logoशनिबार, ०१ कार्तिक २०८२

सुदूरपश्चिमकै ठुलो ड्र्यागन फलको बगैँचा

Author
Loading...
विविध

0

Shares

सुदूरपश्चिमकै ठुलो ड्र्यागन फलको बगैँचा

डडेलधुरा, साउन १०। सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सिउँडीफल (ड्र्यागन फ्रुट) को बगैँचा डडेलधुराको चुरे पर्वतमा स्थापना भएको छ । आलिताल गाउँपालिका–४, चुडापानीमा रहेको बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको छ ।

स्थानीय कर्णबहादुर बोहोराले यसअघि दुई सय बिरुवाबाट यसै वडाको जालटुडामा ड्र्यागन फलको खेती थाल्नुभएको थियो । उहाँले रोपेका बिरुवाले डेढ वर्षमै फल दिन सुरु गरेपछि यस वर्ष बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको कृषि ज्ञान केन्द्र डडेलधुराका कार्यालय प्रमुख नरेन्द्र पनेरूले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कृषि ज्ञान केन्द्र डडेलधुराले किसान कर्णबहादुर बोहोरालाई पाँच सय बिरुवा, थाँक्रा र मलमा सहयोग गरेको छ । पहाडी जिल्लामै ठुलो र नमुना बगैँचा स्थापना गर्ने लक्ष्यसाथ तीन लाख ६२ हजार रुपियाँ सहयोग गरेको उहाँले बताउनुभयो । बाँझो जमिनमा १० लाख रुपियाँ खर्च गरी कलश कृषि पशुपन्छी तथा नर्सरी बगैँचा स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

ड्र्यागन फल र बिरुवा बाहिरी जिल्लामा निर्यात गर्ने मुख्य उद्देश्य रहेको कार्यालय प्रमुख पनेरूको भनाइ छ । ड्र्यागन फल नवीनतम भएको र यसलाई उपभोक्ताले खोजी खोजी खाने भएकाले नमुना बगैँचा बनाउने कृषि ज्ञान केन्द्रको योजना रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नमुना प्रदर्शनका लागि अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकाका करिब २० जना कृषकले खेती गरिरहेका छन् । बोहोराले अढाई वर्षपहिले रोपेका दुई सय बिरुवाले गत वर्षदेखि नै फल दिन सुरु गरेको र यस वर्ष करिब २० क्विन्टल फल्ने अनुमान गर्नुभयो । 

एउटा बोटमा एक वर्षमा २० किलो जति फल्ने उहाँको भनाइ छ । जेठदेखि कात्तिकसम्म ड्र्यागन फल्ने र एउटा बिरुवामा १८ औँ लटसम्म फल लाग्ने उहाँले बताउनुभयो । एउटा दाना पाँच सयदेखि छ सय ग्रामसम्म तौल भएको फलेको उहाँले सुनाउनुभयो ।

गत वर्ष प्रतिकेजी चार सय रुपियाँका दरले बेचेको बताउँदै उहाँले प्रतिकेजी एक सय रुपियाँ पाए पनि किसानलाई घाटा नहुने उल्लेख गर्नुभयो । उहाँले सी रेड जातको ड्र्यागन फ्रुट रोपेको जानकारी दिनुभयो । गोरखापत्र

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave