
काठमाडौं, जेठ १५ । सरकारले पशु रोग नियन्त्रणलाई प्राथमिकता दिँदै ५ करोड ५० लाख मात्रा पशु खोप उत्पादन गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभर फैलिने पशु रोगहरू नियन्त्रण गर्न आवश्यक खोप उत्पादन गरिने जानकारी दिनुभयो।
सरकारको भनाइमा, यस कार्यक्रमले पशुधन संरक्षण, दुग्ध तथा मासु उत्पादनमा वृद्धि, र कृषकहरूको आर्थिक सुरक्षामा टेवा पुर्याउने अपेक्षा गरिएको छ।