
काठमाडौँ, असार १६। कृषि विभागमा कार्यरत कर्मचारीहरूका लागि तथ्यांक विश्लेषणसम्बन्धी १० दिने तालिम सञ्चालन गरिएको छ।
कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पि.बि. ग्रुप प्रा.लि., सानेपाको सहकार्यमा तालिम आयोजना गरिएको कृषि विभागका उप-महानिर्देशक विनोद कुमार भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार तालिमले कर्मचारीको कार्यदक्षता वृद्धिमा सकारात्मक प्रभाव पारेको छ।
कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंले तालिमले विभागीय कामकाजमा आवश्यक पर्ने तथ्यांक विश्लेषण कार्यमा सहजता ल्याउने बताउनुभयो।
कृषि विभागकी कृषि अर्थविज्ञ चण्डिका लामाले तालिमको प्रतिफल सकारात्मक हुने विश्वास व्यक्त गर्नुभयो।
पि.बि. ग्रुप प्रा.लि का निर्देशक तथा तालिमका मुख्य प्रशिक्षक इञ्जिनियर खेमराज प्रोखेलले तालिममा R Programming र SPSS का प्याकेजहरू समेटिएको जानकारी दिनुभयो।