
काठमाडौ । कृषकहरुले माघ महिनामा केके कार्यहरु गर्नुपर्दछ त ? माघ महिनामा गरिने प्रमुख कृषि कर्महरू यसप्रकार छन् ।
खेतीपातीतर्फ
- गहुँ बालीमा सिँचाइ गर्ने र दोस्रो टप ड्रेस गर्ने र मलखाद दिने सिचाई गर्ने र फेदमा छापो राख्ने
- हिउँदे मकै गोडमेल गरी युरियाले टप ट्रेसिङ गर्ने
- आलु र ताजा तरकारीको बजार व्यवस्थापनमा ध्यान दिने।
- बसन्ते मकै लगाउन जग्गाको तयारी गर्ने
- तराई र भित्री मधेशमा लगाइएको आलु भित्र्याउने , माघको दोस्रो हप्तादेखि उखु रोक्न सुरु गर्ने
- तोरीको कोसाहरू केही सुक्न र पहिलिन थालेपछि काट्ने
- तराईमा रामतोरी, घिरौला, करेला, बेसीखोजमा सिमी, बोडी, गोलभेडा, खुर्सानी र मध्यपहालमा ब्रोकाउली, बन्दा, फालुङ्गो, सिमी, बोडी, गोलभेडा, खुर्सानी लगाउने
पशुपालनतर्फ
- दुधालु पशुलाई जै बर्सिd आदि हरियो घाँस नल वा परालसँग मिसाएर खुवाउने
- पशुवस्तुलाई चिसोबाट जोगाउन गोठलाई न्यानो पार्ने
- डाले घाँसको नर्सरी राख्ने
- गाईभैँसीलाई मिनरल ब्लक चटाउने ।