logoसोमबार, ३० असार २०८२

सातसय रोपनीमा अकबरे खुर्सानी खेती

Author
Loading...
विविध

0

Shares

सातसय रोपनीमा अकबरे खुर्सानी खेती

लमजुङ, जेठ ५ । लमजुङको दोर्दी गाउँपालिकामा करिब सातसय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ । गाउँपालिकाको प्राविधिक सहयोग तथा अनुदानमा दोर्दीका किसानहरुले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गरेका हुन् । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानी खेतीका लागि ३० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढीकरण कार्यक्रमअन्तर्गत अकबरे खुर्सानी खेतीका लागि विनियोजित बजेटबाट खुर्सानी खेतीका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।

व्यावसायिक खेती गर्ने कृषकलाई पालिकाले प्राविधिक सहयोगसँगै मल्चिङ, खुर्सानीको बीउमा ५० प्रतिशत अनुदान दिएको छ । 

यसअघि गत वर्ष दोर्दी गाउँपालिका ४ कामचोक, बाँसबोट र साँधिखोला गाउँमा किसानहरुले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गरेका थिए । परम्परागत रुपमा कोदो खेती गर्दैआएको जमिनमा खुसार्नी खेती गरेका किसानहरुले राम्रो आम्दानी गरेपछि यसवर्ष पालिकाले खुर्सानी पकेट क्षेत्र विस्तार गरेको कृषि शाखा प्रमुख निराजन पौडेलले जानकारी दिनुभयो ।

गत वर्ष पनि अकबरे खुर्सानी खेती गरेको वडा ४ स्थित साना किसान सहकारीले यस वर्ष १२ रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरेको छ । किसानलाई हौसला दिन गाउँपालिका अध्यक्ष युवराज अधिकारी, वडाअध्यक्ष मिनबहादुर गुरुङ, कृषि शाखा प्रमुख निराजन पौडेल किसानको बारीमा पुगेर खुर्सानीका बेर्ना सार्न सहयोग गर्नुभएको थियो । 

परीक्षणको रुपमा पहिलो पटक गत वर्ष अकबरे खुर्सानी खेती सुरु गरेका दोर्दीका किसान यसपटक उत्साहित बनेका छन् । उत्पादन गरेको खुर्सानीले सहज रुपमा बजार पाएपछि किसानहरु थप उत्साहित भएका हुन् । गोरखापत्र 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave