logoआइतबार, २९ असार २०८२

बैंककसम्म पुगेको चितवनको धुप: कृषि विद्यार्थीको वातावरणमैत्री स्टार्टअप

Author
Loading...
समाचार

0

Shares

बैंककसम्म पुगेको चितवनको धुप: कृषि विद्यार्थीको वातावरणमैत्री स्टार्टअप

चितवन, जेठ ४ । नेपालमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु, मलेरिया लगायतका रोगहरू दिनप्रतिदिन बढिरहेका छन्, विशेष गरी तराई क्षेत्रहरू यसबाट बढी प्रभावित छन्।

यस्तै अवस्थामा, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका विद्यार्थीहरूले लामखुट्टेको समस्याको समाधानका लागि नविनतम उपायको खोजी गरेका छन्। उनीहरूले स्थानीय र प्राकृतिक स्रोतहरूको उपयोग गर्दै, रसायनमुक्त ‘लामखुट्टे प्रतिरोधात्मक धुप’ उत्पादन गर्ने स्टार्टअप सुरु गरेका छन्।

विद्यार्थी पुष्कर पन्तका अनुसार, यस स्टार्टअपको उद्देश्य नेपालमा प्रचलित रासायनिक रेपेलन्टको प्रयोग घटाउने, रोग नियन्त्रणमा सहयोग पुर्‍याउने, महिलालाई स्वरोजगार दिने, र कृषि उत्पादनलाई नविन रूपमा प्रयोगमा ल्याउने रहेको छ।

यो धुप मुख्यतः सिट्रोनेला पाउडर, कपुर र सिट्रोनेलाको आवश्यक तेल प्रयोग गरेर बनाइन्छ। यसले वातावरणमा सुगन्ध फैलाउने र लामखुट्टे टाढा राख्ने काम गर्छ। पन्तका अनुसार, यो जैविक, सुरक्षित र वातावरणमैत्री विकल्प हो जुन रासायनिक धुपको सट्टा प्रयोग गर्न सकिन्छ।

यो परियोजना चितवनबाट सुरु गरि  सप्तरी, सिराहा, झापा, मोरङ, नवलपुर लगायत तराईका उच्च जोखिमयुक्त जिल्लाहरूमा विस्तार गर्ने लक्ष्य राखिएको छ। स्टार्टअपका अन्य सदस्यहरू पनि कृषि पृष्ठभूमिका छन्, जसले औषधीय र सुगन्धित वनस्पतिको अनुसन्धान र प्रयोगमा व्यवहारिक ज्ञान समेत बटुलेका छन ।

प्रोटोटाइप निर्माणका लागि उनीहरूले विश्वविद्यालयको कृषि वनस्पति तथा संरक्षण विभागको प्रयोगशालामा उपप्राध्यापक सरोज सापकोटाको सहयोग प्राप्त गरेका छन्।

यो परियोजना अन्तर्राष्ट्रिय स्तरमा समेत प्रस्तुत भइसकेको छ — हालै बैंकक, थाइल्यान्डमा सम्पन्न ‘एशिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलपमेन्ट २०२५’ मा पुष्कर पन्तद्वारा यस स्टार्टअपको प्रदर्शन गरिएको थियो।

त्यसैगरी, कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा विस्तार निर्देशनालय र विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा आयोजित बुटक्याम्पमा समेत यस टोलीले उत्कृष्ट शीर्ष २० मा स्थान पाउन सफल भएको छ। वैशाख २२ देखि २५ गतेसम्म चलेको कार्यक्रममा व्यवसाय योजना, वित्तीय रणनीति, जोखिम व्यवस्थापन लगायतका पक्षमा विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउँदा अझ प्रोत्साहन मिलेको उनिहरुको भनाइ छ।

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave