logoसोमबार, ३० असार २०८२

एन्टिमाइक्रोबियल प्रतिरोध तालिम पोखरामा सुरु

Author
Loading...
समाचार

0

Shares

एन्टिमाइक्रोबियल प्रतिरोध  तालिम पोखरामा सुरु

पोखरा, अषाढ ८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरनचौर पोखरामा पशु स्वास्थ्य प्राविधिकहरूलाई लक्षित गर्दै एन्टिमाइक्रोबियल प्रतिरोध र वन हेल्थ प्रवर्द्धन सम्बन्धी दुई दिने व्यवहारिक तालिम सुरु भएको छ।

Uploaded image

एन्टिमाइक्रोबियल औषधिको उचित प्रयोग, प्रतिरोध नियन्त्रण, र वन हेल्थको अवधारणाको जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको  निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा तालिम संयोजक प्रा. डा. ओम  प्रकाश सिंहले जानकारी दिनुभयो।

Uploaded image

प्रशिक्षणमा सहभागीहरूलाई पशु स्वास्थ्य औषधिको सुरक्षित प्रयोग, सरसफाइ, रोग नियन्त्रणका उपायहरू र ‘वन हेल्थ’ अवधारणाबारे व्यवहारिक ज्ञान दिइएको छ। तालिमको पहिलो डा. शेखर पोखरेल, डा. रुपक केसी, डा. अमर चौधरी, र डा. शत्रुधन शाहले प्रशिक्षण दिनुभएको थियो। त्यस्तै गरि पशु स्वास्थ्य अधिकृत पुष्पराज अधिकारीले पशुपालन व्यवसायमा देखिने व्यवहारिक चुनौतीहरूबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा.  दुर्गा देवकोटाको समेत विशेष उपस्थिति रहेको थियो।

Uploaded image

एडिवी जेनेक्स फाउन्डेसन र सथगुरुको सहयोग तथा विश्वविद्यालयको निरन्तर शिक्षा केन्द्रद्वारा आयोजित तालिममा कास्की र स्याङ्जा जिल्लाका ५० जना पशु स्वास्थ्य प्राविधिकहरूको सक्रिय सहभागिता रहेको छ।

तालिमले दीर्घकालीन रुपमा पशु स्वास्थ्य सेवा सुधारमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave