logoशुक्रबार, १४ कार्तिक २०८२

एएफयूमा दोस्रो संस्करणको व्यवसाय इन्क्युबेसन सहयोग : ५ लाखसम्म बीउ पुँजी

कसरी दिने आवेदन ?

Author
Loading...
अन्तर्वार्ता

0

Shares

एएफयूमा दोस्रो संस्करणको व्यवसाय इन्क्युबेसन सहयोग : ५ लाखसम्म बीउ पुँजी

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू), रामपुर अन्तर्गत सञ्चालित निकै चर्चाको विषय बनेको एएफयू व्यवसाय इन्क्युवेशन सहायता कार्यक्रमको दोस्रो संस्करण बारे कृषि तथा वन विज्ञान विश्वविद्यालय,  अनुसन्धान तथा प्रसार निर्देशनालय (डोरेक्स) का निर्देशक प्रा.डा. निराजन भट्टराईसँग प्रदीप पौडेलले गर्नुभएको कुराकानी:

१.     अहिले एएफयू अन्तर्गत व्यवसाय इन्क्युबेसन सहायता कार्यक्रमको दोस्रो संस्करण सञ्चालन हुन लागेको रहेछ, यसको मुख्य उद्देश्य के हो ?

कृषि तथा वन विज्ञान विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा अनुसन्धान तथा प्रसार निर्देशनालय अन्तर्गत व्यवसाय इन्क्युबेसन सेन्टर  स्थापना गरेको हो। यसको उद्देश्य स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको उद्यमशील सीप विकास गर्दै शैक्षिक, अनुसन्धान र नविनतम विचारलाई व्यवसायिक नवप्रवर्तनमा परिणत गर्नु हो। यसले नेपालको समग्र कृषि अर्थतन्त्र र जीविकोपार्जन व्यवस्थापनका चुनौतीहरूको समाधानमा योगदान पुर्‍याउने विश्वास लिएका छौ।

२.     यो कार्यक्रम कसरी सञ्चालन हुन्छ ?

सर्वप्रथम हामी विद्यार्थीहरूको व्यवसायिक सोच सहितका आवेदनहरु संकलन गर्छौ । विज्ञहरुको सहायता लिइ आवेदकहरुको संक्षिप्त सूची तयार गछौं । सो संक्षिप्त सूचीमा पर्न सफल व्यवसायिक समुहहरुका व्यवसायिक प्रस्तावहरुमा निखारता ल्याउन ४ दिने विशेष  ‘बुटक्याम्प’ आयोजना गरि आवस्यक सहजिकरण र मार्गदर्शन (मेन्टरशिप) प्रदान गर्छौ ।

बुटक्याम्प पश्चात् सहभागीहरुले पेश गरेका विस्तृत व्यवसायिक योजनाहरुको विज्ञ समिति द्धारा प्राविधिक, आर्थिक पक्षबाट मुल्यांकन गराइ, पुन: दोस्रो चरणको संक्षिप्त सूची तयार गछौं । उक्त सूचीमा परेका आवेदनहरुको  प्रस्तुतिकरण र अन्तवार्ता एएफयू व्यवसाय इन्क्युवेशन सहायता कार्यक्रम सञ्चालन निर्देशिका २०८२ ले निर्दिष्ट गरेका शर्तहरुका अधिनमा रहि अन्तिम छनोट गर्ने तयारी गरेका छौं । तत् पश्चात प्रति समुह पाँच लाख सम्मको फिर्ता हुने बीउ पुँजीको व्यवस्था गर्छौं। जसले उनीहरूको स्टार्टअपमा बलियो सहयोग पुग्ने विस्वास लिएका छौं ।  

३.     यसको छनोटका चरणहरुको बारेका विस्तृतमा बताइदिनुहोस न ?  

संरचना चार चरणमा विभाजित छ:

क.   आवेदन र छनोट: इच्छुक विद्यार्थी समूहले आफ्नो नवप्रवर्तनशील व्यवसायिक विचार र कार्यक्रममा सहभागी हुने प्रेरणा सहितको आवेदन पठाउनु पर्नेछ । यसरी प्राप्त आवेदनहरूलाई व्यवसायिक सोचको मौलिकता, बजार सम्भाव्यता र सामुहिक प्रतिबद्धताको आधारमा मूल्यांकन गरिनेछ । यसरी छनोट भएका टोलीहरूलाई बुटक्याम्पमा सहभागी गराइनेछ।

ख.  बुटक्याम्प : चार दिनसम्म चल्ने यस तालिममा सहभागी टोलीहरूले व्यवसायिक योजना विकास, प्रस्तुति सीप, बजार विश्लेषण, तथा उद्यमशील क्षमता विकासका विषयमा प्रशिक्षण पाउनेछन्। जसका लागी विभिन्न क्षेत्रमा स्थापित उद्यमी, बैंकका प्रतिनिधिविश्वविद्यालयका प्राध्यापक, खाद्य प्रविधिका विशेषज्ञ, उद्योगी व्यवसायी, चार्टर्ड एकाउनटेन्ट, कर प्रणाली विशेषज्ञ तथा यूवा उद्यमी,  सूचना प्रविधि विज्ञ, कानुनविद जस्ता अनुभवी व्यक्तिहरू मार्फत प्रशिक्षित गरिनेछ । सोही तालिमको क्रममा, विशेषज्ञहरूको प्रत्यक्ष सुझावका आधारमा विद्यार्थीहरूले ज्ञान र सीप आर्जन गरी विस्तृत व्यवसाय योजना तयार पारेर पेश गर्नुपर्नेछ।

ग.   व्यवसाय योजना प्रस्तुतिकरण, अन्तर्वार्ता र छनोट: तालिम पश्चात प्राप्त विस्तृत व्यवसायिक योजनाहरूलाई विज्ञहरूको समूहले मूल्यांकन गर्नेछ। छनोटमा पर्न सफल व्यवसायिक समूहहरूलाई प्रस्तुतिकरण र अन्तर्वार्ता प्रक्रियामा सहभागी गराइनेछ। प्राविधिक तथा आर्थिक मूल्यांकन, प्रस्तुतिकरण र अन्तर्वार्ता क्रममा प्राप्त कुल अङ्कको आधारमा व्यवसायिक योजनाहरूको अन्तिम छनोट सूची तयार गरिनेछ। तत्पश्चात अन्तिम व्यवसाय योजना पेश गर्नुपर्नेछ। छनोट भएका टोलीहरूलाई बीउ पुँजी र मार्गदर्शन उपलब्ध गराइनेछ।

घ.    व्यवसायिक सम्झौता, पेस्की निकासा तथा व्यवसाय  सञ्चालन: अन्तिम छनोटमा पर्न सफल व्यवसायिक समूहहरूलाई सम्झौता प्रक्रियामा ल्याई पेश्की स्वरूप पहिलो किस्ता भुक्तानी गरिनेछ। तत्पश्चात, आफ्ना योजना अनुरुप व्यवसाय सञ्चालनको सुरुवात गर्नेछन्। व्यवसायको प्रकृति हेरी ६ महिना देखि २ वर्षसम्मको अवधिमा उक्त बीउ पुँजी रकम अनुसन्धान तथा प्रसार निर्देशनालयमार्फत विश्वविद्यालयलाई फिर्ता गर्नुपर्नेछ।

४.     नाफा कमाउन नसकेको अवस्थामा बीउ पुँजी फिर्ता गर्नुपर्छ कि पर्दैन ?

दोस्रो चरणमा प्रवेश गर्ने समूहहरूलाई विस्तृत व्यवसायिक प्रस्ताव, लाभ–लागत विश्लेषण, बजार माग, र आत्मविश्वास/दृष्टिकोण मूल्याङ्कनपछि मात्र चयन गरिनेछ। अन्तिम छनोट सबै मूल्याङ्कन र आधार पूरा भएपछि मात्र हुनेछ; स्वतः हुने छैन। साथै, विशेषज्ञहरूको सिफारिसपछि मात्र अन्तिम निर्णय लिइनेछ।

व्यवसायको प्रकृति अनुसार आवश्यक मेन्टरशिप र सहयोग उपलब्ध गराइन्छ। डोरेक्सले अत्यावश्यक तथा पुनःतार्जगी प्रशिक्षणको व्यवस्था गर्नेछ। कार्यक्रम एएफयुको दीर्घकालीन भविष्यसँग जोडिएको छ र समूहहरूको सफलताको लागि विश्वविद्यालयले पूर्ण सहयोग गर्नेछ। छनोटपछि समूहको सीप विकास भइसकेको हुनेछ र आवश्यकता अनुसार निरन्तर मार्गदर्शन दिइनेछ। हामीले व्यवसाय असफल हुन्छ भन्ने परिकल्पना नै गरेका छैनौं।

Uploaded image

५.     आवेदनको लागि योग्यता के-के छन्?

आवेदनको लागि टोलीका सदस्यहरू विश्वविद्यालय अन्तर्गतका हाल कृषि संकाय, पशु विज्ञान पशु चिकित्सा र मस्त्य संकाय, वन संकाय र आंगिक कलेजहरुमा स्नातक वा स्नातकोत्तर तहका विद्यार्थी हुनुपर्नेछ। टोलीमा ३ देखि ५ जना विद्यार्थी हुनुपर्नेछ, जसमा कम्तीमा एक जना महिला सदस्य अनिवार्य हुन्छ खासमा विभिन्न संकाय/विषय तथा विभिन्न तह/सेमेस्टरका विद्यार्थीले एउटै टोलीमा समावेश हुन प्रोत्साहन गरिन्छ। व्यवसाय इन्क्युबेसन कार्यक्रममा छनोट भई व्यवसाय सुरु गरेका ७ वटा व्यवसायिक समूहका कुनै पनि सदस्यहरू यस संस्करणमा सहभागी हुन पाउने छैनन् ।  

६.     आवेदनको प्रक्रिया के कस्तो रहेको छ ?

इच्छुक विद्यार्थीहरूको टोलीले आफ्नो व्यवसायिक अवधारणा र प्रेरणा पत्रसहितको आवेदन bic.dorex@afu.edu.np मा पठाउनुपर्नेछ। आवेदन एउटै पीडीएफ फाइलमा पठाउनुपर्नेछ, जसमा प्रेरणा पत्र, ११०० शब्द नबढाइ व्यवसायिक अवधारणा, व्यवसायको उद्देश्य र दायरा, सञ्चालनको विवरण, प्रविधि/नवप्रवर्तनको स्रोत, उत्पादन विकास चक्र, बजार सम्भाव्यता र लक्षित ग्राहकको विवरण, तथा टोलीको संरचना र सदस्यहरूको भूमिका समावेश हुनुपर्नेछ। व्यावसायिक योजनाको आवेदन पेश गर्ने अन्तिम म्याद २०८२ असोज ५ (सेप्टेम्बर २१, २०२५) सम्म तोकिएको छ। साथै आवेदन अंग्रेजी भाषामा तयार पार्नुपर्नेछ। कार्यक्रमको विस्तृत जानकारीका लागि र व्यवसायिक अवधारणा तयार पार्न मद्दत गर्न अभिमुखीकरण तथा अन्तरक्रिया सत्र पनि आयोजना गर्ने योजना बनाएका छौँ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave