
परिचय
नेपालको प्रमुख खाद्यान्न बाली धान हो । यो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म उत्पादन हुने तथा क्षेत्रफल र उत्पादनको हिसाबले सबैभन्दा धेरै लगाइने बाली हो । धानले नेपालमा अन्य सबै अन्नबालीलाई पछाडि पार्दै प्रमुख स्थान ओगटेको छ । तर झारको उपस्थितिले धानको उत्पादनमा १७ देखि ४७% सम्म ह्रास ल्याउने गर्दछ।
बाली र गैरबाली क्षेत्रहरूमा मानवीय गतिविधिमा हस्तक्षेप गर्ने जुनसुकै बिरुवालाई झार भनिन्छ । बालीको उत्पादनमा असर गर्ने कुनै पनि बोटविरुवालाइ हामी झारको रुपमा परिभाषित गर्न सक्छौ । कृषिमा झारले माटोको पोषकतत्त्व, पानी लगायतका स्रोतहरू उपयोग गरी बालीसँग प्रतिस्पर्धा गर्दछ । झारकै कारण किराहरूको घनत्व समेत बढ्छ, जसले अन्ततः बालीको उत्पादन र गुणस्तरमा गम्भीर प्रभाव पार्दछ ।
धान बालीमा देखिने प्रमुख झारहरू
धानबालीमा प्रमुख तीन प्रकारका झारहरू देखा पर्छन् ।
१. चौडापाते झार
२. सागुरापाते झार अथवा घाँसहरू
३. मोथे प्रजातिका झारहरू
१. धानबालीमा देखिने प्रमुख चौडापाते झारहरू
सागुरोपाते/घाँस र मोथे प्रजातिका झारहरू
झार व्यवस्थापनका विधिहरु:
१. भौतिक विधि
यस विधि अन्तर्गत विषेश गरी दुई तरिकाले झार नियन्त्रण गर्न सकिन्छ ।
क) हातले झार गोड्ने: धान रोपिसकेको २० र ४० दिनमा झारको अवस्था विष्लेशण गरेर गोड्नुपर्दछ । छरुवा धानमा १५ देखि ३० दिनमा पहिलोपटक र धान छरेको ४५ देखि ६० दिनको अन्तरालमा दोस्रो पटक झारको नियन्त्रण गर्नुपर्दछ ।
ख) यान्त्रिक (मेकानिकल) विधि: झार नियन्त्रणको लागि विभिन्न उपकरणहरू प्रयोग गर्न सकिन्छ । जस्तै: कोनो वीडर । धान रोपेको १५ दिनमा पहिलोपटक र ३० दिनमा दोस्रोपटक झार नियन्त्रणको लागि प्रयोग गर्दा धानको उत्पादन राम्रो हुन्छ ।
फोटो: कोनो वीडर
· ड्राइ वीडर: यो छरुवा धानको लागि झार नियन्त्रणको लागि उपयुक्त हुन्छ ।
२. परम्परागत विधि
मल छर्ने समय र तरिका
· पहिलो मात्राको युरिया छर्दा झार नउम्रे पनि विषादी छरेपछी मात्रै मलको प्रयोग गर्ने ।
· दोस्रोपटक झार उखलेपछि मात्रै मल छर्नुपर्दछ । जसले गर्दा मल बालीले राम्रोसँग प्राप्त गर्दछ ।
· धानको बीउ रोप्दा अग्लो, छिटै हुर्किने र धेरै गाँज लाग्ने जात रोप्नु पर्दछ । जसले गर्दा झारको वृद्धि विकासमा अवरोध गर्छ ।
धान खेतीमा धैचाको प्रयोग
धैचा छिटै हुर्कने एक प्रकारको बिरुवा हो । यसलाई खेतमा छर्ने र २० देखि २५ दिनको बीचमा काटेर धान लगाउने खेतमै छोडिदिँदा यसले धानमा आउने झारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न मद्दत गर्दछ । धैचाको जारामा नाइट्रोजन स्थिरिकरण गर्ने राइजोवियम नामक ब्याकटेरिया हुन्छ, जसले हावामा भएको नाइट्रोजनलाइ विरुवाले लिन सक्ने अवस्थामा परिणत गरि नाइट्रोजन को उपल्धता बढाउँछन । नेपालमा गरिएको अनुसन्धान अनुसार धैचालाइ हरियो मलको रुपमा पूर्व धानखेतमा प्रयोग गर्दा २० देखी २५ प्रतिशतसम्म धानको उत्पादन वृद्धि भएको पाइएको छ ।
३. रासायनिक विधि
यस विधिमा विभिन्न किसिमका बाली झार उम्रिनु पूर्व कर झार उम्रिसकेपछि मार्ने विषादीहरू प्रयोग गर्न सकिन्छ ।
तालिका १: झार नियन्त्रणका लागि प्रयोग गरिने विषादीहरूको विवरण
नोट : विषादी प्रयोग गर्दा वातावरणीय सुरक्षा र मानव स्वास्थ्यको ख्याल राख्नुपर्छ ।
३. जैविक विधि
यस विधिमा झारको नियन्त्रणका लागि विभिन्न जीवहरूको प्राकृतिक विशेषताको उपयोग गरिन्छ । उदाहरणका लागि:
- तराई क्षेत्रको धान खेतमा माछा र हाँसको प्रयोग:
- पानी प्रशस्त हुने ठाउँमा धान खेतमा माछा र हाँस छोड्दा तिनीहरूले आफ्नो आहारको रूपमा विभिन्न प्रकारका झारहरू खाएर खेतलाई सफा राख्छन् ।
- यस प्रक्रियाले झारलाई नियन्त्रण गर्नुका साथै खेतमा जैविक सन्तुलन कायम राख्छ ।
- यो विधि वातावरणमैत्री र दिगो झार व्यवस्थापनका लागि उपयुक्त मानिन्छ ।
एकीकृत झार नियन्त्रण
एकीकृत झार नियन्त्रण भन्नाले झार नियन्त्रणका लागि विभिन्न विधिहरूलाई एकसाथ वा पालैपालो प्रयोग गरेर झार व्यवस्थापन गर्ने प्रक्रियालाई जनाउँछ । एकल झार नियन्त्रण विधि प्रयोग गर्दा त्यसले एकै प्रकारका झारहरूलाई मात्रै नियन्त्रण गर्ने गर्छ । लगातार धेरै वर्ष सम्म एउटै झारनासक विषादी प्रयोग गर्दा त्यसको प्रभाव कालान्तरमा झारमा नदेखिन सक्छ र नयाँ नयाँ जातका झारहरू देखापर्छन् । त्यसैले एकीकृत झार नियन्त्रण विधि अपनाउन आवस्यक छ ।
उदाहरणका लागि:
· खन्जोत गर्ने+ सफा बिउको प्रयोग+ झार उम्रन नदिने विषादी+ धान रोपेको १५ देखि २० दिनको बीचमा हातले झार गोड्ने
· खन्जोत गर्ने+ सफा बिउको प्रयोग+ हातले झार गोड्ने +धानबारीमा धानसँगै माछापालन गर्ने
· उच्च घनत्वमा धान रोप्ने+ हातले झार गोड्ने + झार उम्रिसकेपछि झार मार्ने विषादी ३० देखि ३५ दिनको बीचमा हाल्ने
प्रतिमा पोख्रेल कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा बाली विज्ञान विभागमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।