logoशुक्रबार, ३० आश्विन २०८३

दुधमा चार रुपियाँ अनुदान

Author
Loading...
पशुपन्छी र मत्स्य

0

Shares

दुधमा चार रुपियाँ अनुदान

स्याङ्जा, मङ्सिर ५ । आँधीखोला गाउँपालिकाले दुधमा प्रतिलिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसिङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो । 

सहकारीले दुध उत्पादन गरी सङ्कलन केन्द्रमा जम्मा गर्ने र जम्मा गरेको तथ्याङ्कका आधारमा पालिकाले अनुदान दिने छ । सहकारीले बजारीकरण गर्ने गरी दुध सङ्कलन केन्द्र सञ्चालन ल्याएको छ भने पालिकाले छ वटा वडाबाट हरेक दिन दुध सङ्कलन गर्न थालेको छ । गाउँमै उत्पादन हुने दुध एकै ठाउँमा सङ्कलन र वितरण गरेसँगै किसानलाई बेचबिखनको झन्झट कम हुने र आम्दानी बढ्ने विश्वास पालिकाको रहेको छ ।  

पालिकाको सहयोगमा सहकारीले आवश्यकता अनुसार पोखरामा छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने तयारी गरेको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । दुध सङ्कलन केन्द्र स्थापनासँगै किसान व्यवसायप्रति थप आकर्षित भएको पौडेलले बताउनुभयो । गाउँमै उत्पादन भएको दुध गाउँमै बिक्री हुँदा कृषकलाई ठुलो राहत हुने अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसान बिचौलियाबाट ठगिने प्रवृत्ति घट्ने भन्दै उत्पादन, प्रशोधन र बजार विस्तारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताउनभुयो । 

पालिकाले पाँच हजार लिटर क्षमता भएको चिलिमे भ्याट, पाँच वटा मिल्क एनालाइजरसहित अत्यावश्यक उपकरणमध्ये पाँच वटा डिप फ्रिज र ५० वटा दुध सङ्कलन गर्ने क्यान उपलब्ध गराएको छ ।   गोरखापत्रबाट

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave