चितवन, मंसीर २ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाका झलकहरु ।
यही मङ्सीर २९ गतेदेखि सञ्चालन भएको मेलामा मुख्य आकर्षणका रूपमा निःशुल्क बाली र पशु उपचार शिविर, बीउ-बिजन परीक्षण सुविधा, निःशुल्क खोप शिविर, निःशुल्क माटो परीक्षण शिविर, बाली बीमा र कृषि कर्जा सम्बन्धी परामर्श, कृषक तालिम, सरोकारवालाबीच अन्तरक्रिया, कृषि उपकरणहरूको बृहत प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, एकल तथा सामूहिक नृत्य प्रतियोगिता, कृषक-विद्यार्थी अन्तरक्रिया, प्रदर्शक प्रतियोगिता, कृषक-विद्यार्थी सम्मान कार्यक्रम आदि रहेका छन् ।