
हालै इरानमा गरिएको अध्ययन अनुसार पोलिक्रस प्रजनन प्रविधिबाट विकास गरिएको नयाँ सिंथेटिक जीरा जातले खडेरी अवस्थामा पनि उल्लेखनीय उत्पादन र गुणस्तर कायम राख्न सफल भएको छ। उक्त लेख मे महिनामा नेचर (साइण्टिफिक रिपोर्ट्स) जर्नलमा प्रकाशित छ ।
अध्ययन खडेरीमा पनि उक्त जातले परम्परागत जातको औसतभन्दा ७९.६% बढी बीउ उत्पादन गर्न सफल भएको छ। साथै, यस जातमा प्रोटिन, कार्बोहाइड्रेट, र तेलको मात्रा पनि उल्लेखनीय रूपमा वृद्धि भएको पाइएको छ।