logoआइतबार, २९ असार २०८२

सुँगुरपालक किसानले अफ्रिकन स्वाइन फिभर बारे जान्नै पर्ने कुरा

Author
Loading...
पशुपन्छी र मत्स्य

0

Shares

सुँगुरपालक किसानले अफ्रिकन स्वाइन फिभर बारे जान्नै पर्ने कुरा

बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ।स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाले जानकारी दिएको छ ।बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ। त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको छ.स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ।बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण छ। यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो।

अफ्रिकन स्वाइन फिवर बिषाणुले लगाउने गर्दछ । किर्नाले रोग सार्न मद्धत गर्दछ भने मानिसमा र अरु जनावरमा यस रोगको जोखिम हुदैन । तर मानिसले पनि जैविक सुरक्षा अवलम्बन नगरे वा ध्यान नदिएमा रोग सार्ने माध्यमको रुपमा काम गर्न सक्दछ । विगतका बर्ष झैँ यस बर्ष पनि नेपालको विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ । अति नै खतरनाक विषाणु भएकाले संक्रमित बंगुरको बाच्ने सम्भावना शून्य नै रहन्छ । विश्वव्यापी दायरा हेर्नेहो भने यो रोग पहिलो पटक १९ औ शताब्दीको सुरुवातीमा अफ्रिकामा देखिएको थियो भने नेपालमा पनि २०७९ सालको जेठको पहिलो हप्तामा अफ्रिकन स्वाइन फिवरको पुष्टि भएको थियो ।

रोगको प्रकृतिः घरेलु र जंगली सुँगुरहरूमा लाग्ने एक अत्यधिक संक्रामक र घातक भाइरल रोग, जसले रक्तस्राव ज्वरो निम्त्याउँछ।

भौगोलिक वितरणः सुरुमा अफ्रिका, युरोप, दक्षिण अमेरिका र क्यारिबियनमा र २००७ देखि, यो एसिया, अफ्रिका र युरोपमा फैलिएको छ।

मृत्युदरः धेरै उच्च – लगभग ९५–१००%।

मानव जोखिमः अफ्रिकन स्वाइन फिवर ले मानिसहरूलाई असर गर्दैन; यसले सुँगुरहरूलाई मात्र संक्रमित गर्छ।

नियन्त्रण विधिः कुनै उपचार वा खोप नभएकोले, संक्रमित जनावरहरूलाई मार्नु नै एक मात्र प्रभावकारी नियन्त्रण हो।

सूचीबद्धः विश्व पशु स्वास्थ्य संगठन स्थलीय पशु स्वास्थ्य संहिता।

सुँगुरहरूमा हुने मुख्य लक्षणहरू

– ज्वरो ४० देखि ४२ डि.से. (१०४ देखि १०७.६ डि.फरेनहाइट)

– खान मन नगर्ने– झोक्राउने, कमजोर हुने– उठ्न नसक्ने– उठ्न सकेता पनि थिरिएर बस्न नसक्ने– छाद्ने र रगत मिसिएको छेर्ने– नाक, कान, पुच्छर र खुट्टाको तल्लो भागमा र पेटको भागमा निलो देखिने– अस्वभाविक श्वास प्रस्वास– थुप्रिएर बस्ने– नाक र आँखाबाट सिगान र चिप्रा निस्कने र सिगानमा रगत मिसिएकको   देखिने– आँखा रातो हुने– रोगको लक्षण देखा परेको केहि दिनमा नै मर्ने– गर्भिणीहरु तुहिने, पूरा विकाश नभएका बच्चा जन्माउने।

प्रसारणका तरिकाहरू

प्रत्यक्ष सम्पर्कः संक्रमित सुँगुरहरूसँग, तिनीहरूको शरीरको तरल पदार्थ वा दिसासँग।

अप्रत्यक्ष सम्पर्कः दूषित उपकरण, सवारी साधन वा मानव ह्यान्डलरहरू (भौतिक प्राणीहरू) मार्फत।

आहारः संक्रमित मासु वा मासुजन्य पदार्थ खाने सुँगुरहरू।

भेक्टरः संक्रमित ओर्निथोडोरस किर्नाको टोकाइ।

– संक्रमित दाना र पानी, कच्चा खाद्य पदार्थ– संक्रमित जंगली बदेल– किर्ना, उपिया र झिगाको टोकाइबाट– संक्रमित बंगुर, संक्रमित खारमा काम गरेका मानिसहरुको कपडा, बुट, संक्रमित सिरिन्ज आदि– संक्रमित बंगुरको शरिरबाट निस्केको दिसा, पिसाब, सिगान, चिप्रा, ¥याल, वान्ता, वीर्य आदि।

उपचारः

– प्रभावकारी उपचार नभएता पनि लक्षण अनुसार उपचार गर्नुपर्छ ।– ज्वरो घटाउने औषधि, एण्टीवायोटिक र रोग प्रतिरोधात्मक बढाउने खालको औषधि प्रयोग गर्न सकिएता पनि संक्रमित बंगुरको मृत्युदर लगभग १०० प्रतिशत नै भएको पाइन्छ ।

रोकथामः

– वेस्टेज खाना नखुवाउने– रोगको नकारात्मक असर बारे जनचेतना– कडा जैविक सुरक्षाको अपनाउने– खरिद गरि लेरा्एका बंगरलाई क्वारेन्टाइनमा राख्ने– अनावश्यक व्यक्तिलाई फर्ममा प्रवेश नगराउने– संक्रमण भएका बंगुरलाई छुट्याउने र अलग्गै राख्ने– फर्म वरिपरि निसंक्रमण गर्ने रसायन जस्तै विरोक –एस  ले स्प्रे गर्ने।

यो एक घातक संक्रमण हो जसले घरेलु र जंगली सुँगुरहरूलाई असर गर्छ।यस रोगको मृत्युदर १००% छ, जसको अर्थ कुनै पनि सुँगुर यसबाट संक्रमित भएमा बाँच्न सक्दैन। अन्य जनावरहरूमा रोग फैलिनबाट रोक्नको लागि एक मात्र उपचार भनेको संक्रमित जनावरहरूलाई मार्नु हो। यो स्पर्श वा शरीरको तरल पदार्थको माध्यमबाट एक जनावरबाट अर्को जनावरमा सर्छ। सुँगुरहरूलाई काँचो खाना खुवाउँदा पनि यो भाइरस फैलिन सक्छ। अफ्रिकी स्वाइन फिभरले मानिसहरूलाई कुनै पनि हिसाबले असर गर्दैन र मानव स्वास्थ्यलाई कुनै खतरा गर्दैन। संक्रमित सुँगुरको सम्पर्कमा आए पनि वा सुँगुरको मासुबाट बनेका उत्पादनहरू खाए पनि।

अफ्रिकी स्वाइन फिभरको हाल कुनै उपचार छैन। साथै, सुँगुरहरूलाई यो रोगबाट बचाउन कुनै खोप उपलब्ध छैन। तसर्थ, यो रोगलाई रोक्नु र फैलिनबाट रोक्नु नै एक मात्र समाधान हो। अफ्रिकी स्वाइन फिभर सुँगुरहरूमा हुने एक भाइरल रोग हो। यो सुँगुरबाट अन्य जनावरहरू (गाई, भैंसी, बाख्रा) मा सर्दैन। साथै, यो सुँगुरबाट मानिसमा सर्दैन।

डा. केदार कार्की, वरिष्ठ पशु चिकित्सा स्वास्थ्य व्यवस्थापन सल्लाहकार।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave