logoशनिबार, २८ असार २०८२

नेपालको माटोको स्वास्थ्य बिर्गाने कारणहरु केके हुन ? सुधार कसरी गर्ने ?

Author
Loading...
कृषि प्रविधि

0

Shares

नेपालको माटोको स्वास्थ्य बिर्गाने कारणहरु केके हुन ? सुधार कसरी गर्ने ?

काठमाडौ, माघ २६ । धेरै जसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ । गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै  जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाईनु, भू-क्षय निरन्तर भै रहनु, औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजार/यन्त्रको अधिकतम् प्रयोगले माटो कडा बन्दै जाने जस्ता कारणहरुले गर्दा नेपालको माटोको स्वास्थ्यता बिग्रर्दै गएको अनुसन्धानहरुले देखाएका छन ।

 

नेपालको Digital Soil Map (DSM) अनुसार नेपालको खेतियोग्य जमिनको ६६ प्रतिशत माटो अम्लिय प्रकृतिको, ५ प्रतिशत क्षारिय र २९ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाईएको छ । प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिईन्छ । तर  नेपालमा १२ प्रतिशत माटोमा मात्रै अधिक प्राङ्गारिक पदार्थको मात्रा रहेको पाइएको छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३-५ प्रतिशत हुनु आवश्यक हुन्छ । 

 

नेपालमा खेती गरिने जमिनमा नाईट्रोजनको मात्रा ३७ प्रतिशतमा मात्रै अधिक रहेको पाइएको छ । फस्फोरस तत्व तुलनात्मक रूपमा राम्रो पाइएको छ । त्यसैगरी पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ, अर्थात ६९ प्रतिशतमा मात्रै अधिक पाईएको छ । माटो परीक्षणबाट देशभरमा कतिपय स्थानमा सुक्ष्म खाद्य तत्वहरु (जिंक, तामा, र मोलिब्डेनम आदि) र क्याल्सियम, म्याग्नेसियम र सल्फर जस्ता सहायक तत्वहरुको कमि देखिन थालेको छ । त्यसैले माटोको सुधारका लागी विषेश ध्यान दिन जरुरी छ । 

 

हामीले माटोको स्वास्थ्यता सुधार तथा कायम गर्न कस्ता कदमहरु चाल्ने त ?

• समय, समयमा आफ्नो खेत, बारीको माटोको परीक्षण गराउने । प्रयोगशालाले परीक्षणको आधारमा सिफारिस गरेको मात्रामा कृषि चुन (माटो धेरै अम्लिय भएमा),  प्राङ्गारिक पदार्थ र अन्य पदार्थहरुको प्रयोग गरी उपयुक्त प्रविधि अनुसार माटो व्यवस्थापन गर्ने।

• प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थको उपयोग जस्तै राम्ररी पाकेको गोबर मल, कम्पोष्ट मल, हरियो मल, झोलमल आदिको प्रयोग गर्ने ।

• रासायनिक मलको सन्तुलित प्रयोग, बाली र माटोको अवस्था अनुसारको सिफारिस मात्रामा प्रयोग गर्ने।

• बालीचक्रको आधारमा खेती गर्ने र बालीचक्रमा कोशेबालीको प्रयोग गर्ने।

• माटो अनुसार उपयुक्त बालीहरु छनोट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गर्ने।

• बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनमा मिसाउने।

• भू-क्षय रोक्ने प्रविधि अपनाउनु पर्ने र पानीको निकास गरी खेत, बारीमा भल बाढी बग्न नदिने।

• औद्योगिक प्रदूषणको मात्रा न्यूनिकरण गर्नु पर्ने र नकुहिने फोहोरहरु व्यवस्थीत गर्ने।

• कृषि औजार/यन्त्रको वैज्ञानिक प्रयोग गर्ने र अधिक प्रयोग घटाई माटो कडा हुन नदिने ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave