
काठमाडौ । विश्व माटो दिवस २०२४ कृषि विभागले विभिन्न कार्यक्रम आजोजना गरेर मनाएको छ । विभागले सरोकारवाला र आम जनमानसमा खेतीयोग्य माटो सम्बन्धी जागरण एवं जनचेतना अभिवृद्धि का विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
दिवसका अवसरमा धादिङ्गको धुनिबेशीमा किसानलाई माटो परीक्षण, २ जना उत्कृष्ट कृषक (माटो व्यवस्थापक) लाई पनि छनौट गरि पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान, टीकटक भिडियो प्रतिष्पर्धा, प्रभातफेरी , माटोको महत्व सम्बन्धी कार्यशाला लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालले पनि वि.सं. २०७२ साल (सन् २०१५) देखि विश्व माटो दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा २० मङ्सिर २०८१ तदनुसार ५ डिसेम्बर २०२४ का दिन खाद्य तथा कृषि संगठनले तय गरेको नारा "माटोको सुधार: परीक्षण,रेखदेख र उपचार" रहेको थियो ।