
फुट एण्ड माउथ डिजिज् अर्थात खोरेत रोग गाई, भैसी, बंगुर लगायतका खुर फट्टा जनावरमा पिकोर्ना जाती को विषाणुबाट लाग्ने एक प्रकारको संक्रामक एवम सरुवा रोग हो । रोगी पशुहरुसगँको सम्पर्क, दुषित हावा, पानी, दाना, पशुजन्य पदार्थ र पशु वस्तुको ओसारपसारवाट अन्य पशुमा रोग फैलने गर्दछ । नेपालमा वर्षेनी यस रोगवाट पशुपालक किसानहरुले ठूलो आर्थिक क्षति भोग्ने गरेका छन । हाल नेपालको विभिन्न स्थानहरुमा विशेषगरी गाई भैसीमा खोरेत रोग देखापरिरहेको हुँदा बागमती प्रदेशमा समेत यस रोगको जोखिम रहेकोले सतर्कता अपनाउन आवश्यक छ ।
लक्षणहरुः
स्वस्थ पशुमा रोगको विषाणु प्रवेश गरेको २-१४ दिन भित्र निम्न लक्षणहरु देखा पर्न थाल्छनः
Ø ज्वोरो आउने, रयाल चुहाउने, पशु झोक्राउने र दाना पानी नखाने,
Ø मुखको भागहरु विशेषगरी जिब्रो र गीजा, खुर र थुनको वरिपरी स-साना पानीका फोकाहरु देखा पर्ने र पशु हिडँडुल गर्न नसक्ने,
Ø ब्याउने पशुमा गर्भ तुहिने,
Ø दुध उत्पादन घट्ने,
Ø बाच्छावाच्छी, पाडापाडी र पाठापाठीहरुमा यो रोग देखापरेमा अत्याधिक मृत्युदर हुने गर्दछन।
खोरेत रोग लागेका पशुहरु सामान्यतया १-२ हप्ता भित्र निको हुने गरेता पनि रोगको विषाणु लामो समयसम्म रहिरहने हुनाले संक्रमित पशुलाई अन्य स्थानमा लैजादा अन्य पशुहरुलाई समेत रोग सार्न सक्ने हुनाले माहामारी रुपमा फैलन सक्छ।
रोकथाम तथा नियन्त्रणः
Ø पशुहरुलाई वर्षको दुई पटक खोरेत विरुद्धको खोप अनिवार्य लगाउने,
Ø रोगी पशुलाई निरोगी पशुवाट छुट्टायाई अलगै राखि उपचार गर्ने,
Ø शरीरको घाउलाई पोटास पानीले राम्ररी सफा गरि प्राविधिकको सर-सल्लाह बमोजिम उपयुक्त औषधिको प्रयोग गर्ने,
Ø जैविक सुरक्षाका उपायहरु जस्तै- गोठको नियमित सरसफाई, निसंक्रमण अवलम्बन गर्ने,
Ø विभिन्न स्थानबाट हुने पशुको ओसारपसारमा नियन्त्रण र नियवन गर्ने,
Ø दुषित/संक्रमित पशु आहारा एवम् पशुजन्य पदार्थहरुको ओसार पोसार नियन्त्रण गर्ने,
Ø पशु तथा पशुजन्य वस्तुहरु ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनको नियमित सरसफाई तथा निसंक्रमण गर्ने,
Ø रोगि पशुलाई प्रयोग गरिएको दाना/पानी स्वस्थ पशुलाई नदिने,
Ø चरनको क्रममा हुने पशुको लसपस नियन्त्रण गर्ने,
Ø रोगि पशुको उपचारका क्रममा प्रयोग भएका सामाग्रीहरु (सुई, पन्जा, ए.आई. उपकरण आदि) को उचित व्यवस्थापन (सरसफाई, आवश्यकता अनुसार नष्ट र निसंक्रमण) गर्ने,