logoशनिबार, २८ असार २०८२

आलुमा लाग्ने पछौटे डढुवा रोग र यसको व्यवस्थापन

Author
Loading...
कृषि प्रविधि

0

Shares

आलुमा लाग्ने पछौटे डढुवा रोग र यसको व्यवस्थापन

पछौटे डढुवा रोग Phytophthora infestans नामक ढुसीले गर्दा लाग्छ। यो रोग विश्वमा पहिलो पटक सन १८४३ मा अमेरिकामा देखिएको पाइन्छ । यो रोगले सन १८४५-१८५२ मा आयरल्याण्डमा इरिस फेमाइन महामारी ल्याएको थियो जसले गर्दा १० लाख मानिसको मृत्यु भएको थियो। नेपालमा यो रोग पहिलो पटक सन १८८३-१८९७ मा देखिएको मानिन्छ। यो रोगले कम्तीमा १५% उत्पादनमा कमी ल्याउँछ। कहिलेकाहीं यो रोगले तराईमा ५०-९०% सम्म उत्पादनमा कमी ल्याउँछ भने, पहाडमा यो रोगले ७५% भन्दा धेरै उत्पादनमा कमी ल्याउँछ। यो रोग नेपालमा प्रायः मङ्सिरको पहिलो हप्ता देखि पुस महिनाको अन्त्यसम्म देखिन्छ। नेपालमा यो रोग तराई जिल्लाहरूमा जस्तै चितवन, कैलाली, बाँके र पहाडी जिल्लामा जस्तै कास्कीमा प्रायः धेरै देखिएको पाइएको छ। नेपालमा लगाइने प्रायः आलुका प्रजातिहरू आलुको पछौटे डढुवा रोगको लागि कम रोग प्रतिरोधात्मक छन्।

 

रोग देखिने सम्भावना

यो रोग प्रायः आद्रता ९०% भन्दा धेरै र तापक्रम १०-२० डिग्री सेल्सियसमा देखिन्छ। रातको तापक्रम ४ घन्टा शीत बिन्दु भन्दा कम भए र ३ दिन २४ घन्टा सम्म ०.१ मिलि वर्षा भए यो रोग देखिन्छ।

 

 

रोगका लक्षणहरू

लक्षणहरू प्रायः जमिनको माथिल्लो भागमा देखिन्छ, तर पछि आलुको दानामा पनि देखिन्छ। पातको तुप्पोमा र किनारामा सानो खैरो धब्बा देखिन्छ। चिसो मौसममा सबै पातहरू १-४ दिनमा मर्छन् र साथमा नमिठो गन्ध निस्किन्छ। सुखा मौसममा दागहरू साना र खैरा हुन्छन् भने तातो चिसो मौसममा दागहरू कालो हुन्छन्। प्रारम्भिक संक्रमणमा आलुको बोटको माथिल्लो भाग मर्छ । आलुको बाहिरी भाग थोरै खुम्चिन्छ र आलु कालो हुन्छ। आलुको बाहिरि पत्रको भित्रि भागमा खैरो रंग देखा पर्छ र पछि त्यो खैरो सुख्खा  हुँदै जान्छ । 

       

                                                             

 

रोगको नियन्त्रण कसरी गर्ने?

  • स्वस्थ आलुको कन्द चयन

आलु लगाउनुअघि स्वस्थ आलुको कन्द चयन गर्नु महत्त्वपूर्ण छ।

  • आलु छिटो लगाउने

आलु छिटो लगाउने प्रयास गर्नुहोस्, जसले गर्दा आलु अत्यधिक चिसो मौसमबाट जोगिन सक्छ र यसमा रोग नदेखिने सम्भावना बढी हुन्छ।

  • पहिले रोग देखिएको स्थानमा नलगाउने

 

  • आलुको दूरी कायम राख्ने

आलु लगाउने दूरी ६०*२५ सेन्टिमिटर कायम राख्नुहोस्।

  • रासायनिक मलको प्रयोग

१००:९०:६० किलो एन.पी.के (NPK) प्रति हेक्टर प्रयोग गर्नुहोस्।

  • रोग प्रतिरोधी बिउको प्रयोग

रोग प्रतिरोधी बिउ प्रयोग गर्नुहोस्, जस्तै खुमल सेतो, खुमल रातो, जनकदेव आदि । आलुको लाई ९० मिनेटसम्म १:१००० मर्कुरिक कोलोराइड सोलुसनमा भिजाएर भण्डारणको बेला कुहिनबाट जोगाउन सकिन्छ।

  • खेतको सरसफाइ

खेत बारी सफा राख्नु महत्त्वपूर्ण छ। आलु लगाउनुअघि गोबर मलमा ट्राइकोडर्मा मिसाएर जमीनमा छर्ने ।

चिसो बढेको समयमा रोग लाग्न नदिनका लागि  विषादीहरूको प्रयोग गर्ने, जस्तै मन्कोजेब ७५%, डबलुपि कपर अक्सिक्लोराइड ५०% २-३ ग्राम प्रति लिटर पानीको दरले मिसाएर ७ दिनको अन्तरमा ३-४ पटक छर्ने।

रोग लागीसकेपछि के गर्ने ?

१. मेटालेक्सिल प्रयोग

यदि रोग लागिसकेको छ भने मेटालेक्सिल १.५ ग्राम/लिटर पानीमा मिसाएर प्रयोग गर्ने

२. क्लोराथानोनिल प्रयोग

क्लोराथानोनिल १०-१२ दिनको अन्तरालमा ३-४ पटक प्रयोग गर्न सकिन्छ।

 

लेखक विश्वास प्रोख्रेल कृषि तथा वन विज्ञान विश्वविद्यालय, प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पामा बी एस्सी एजी अध्ययनरत हुनुहुन्छ । 

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave