logoबुधबार, १९ कार्तिक २०८२

कृषि मन्त्री अधिकारीको राजीनामा

Author
Loading...
समाचार

0

Shares

कृषि मन्त्री अधिकारीको राजीनामा


काठमाडौं, भदौ २४ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ। धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित अधिकारीले २०८१ असार ३१ गते मन्त्री पद ग्रहण गर्नुभएको थियो ।

मन्त्री अधिकारीले सामाजिक सञ्जाल मार्फत सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै पदबाट राजीनामा दिएको सार्वजनिक गर्नुभएको हो।

उहाँले भदौ २३ गते काठमाडौंसहित देशका विभिन्न स्थानमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रणको विरोधमा सडकमा उत्रिएका विद्यार्थीमाथि भएको दमन, गोलीप्रयोग र हत्या घटनाले आफू गहिरो पीडित भएको जनाउनुभएको छ

लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो तर सरकारको दमनकारी कदमले मुलुक लोकतन्त्र होइन तानाशाहीतर्फ उन्मुख भएको जस्तो देखिन्छ,” मन्त्री अधिकारीले उल्लेख गर्नुभएको छ ।

उहाँले स–साना बालबालिकासहित विद्यार्थीहरूको हत्या र दमनपछि सरकारमा बसिरहनु आफ्नो दलले दिएको शिक्षा र व्यक्तिगत नैतिकताविपरीत भएको भन्दै अपराधबोधका कारण राजीनामा दिन बाध्य भएको उहाँको भनाइ छ।

अधिकारीले लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने उल्लेख गर्दै “हामी नेता हौं भन्नेहरूमा ‘जनता नै सर्वोच्च’ भन्ने चेतना विकास होस्” भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ।

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave