logoबुधबार, १९ कार्तिक २०८२

लमजुङमा कृषि परियोजना मार्फत रैथाने बाली संरक्षण

Author
Loading...
समाचार

0

Shares

लमजुङमा कृषि परियोजना मार्फत रैथाने बाली संरक्षण

लमजुङअसोज ३१। लमजुङमा रैथाने बाली संरक्षण र प्रवर्धनका निम्ति रैथाने कृषि परियोजना संचालन गरिएको छ ।

खाद्य तथा कृषि संगठनको आर्थिक सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको  राष्ट्रिय आनुबंशिक स्रोत केन्द्र (राष्ट्रिय जिन बैंक)  मा संचालित रैथाने कृषि परियोजना मार्फत मध्यनेपाल नगरपालिका लमजुङमा विभिन्न रैथाने बालीको अनुसन्धानसंरक्षण र प्रवर्धनका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गरिएको हो।

Uploaded image

आगामी चार वर्ष सम्म संचालन हुने परियोजना २०८१ फागुन ५ गतेदेखी सुरु भएको हो । परियोजना अवधीभर मध्यनेपाल नगरपालिकाको वडा नम्बर ५ मा विशेष गरि कोदोजन्य बाली, उवाँ, लट्टे, मास, बकुल्ला र फापर बालीको संरक्षण र प्रवर्धनको लागि विभिन्न कार्यक्रमहरु संचालन गरिने राष्ट्रिय जीनबैंकका बाली प्रजनक प्रदिप थापाले जानकारी दिनुभयो।

परियोजना मार्फत कृषि जैविक विविधताको महत्त्व तथा आवश्यकता बुझाउन स्थानीय किसान लाई विभिन्न तालिमहरु समेत प्रदान गरिदै आइएको छ।  

Uploaded image

असोज ४ र ५ गते बढ्दो रासायनिक मल र विषादीको कम गर्न, माटोको उर्वराशक्ति वृद्धि र रासायनिक मलको विकल्पको रुपमा जैविक कृषिलाई प्रोत्साहन गर्ने उदेश्यले स्थानीय कृषक समुहलाई जिबाम्रित बनाउने तरिका र प्रयोग सम्बन्धि तालिम समेत सम्पन्न गरिएको थियो। तालिममा ७१ कृषक सहभागी भएका थिए।

तालिमका अलावा कृषि वंशाणु आरक्ष स्थल स्थापना गर्ने तथा बादर संरक्षित प्रांगारिक  खेतीको समेत सुरुवात गरिएको छ ।

अहिले फिल्डमा कोदो जन्य बालीको संरक्षण र प्रवर्धनको निम्ति कोदो बालीको जातीय परिक्षण देख्न पाइन्छ। पालिकाको वडा न ५ को मगरगाउँ र आमडाडामा क्रमश: २२ र २५ फरक फरक रैथाने तथा स्थानीय जातका कोदोको परिक्षण गरिएको छ । उक्त अनुसन्धानमा लमजुङ कृषि क्याम्पसमा बि.एस.सि. ए.जी. अन्तिम सत्रान्तमा अध्ययनरत समन्वय निरौला र रसिक खनाल शोधपत्र तयार गर्नेगरी जोडिएका छन्।

Uploaded image

अहिले फिल्डमा कोदो बाला लाग्ने तथा फुल खेल्ने अवस्थामा रहेको छ। यो प्रारम्भिक चरणको अनुसन्धान रहेको र अन्त्यमा किसान र वैज्ञानिक दुबैको छनोटबाट मध्यपहाडको लागि उपयोगी जात छनोट गरि राष्ट्रिय बीउबिजन समितिमा दर्ता गर्ने लक्ष्य समेत रहेको बाली प्रजनक थापाले बताउनुभयो।

परियोजनाको सहयोगमा स्थानीय कृषि उपजको प्रवर्धन तथा बिचौलियाको अन्त्य गर्न दुइपिप्ले बजारमा रैथाने कृषि हाटबजार स्थापनाको  तयारी समेत गरिएको परियोजना सहायक  शान्ति गुरुङले बताउनुभयो । 

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave