
काठमाडौ, पौष २२ । पश्चिमी वायुको प्रभावले गर्दा केही तराई क्षेत्रमा बाक्लो हुस्सु र पानी पर्ने सम्भावना रहेकाले आलुमा डढुवा रोगको उच्च जोखिम रहेको हुदाँ सो बाट बालीलाई बचाउन सुरक्षात्मक विषादी Mancozeb ७५% WP १.५-२ ग्राम प्रति लिटर पानीमा वा Mancozeb १.२५ ग्राम प्रति लिटर पानीमा प्रयोग गर्न गर्नुहोस् ।
केही लक्षण देखिसकेको अवस्था भए Metalaxyl+Mancozeb वा cymoxanil+metalaxyl १.५ ग्राम प्रति लिटर पानीमा मिसाई पात भिज्ने गरी छर्नुहोला । अनिवार्य रूपमा सुरक्षित पहिरन लगाएर मात्रै बिषादि छर्नुहोला ।
