logoआइतबार, २९ असार २०८२

कृषि मेलामा कृषि विद्यार्थीको लोभलाग्दो चिया स्टल

Author
Loading...
विविध

0

Shares

कृषि मेलामा कृषि विद्यार्थीको लोभलाग्दो चिया स्टल

चितवन, पुष २ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरूले कृषि प्रदर्शनी तथा कृषक मेला २०८१ को अवसरमा एक अनौठो र सन्देशमूलक चिया स्टल सञ्चालन गरेका छन्।

 

उनीहरूले आफ्नो चियाको स्टलको नाम एग्री अरोमा टी स्टल दिएका छन्। "नेपालमै उत्पादन गर्न सकिने विविधतायुक्त चिया" भन्ने अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्यार्थीहरूले यो स्टलमा विभिन्न प्रकारका चिया प्रस्तुत गरेका छन्, जसले मेलामा आएका आगन्तुकहरूको ध्यान आकर्षित गरेको छ।

 

चिया स्टलमा जलजीरा चिया, स्याउ स्वादयुक्त चिया, आँप स्वादयुक्त चिया, लिची स्वादयुक्त चिया, ऐसेलु स्वादयुक्त चिया, मसला चिया, कफी लगायतका प्राकृतिक नेपाली जडीबुटीहरू प्रयोग गरेर तयार गरिएका चियाहरू उपलब्ध छन्।

 

"हामीले चिया स्टल सञ्चालन गरेर नेपालमा हुने जडीबुटी र चिया उत्पादनको महत्त्वलाई उजागर गर्न खोजेका हौं। हाम्रै देशमा उत्पादित सामग्रीहरूले यस्ता गुणस्तरीय चिया तयार गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छौं," स्टल सञ्चालक मध्येका एक विद्यार्थी पुस्कर पन्तको भनाइ छ ।

 

यस स्टलको आकर्षण केवल चियाको स्वादमा मात्र होइन, यसको प्रस्तुतीकरणमा पनि देखिन्छ। आगन्तुकहरूलाई चियाको परिकारसँगै हाम्रा जडीबुटी र तिनको औषधीय महत्त्वका बारेमा जानकारी समेत दिएको विद्यार्थीहरूको भनाइ छ।

कृषि मेलाको चिया स्टलले नेपाली कृषि उत्पादनहरूको सदुपयोग गरी आर्थिक, सांस्कृतिक र पर्यावरणीय फाइदाहरूको बारेमा जागरूकता फैलाउन योगदान पुर्‍याएको छ ।

 

विद्यार्थीहरूको प्रयासले न केवल कृषि मेलाको महत्त्वलाई थप बढाएको छ, तर नेपाली उत्पादनहरू र उद्यमशीलताप्रति युवा पुस्तालाई पनि प्रेरित गरेको छ।

 

बेलाबखतमा हुने मेलामा मात्रै सीमित नभएर कृषिका विद्यार्थीहरू उद्यमशीलतामा लाग्ने हो भने देशमा कृषि क्रान्ति नै हुने थियो कि?

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave