logoशनिबार, ०१ कार्तिक २०८२

जनकपुरमा एएमआर र वन हेल्थ सम्बन्धि दुई दिने तालिम

Author
Loading...
पशुपन्छी र मत्स्य

0

Shares

जनकपुरमा एएमआर र वन हेल्थ सम्बन्धि दुई दिने तालिम

जनकपुर, भदौ १  कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको संयोजनमा एडीबी सथ गुरु र जेन्नेक्सको सहकार्यमा दुई दिने तालिम सम्पन्न भएको छ । एएमआर र वन हेल्थ प्रोमोसन सम्बन्धी दुई दिने तालिम जनकपुरमा सम्पन्न भएको हो ।

बुधबारदेखी संचालन भएको तालिममा मधेश प्रदेश र बागमती प्रदेशका विभिन्न स्थानीय तह, प्राविधिक शैक्षिक संस्था, निजी तथा सरकारी सेवामा कार्यरत रहेका दर्तावाल पशु चिकित्सक गरी ३० जनाको सहभागी भएको निरन्तर शिक्षा केन्द्रले जनाएको छ ।

तालिमको पहिलो दिन शिक्षा केन्द्रका प्रमुख प्राध्यापक डा.ओम प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने विश्वविद्यालयका विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक उप प्राध्यापक कृष्णप्रसाद थपलियाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

दुई दिने तालिमको पहिलो दिन उप प्राध्यापक थपलिया, डा.परिसा थापा, डा. कृष्ण देव दास र डा. अमर चौधरीले आ-आफ्नो प्रस्तुति दिनुभएको थियो।

तालिमको दोश्रो दिन डा. दिव्या (सथ गुरु कन्सल्टेन्स) र मान बहादुर (जेन्नेक्स) बाट एएमआरको चुनौती र समाधानका उपाय विभिन्न दक्षिण एशियाली मुलुकका गतिविधिबारे प्रष्ट पारिएको थियो ।

Uploaded image

साथै सहभागी तर्फबाट डा.विनोद यादवले तालिमको सिकाई, बुझाई र आफ्नो अनुभव उल्लेख  गर्दै तालिम फलदायी भएको प्रतिक्रया दिनुभयो ।

दोश्रो दिनको तालिममा बोल्दै निरन्तर शिक्षा केन्द्रका निर्देशक  प्राध्यापक डा.  सिंहले एएमआर र वन हेल्थको बारेमा महत्व, चुनौती र समाधानका पक्षहरूलाई जोड दिनुभयो ।

सहभागिको तर्फबाट डा. जुही ठाकुरले तालिमबाट सिकेका बुझेका विभिन्न जानकारीहरूलाई कृषक स्तर समक्ष पुर्‍याई र आफूहरू पनि सर्तक रहि एएमआर गतिविधिलाई न्यूनिकरण गर्नेमा जोड दिदैँ वन हेल्थलाई प्रवर्द्धन गर्ने तर्फ प्रतिवद्धता जनाउनुभयो ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave