धकको रूपमा बढेको छ जसले मानव स्वास्थ्यमा प्रतिकूल असरहरूबाट सुरक्षा प्रदान गर्न मद्दत गर्दछ ।

डा. मोहम्मद हुस्नेद पशु विज्ञानका अनुसन्धानकर्ता हुनुहुन्छ । उहाँ  सन् २०१२ देखि नेपाल कृषि अनुसन्धान परिषद् कार्यरत हुनुहुन्छ । नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय पशु पोषण अनुसन्धान केन्द्रमा कार्यरत रहँदा उहाँले यो परीक्षण गरर्नुभएको हो ।

अनुसन्धान क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, परवानीपुर, बारामा ०७४/११/९ देखि ०७४/११/२०१८ सम्म ४१ दिनसम्म कोब ५०० ब्रोइलर कुखुराको प्रयोग गरिएको थियो ।

 

कुखुराको दानामा अर्गानिक यसीडका फाइदाहरु 

अर्गानिक एसिड उपचारहरूले एन्टिबायोटिकहरू जस्तै एन्टिमाइक्रोबियल गतिविधिहरू प्रदर्शन गराउदछ। पोल्ट्री फार्ममा एन्टिबायोटिकको प्रयोगको लागत ब्रोइलरको आहारमा अर्गानिक एसिड थपिएमा कम गर्न सकिन्छ । 

 

कुखुराबाट मानिसमा लाग्ने जुनोटिक रोगहरु जस्तै सालमोनेलोसिस आदि जस्ता रोगहरु यस अर्गानिक यसीडको प्रयोगबाट नियन्त्रण भएको देखिन्छ| आहारमा अर्गानिक एसिडको मिश्रणले कुखुराको बृद्धि र मृत्युदर घटाउँछ ।

 

कुखुराको आहारमा अर्गानिक एसिड थप्दा मासुको स्वादको गुणस्तर सुधारिएको देखिन्छ। र यसको साथै कडा एन्टिबायोटिकहरू कुखुराको मासुमा हुनेहुदा त्यो मासुको प्रयोगले मानिसलाई असर गर्दछ तेसैले कुखुराको दानामा अर्गानिक यसीड दिदा कुखुरालाई मात्र रोग बाट नबचाएर मानिसलाई पनि कम एन्टिबायोटिक भएको मासु प्राप्त हुनुको साथै कुखुराबाट सर्ने जुनोटिक रोग बाट पनि बच्ने सम्भावना हुने हुन्छ । त्यसकारण, यो अध्ययन ब्रोइलरहरूको कार्यसम्पादनमा प्राकृतिक वृद्धि प्रवर्द्धक जैविक एसिडको विभिन्न स्तरहरूको थपको प्रभाव मूल्याङ्कन गर्न गरिएको थियो।

                                 

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave