
काठमाडौं। हाल गोलभेँडा खेती गर्ने किसानका लागि पात खन्ने कीरा अर्थात टुटा ठूलो टाउको दुखाइ बनिरहेको छ। यस कीराले विशेषगरी कोमल फल, पात र मुना नष्ट गर्ने भएकाले र उचित समयमा उचित विधिबाट नियन्त्रण गर्न नसक्दा उत्पादनमा ठूलो हानि गर्दछ। यसको पहिचान र व्यवस्थापन कसरी गर्ने त?
कीराले गर्ने क्षति तथा पहिचान
· यस कीराले कोमल फल बढी नष्ट गर्छ।
· लार्भाले पात, डाँठ, मुना र फलभित्र छेडेर क्षति पुर्याउँछ।
· क्षतिग्रस्त पातलाई नियालेपछि सेतो झिल्लीभित्र लार्भा देख्न सकिन्छ।
· प्रकोप बढी भएमा पूरै पात जलेर नउष्ट भएको देखिन्छ।
नियन्त्रणका उपाय
१. प्रकाशको पासो प्रयोग गर्ने वा टीएलएम ल्युर फेरोमोन ओटाटी ट्रयाप वा स्टीकि ट्रयाप प्रति रोपनी १ वटा प्रयोग गर्न सकिन्छ।
२. जैविक नियन्त्रण:
o ब्यासिलस थुरिन्जिनेसिस कुर्स्टाकी (बीटी) १% डब्लुपी १–२ ग्राम प्रति लिटर पानीमा घोलेर लार्भा सानो अवस्थामा साँझपख छर्कने।
३. रासायनिक नियन्त्रण:
अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्नु पर्दछ ।
o क्लोरएन्ट्रानिलिप्रोल १८.५% एससी ३ मिलि प्रति १० लिटर पानीमा हालेर छर्कने।
o स्पिनोसाड ४५% एससी १ मिलि प्रति ३ लिटर पानीमा हालेर छर्कने।
