
धान नेपालको मुख्य खाद्यान्य बाली हो । चालु आ.व. २०८१/८२ मा बर्षे र चैते दुबै गरि कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती भई कूल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको र औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेको थियो । नेपालमा धानको उत्पादकत्व अन्य देशको तुलनाना कम छ । धानको उत्पादनलाई असर गर्ने धेरै कारकहरू छन् । मुख्यतया जलवायु परिवर्तन, सिँचाइको कमी, उन्नत बीउको अभाव, र रोग तथा कीराहरूको प्रकोप जस्ता कारणले धानको उत्पादनमा नकारात्मक असर पार्छ।
किराहरु
धानको पहेंलो (Yellow borer-Scirpophaga incertulas (Walker) तथा सेतो गबारो (White borer - Scirpophaga innotata) गबारो
धानको गबारो पिराहा किराको रुपमा चिनिन्छ। यस किराले वार्षिक करिव १५% उत्पादनमा कमी ल्याउँछ । यि दुवै गबारोहरुले धानबालीमा नोक्सानी गर्छन । माउ गबारो १ देखि २ से.मी. सम्म लामो हुन्छ। यस किराको लार्भाले धानको गुबो खाई नोक्सान गर्दछ । यस किराको माउले धानको पातको टुप्पोमा माथि पट्टि सतहमा १०० देखि २०० को संख्यामा फूलका थुप्राहरु पार्दछ्। अण्डाबाट करिब १ हप्तामा लार्भा निस्की प्वाल पारेर भित्र प्रवेश गर्दछ र नरम गुदी खादै बढ्छन र ३२ देखि ४५ दिनमा अण्डाबाट वयस्क निस्किन्छन ।
क्षतिको लक्षण
डाठँमा गबारोले परेको प्वाल स्पष्ट देखिन्छ। गाज हाल्ने अवस्थामा गुबो मरेको हुन्छ, र तान्दा सजिलै आउँछ भने बाला सेतो वा फुस्रो हुने गर्छ। गबारोले एउटा सरामा नोक्सान गरिसकेपछि संगैको अर्को सरा वा गाजमा पनि प्रवेश गर्छ।
व्यवस्थापन
• धान काटी सकेपछि रहेको सम्पूण ठुटा निकाली जलाईदिने ।
• धान काट्दा जमिनको सतह छुने गरी काट्ने।
• धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो (२.'५ देखि ३ से. मी. ) चुडेर नस्ट गर्ने ।
• माकुरा, लामसिगे फट्यांग्राहरुको संरक्षण गर्ने ।
• वयस्कहरूको लागि प्रकाश पासो प्रयोग गर्ने ।
• धान रोपेको ३-४ हप्तामा परजीबी किरा (ट्राइकोग्रामा) को प्रयोग गर्न सकिन्छ ५ से मी * १० से.मी. साइजको कार्डमा करिब २० हजार ट्राइकोग्रामा रहेको हुन्छ एक हेक्टरको लागी १० वटा ट्राइकोग्रार्मा प्रयोग गर्नुपर्छ।
• गबारोको धेरै प्रकोप (१०% भन्दा बढी ) भएमा रासायनिक बिषादी कार्टाप हाईड्रोक्लोराइड ४% जी आर वा फ़्रिप्रोनिल ०.३ जी आर दानादार बिषादी २५ के जी प्रति हेक्टर वा क्लोरपाइरिफस २० % ई सी २ मी लि प्रति लिटर पानीका दरले प्रयोग गर्न सकिन्छ। दानादार बिषादी प्रयोग गर्दा खेतमा ५-८ से मी पानी चार पाँच दिनसम्म कायम राख्नुपर्छ।
२ गुलाबि (Pink Borer -Sesamia inference (Walker) तथा धर्के गबारो(Pale headed striped borer -Chilo partellus (Swinhoe)
धर्के गबारोको माउ पुतलीहरु अलिक साना ( करिब १.५ से मी ) हुन्छन, र अगाडीको भागमा सुडको आकृति हुन्छ। गलुाबी गवारोको माउ पुतली आलिक मोटो तथा टाउको र छातीमा बाक्लो खैरो रौंहरु रहेका हुन्छन भने पूर्ण विकसित लार्भा धर्के गवारो करीब २.५ से .मी. र गुलाबी गबारो करीब ३ से. मी. लम्बाइका हुन्छन् ।
क्षतिको लक्षण
धर्के गबारोले सुरुमा पातको फेदतर्फको हरियो भाग कोत्रेर खाइ सिसाको झ्यालजस्ता पारदर्शी धब्बा बनाउँछ र डाठँ वा गुबोमा प्वाल बनाई भित्रको नरम भाग खान थाल्छ । गुलाबी गबारोले बिरुवाको फेद तर्फको भाग खान थाल्छन । यिनीहरुले कलिलो उमेरको बिरुवा देखि नै आक्रमण गर्दछन।
व्यवस्थापन
· धान काटी सकेपछि रहेको सम्पूण ठुटा निकाली जलाईदिने।
· धान काट्दा जमिनको सतह छुने गरी काट्ने।
· धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो (२.५ देखि ३ से.मी ) चुडेर नस्ट गर्ने।
· माकुरा, लामासिंगे फट्यांग्राहरुको संरक्षण गर्ने।
· वयस्कहरूको लागि प्रकाश पासो प्रयोग गर्ने।
· धान रोपेको महिनादिन पछि परजीबी किरा (ट्राइकोग्रामा) को प्रयोग गर्न सकिन्छ ५ से मी * १० से.मी. साइजको कार्डमा करिब २० हजार ट्राइकोग्रामा रहेको हुन्छ एक हेक्टरको लागी १० वटा ट्राइकोग्रामा प्रयोग गर्नुपर्छ।
· गबारोको धेरै प्रकोप (१०% भन्दा बढी) भएमा रासायनिक बिषादी कार्टाप हाईड्रोक्लोराइड ४% वा फ़्रिप्रोनिल ०.३ जी आर दानादार बिषादी २५ के जी प्रति हेक्टर वा क्लोरपाइरिफस २० % ई.सी २ मी. लि प्रति लिटर पानीका दरले प्रयोग गर्न सकिन्छ। दानादार बिषादी प्रयोग गर्दा खेतमा ५-८ से.मी पानी पाँच दिनसम्म कायम राख्नुपर्छ।
३. धानको खैरो फड्केकीरा Brown plant hopper (Nilaparvata lugens)
यसले धानको पातबाट रस चुसेर खाइ नोक्सानी गर्दछ । यो किरा पानीको सतह माथि बसेको हुन्छ। वयस्क फड्के किरा करीब ४ मि. लि लामो हुन्छ र रगं खैरो हुन्छ । पोथी फड्केले पातमा केराको हाता जस्तो आकृतिका हल्का पहेंला रङ्गका अण्डाहरु झुण्डमा पार्दछ । यिनीहरुको महजस्तो च्याप्चाप लाग्ने बिस्ट (दिसा) कालो ढुसी पनि लाग्ने गर्छ।
क्षतिको लक्षण
यो किराको वयस्क तथा बच्चा दुबैले पातको फेदवाट रस चुसेर खान्छ्न । जसका कारण सुरुमा तलका पातहरु र पछि माथिल्ला पातहरु पहेंला भएर जान्छ । अत्यधिक आक्रमण भएको अवस्थामा पुरै धानका बोटहरु मर्छन जसलाई होपर बर्न भनिन्छ।
व्यवस्थापन
• धान बालीमा धेरै मित्र जीव (जस्तै माकुरा स्त्री स्वभावको खपटे मिरिवग आदि) ले यसको संख्या कम गरि धानलाई क्षति हुनबाट बचाउँछन् ।
• पकेट क्षत्रमा दुइ हप्ता भित्र सबै ठाउमा रोपाई सक्ने।
• पहिलेको धानको नाबो हटाउने।
• रासायनिक मलको सन्तुलित मात्रमा प्रयोग गर्ने, नाइट्रोजनयुक्त मल बढी प्रयोग नगर्ने,
बाक्लो रोपाई नर्गने। धान कम्तिमा २०*२० से मि को फरकमा मात्र रोप्ने, जैविक बिषादी एजाडीराक्टीन ०.०३% ईसी २ मि.लि वा एसीफेट ७५% एस पी २ मि.लि वा फ्रीप्रोनिल ५% एस पी २-३ मि लि प्रति ४ लिटर पानीमा किराको संख्या हेरी एक हप्ताको फरकमा छर्कनु पर्दछ।
४. धानको पतेरो (Rice earhead bug- Leptocorisa oratorius)
मुख्य गरी धान बालीमा लाग्ने, यो किराको बच्चा तथा वयस्क दुबै अवस्थाले धान नपसाउँदा सम्म बिरुवाको अन्य भागबाट रस चुसछन् र बाला लागेपछि सबै कीराहरू बालामा आकर्शित हुन्छन् । वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा हरियो रगंको हुन्छ। यसलाई समातेर बिस्तारै थिच्दा नराम्रो गन्ध छोड्छ ।
क्षतिको लक्षण
• पातमा बढी आक्रमण भएमा बोट नै पहेलिने हुन्छ।
• भर्खर पसाउन लागेको बालाबाट रस चुसेमा दाना भित्र दुध भरिन पाउदैन र पछि दानाहरु टुक्रिएर कनिका बन्छन् ।
• धानका दानाहरुमा काला खैरा दागहरु देखिन्छन् र अत्यधिक आक्रमण भएको खेतको धानको भातमा समेत पतेराको गन्द आउन सक्छ।
व्यवस्थापन
• खेत भित्र बा वरपरको झारपात गोडमेल गरी बैकल्पिक आश्रय स्थललाई नष्ट गर्ने ।
• एकै समयमा पाक्ने जातहरु छनौट गरी लगाउने ।
• यो कीरा बत्तीमा आकर्षित हुने हुनाले पसाउन लागेको धान खेतामा बत्ती राखेर त्यसमा आकर्षित गर्ने र नस्ट गर्ने।
• डर्टी ट्रयापको प्रयोग गने।
• यो कीराको प्राकृतिक शत्रु बाघे खपटे कीराको संरक्षण गर्ने ।
• अत्यधिक आक्रमण भएको अवस्था मालाथियन ५०% इ सी बिषादी २ मि.लि प्रति लिटर पानीका दरले साइपरमेथ्रिन २५% इ सी वा फेनभेलरेट २० % इ सी ०.५ मि.लि प्रति लिटर पानीका दरले बिरुवा राम्रोसंग भिज्नेगरि छर्ने ।
५. धान बालीमा लाग्ने फट्याङ्ग्रा (Rice grasshopper- Hieroglyphs banian)
यो कीराले धानको मूल नशा मात्र बाकि रहने गरी सम्पुण भागहरु खान्छ । वयस्क फट्याङ्ग्रा हल्का चम्किलो हरियो पहेलो रंगको हुन्छ, र यसको पखेटा र टाउको माथि ३ वटा कालो रंगको धर्साहरु हुन्छन। वयस्क फट्याङ्ग्रा सरदर ४०-५० मि. मि लामो हुन्छ । पोथी फट्याङ्ग्राले बाझो जमिन , खेतबारीको डिल र माटो मा ५-८ से.मि. गहिरो प्वाल बनाई भाद्रको मध्ये देखि मंसिरसम्ममा ३०-४० वटाको समूहमा अण्डाहरु पर्ने गर्दछ ।
क्षतिको लक्षण
• फट्याङ्ग्राले अण्डावाट निस्कनासाथ धानको पात खान सुरु गर्दछ । कीराहरु खादै काचाँली फेदै बढ्दै जान्छन् ।
• अत्यधिक आक्रमण भएमा धानको पातको मुल नशा मात्र बाकी रहने गरी सबै हरियो भागहरु खान्छन् ।
व्यवस्थापन
• धान खेतका आलीहरु रोपाइ गर्नु अगाडी ताछेर १० देखि १५ सेमि उचाइसम्म हिलो माटोले हावा छिर्न नसक्ने गरी टाली दिनुपर्छ।
• शिकारी किराहरु जस्तै ब्लिस्टर बीटल, ग्राउण्ड बीटलको संरक्षण गर्ने।
• मैना चरी लगायतका बिभिन्न शिकारी जीवहरुको संरक्षण गर्ने।
• धानको ढुटो (१० भाग), सख्खर (२ भाग) र बिषादी (क्लोरोपाइरिफस १० % इसी (१ भाग) मिसाइ बनाएको बिषादी उक्त चारो धानको ब्याड लगायत खेतको वरिपरि छर्ने।
• किराको प्रकोप बढ्दै गएमा मालाथियन १०% इ सी २ मि.लि वा क्लोरोपाइरिफस २०% इ सी २ मि.लि वा साइपरिेमिन २५% इ सी. ०.५ मि.लि प्रति लिटर पानीका दरले मिसाएर छर्ने।
धान बालीका रोगहरु
१ धानको मरुवा रोग (Blast -Pyricularia oryzae)
लक्षण
· पातामा स-साना सेता टिका बिचमा भएका ढुङ्गा आकारका लामचिला खैरा थोप्ला देखा पर्छ । बालादेखी तलको डाँठाको वरिपरि वा आख्लामा खैरो रङ भएको दाग पनि देखिन्छन् ।
·
थोप्ला जोडिदै जाँदा पुरै पात डढेको देखिन्छ। आख्लामा आक्रमण भएमा
सजिलै
व्यवस्थापन
· रोग अवरोधक जातको धान लगाउने,
· कार्बेन्डाजिम ५०%, डब्लु पी २-३ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गरी ब्याड राख्ने,
· सिफारिस गरे भन्दा बढी नाईट्रोजन प्रयोग नगर्ने,
· सिचाईको पानी रोग लागेको खेतबाट रोग नलागेको ठाउँमा जान नदिने,
· ट्राइसाइक्लाजोल ७५%, डब्लु पी ०.७५ ग्राम प्रति लिटर वा कासुगामाइसिन ३% एस एल १.५ मिलि प्रति लिटर पानी वा हेक्जाकोनाजोल ५% इसी २ ग्राम प्रति लिटर वा क्रेसोमक्जिम मिथाइल ४४.३ एस सी १ मि.लि प्रति लिटर पानीमा मिसाइ १५ दिनको फरकमा २-३ पटक छर्ने।
२ धानको डढुवा रोग (Bacterial Leaf Blight – Xanthnomonas campestris p.v. oryzae )
लक्षण
पातको किनारमा भीजेको जस्तो दाग देखिन्छ र दाग बढेर किनारमा तरगीं (wavy) हुदै पहेंलो वा हलकुा खैरो रङ्गका देखापर्छ। पातहरु टुप्पोवाट सुकेर मर्छन ।
व्यवस्थापन
• रोग अवरोधक जातको धान लगाउने,
• सिफारीस अनसुारको रासायानिक मल प्रयोग गर्ने,
• एग्रीमाईसीन -१०० बिषादी ०.२५ ग्राम वा स्ट्रेप्टोमाइसिन सल्फेट ९% + टेट्रासाइक्लिन हाइड्रोक्लोराइड १% डब्लु पी ०.२५ ग्राम प्रति लिटरका दरले बनाएको झोलमा बीउलाई ३० मिनेट डुवाएर बीउ उपचार गर्ने,
• रोग लागेको खेतमा केही दिन पानी सकुाउने, रोग लागेको खेत वाट स्वस्थ खेतमा पानी जान नदिने ।
३ धानको खैरो थाप्लेरोग (Brown spot - Helminthosporium oryzae)
लक्षण
पात वा धानको दानामा स- साना गोलाकार वा लाम्चिला थोप्लाहरु देखिन्छ । सुरुमा थोप्लाहरू अण्डाकार हुन्छन् । थोप्लाको बीचमा फुस्रो खरानी रगं र चारैतिर हल्का पहेंलो किनाराले घेरिएको हुन्छ ।
व्यवस्थापन
• रोग अवरोधक जातको धान लगाउने,
• सिफारिस अनुसारको रासायनिक मल प्रयोग गर्ने,
• तातो पानी वा रोगनाषक बिषादीले बीउ उपचार गर्ने,
• कार्बेन्डाजिम ५०% डव्लुपी २-३ ग्राम प्रति किलो ग्राम बीउको दरले बीउ उपचार गर्ने,
• सिँचाइ भएको ठाउँमा चैत्र महिनाको सरुमा नै सिफारिस गरिएका उन्नत जातका धानहरू रोप्ने।
• प्रोपिनेब ७०% डब्लपुी ३ ग्राम प्रति लिटर पानीको दरले मिसाइ १५ दिनको फरकमा ३ पटक छर्ने।
४. सिथ व्लाइट (Rhizoctonia solani)
लक्षण
पातको फेदमा अण्डाकार खैरा थोप्लाहरू देखा पर्छन । पछि आकारमा बृदी हुदै जान्छ र थोप्ला भएको ठाउमा ढुसीको कालो गिर्खाहरु (Sclerotia) देखापर्छन । बोटको माथिलो भागमा समेत पुग्छ र सुकेर डढेको जस्तो देखिन्छ ।
व्यवस्थापन
• रोग अवरोधक जातको धान लगाउने,
• सिफारीस अनसुारको रासायानिक मल प्रयोग गर्ने,
• भेलेडमाइसिन ३% एल ३ ग्राम प्रति लिटर पानीमा मिसाएर प्रयोग गर्ने,
• हेक्जाकोनाजोल ५% इसी २ मि.लि प्रति लिटर वा प्रोपिकोनाजोल २५% इसी १ मि.लि प्रति लिटर पानीमा मिसाएर छर्ने।
विद्यार्थी, कृषि तथा वन विज्ञान विश्वविद्यालय, प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पा
