logoसोमबार, ३० असार २०८२

काँक्रोको बीउ बेचेर पर्वतका किसानले गरे ६ करोड आम्दानी

Author
Loading...
विविध

0

Shares

काँक्रोको बीउ बेचेर पर्वतका किसानले गरे  ६ करोड आम्दानी

पर्वत, माघ २२ । पर्वतको फलेवास नगरपालिका- ११ पाङ्राङका कृषकले काँक्रोको बिउ बिक्री गरेर ६ करोड रुपैयाँ आम्दानी गरेका छन्। २५ वर्षदेखि काँक्राको बिउ उत्पादन गर्दै आएका यहाँका कृषकले योपटक ६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेका हुन्। 

स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा २०५७ मा नारायणस्थान बिउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बिउ उत्पादनमा लागेका कृषकले यो वर्ष ६३ क्विन्टल काँक्रोको बिउ उत्पादन गरेका छन्।  

प्रतिकिलो १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याएको कृषक बाबुराम भुसालले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष ७० क्विन्टल बिउ उत्पादन भएकामा यो वर्ष ६३ क्विन्टल मात्र भएको हो। गत वर्ष सात करोड आम्दानी भएको थियो। उहाँका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्रोको बिउ उत्पादन गर्दै आएका छन्। 

समूह गठन भएको शुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बिउ उत्पादन भएको कृषक भुसालले जानकारी दिनुभयो। सुरुआतमा ८०० का दरले बिक्री गरेका कृषकले अहिले १० हजार रुपैयाँमा बिक्री गर्दै आएका उहाँले बताउनुभयो।

केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बिउ उत्पादन हुँदै आएको थियो। मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि काँक्रोको बिउ मात्र उत्पादन गर्न थालेको भुसालले बताउनुभयो। उहाँका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन्। 

प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम च लाखदेखि १८ लाख रुपैयाँसम्म बिउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिनुभयो। यो वर्ष आफूले एक क्विन्टल काँक्राको बिउ बिक्री गरी १२ लाख आम्दानी गरेको उहाँको दाबी छ।

कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बिउ असारसम्ममा बिक्री गर्दै आएका छन्। यहाँ उत्पादित अधिकांश बिउ काठमाडौंको कालीमाटी बजारका व्यापारीले खरिद गर्दै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका- ७ धाइरिङमा व्यावसायिक रूपमा काँक्राको बिउ उत्पादन हुँदै आएको जानकारी दिनुभयो।उहाँले उत्पादित बीउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत विभिन्न क्षेत्रमा सिफारिस गर्ने गरिएको छ भन्दै व्यावसायिक कृषकलाई केन्द्रबाट विभिन्न अनुदान र प्राविधिक सहयोग गर्ने गरिएको बताउनुभयो । पर्वतको धाइरिङका कृषकले बीउ बिक्री गरी यसवर्ष रु चार करोड भित्र्याएका छन् । रासस

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave