logoआइतबार, २९ असार २०८२

चितवनका पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने

Author
Loading...
समाचार

0

Shares

चितवनका पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने

चितवन, जेठ ५ । जिल्लाका पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने भएको छ । यहाँका हरेक दुग्ध उत्पादक सहकारीमा आबद्ध उनीहरुलाई जलवायुको असरका कारण दुग्ध उत्पादनमा परेको समस्या न्यूनीकरणका उपायहरु र जलवायु परिवर्तनमा पशु चौपायले पार्ने असरका बारेमा जानकारी गराइने छ ।


चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केन्द्रीय दुग्ध सहकारी सङ्घको सक्रियता एवम् हेफर इन्टरनेशनलको सहयोगमा किसानलाई तालिम दिन लागिएको हो । यसको सुरुआती स्वरूप जिल्लाका सातवटै पालिकाको पशु शाखाका चिकित्सक एवम् प्राविधिक र निजी क्षेत्रका प्राविधिकलाई आइतबारदेखि तालिम सुरु गरिएको छ । तीन दिनसम्म पशु चिकित्सक एवम् प्राविधिकलाई तालिम दिएर उनीहरुले पालिकामा रहेका सहकारीमा आबद्ध किसानलाई तालिम दिनेछन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जलवायुका कारण दुध उत्पादनमा परेको असर र पशुका कारण जलवायुमा पर्ने असरको विषयमा ज्ञान लिई दुवैको समस्या समाधानका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार यसरी तालिम लिएका पाँच हजार किसानले दुग्ध उत्पादनका क्षेत्रमा असल अभ्यास गर्ने छन् ।


केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुवँरले दुग्ध उत्पादक किसानलाई आत्मनिर्भर बनाउन तालिम आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार पाँच हजार किसानबाट अन्य किसानले पशुपालन अभ्यास सिक्न पाउने छन् । हेफर इटरनेस्नलका कार्यक्रम संयोजक डा लेखनाथ अधिकारीले चितवनका किसानलाई आत्मनिर्भर बनाउन पशुपालन क्षेत्रमा काम गरिएको बताउनुभयो । यहाँको असल अभ्यासले देशलाइनै नतिजा दिने गरी काम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले दुग्ध उत्पादक किसानलाई असल पशुपालन अभ्यास अहिलेको आवश्यकता रहेको बताउनुभयो । यसका लागि तीनै तहको सरकारले सहजिकरणको भूमिका निर्वाह गर्न जरुरी रहेको उहाँले बताउनुभयो । बागमती प्रदेश दुग्ध विकास बोडका उपाध्यक्ष हरिप्रसाद पौडेलले दुग्ध उत्पादनका क्षेत्रमा काम गर्न यस्ता कार्यक्रम फलदायी हुने उल्लेख गर्नुभयो । नारायणी अनलाइन

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave