logoबुधबार, १९ कार्तिक २०८२

चितवनमा मौरी चरन क्षेत्र अभाव

Author
Loading...
समाचार

0

Shares

चितवनमा मौरी चरन क्षेत्र अभाव

चितवन, कात्तिक १२जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् ।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको समयमा चरन क्षेत्रको अभाबका कारण यहाँका किसानले बाहिरी जिल्लामा मौरी चराउन लाने गरेका छन् । उहाँका अनुसार दाङ, प्यूठान, रोल्पालगायतका जिल्लामा मौरी चरनका लागि लैजाने गरिएको छ । उहाँले भन्नुभयो “यहाँका ७० प्रतिशत मौरीका घार चरनका लागि बाहिर लैजाने गरिएको छ ।” दाङमा यो समयमा तोरी फूल्ने भएकाले ६० प्रतिशत मौरीका घार लैजाने गरेको उहाँले बताउनुभयो । यस्तै प्यूठान र रोल्पामा १० प्रतिशत घार लैजाने गरिन्छ ।

जिल्लामा रहेका गोलामध्ये बलियो गोला छनोट गरेर चरनका लागि लैजाने गरिएको छ । यहाँ यो समयमा चरन नहुँदा बाँकी रहेका ३० प्रतिशत मौरीलाई चिनीको घोल ९चास्नी० खुवाएर राख्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यहाँ राखिएका मौरीबाट मह निकाल्न मिल्दैन । यहाँका मौरी पालक किसानले १६ हजार २०० घार मेलीफेरा र ३०० घार सेरेना जातको मौरी पालन गरेको उहाँले जानकारी दिनुभयो । यसबाट वार्षिक ४६५ मेट्रिकटन हाराहारी मह उत्पादन हुँदै आएको छ । रासस

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave