logoबिहिबार, ०१ माघ २०८२

खडेरीले बैतडीसहित सुदूरपश्चिममा गहुँबाली सुक्दै

Author
Loading...
विविध

0

Shares

खडेरीले बैतडीसहित सुदूरपश्चिममा गहुँबाली सुक्दै

बैतडी, पुस २२ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा लामो समयदेखि वर्षा नहुँदा गहुँबाली सुक्न थालेका छन् । पुस अन्तिम साता लागिसक्दा पनि हिउँदे वर्षा नहुँदा गहुँसहित हिउँदे तरकारी र फलफूलमा समेत प्रतिकूल असर पर्न थालेको हो ।

खडेरीका कारण खेतमा लगाइएको गहुँबाली सुक्दै गइरहेको सूर्नया गाउँपालिका–३ का किसान लक्ष्मी ऐरीले बताउनुभयो । यसैगरी, पाटन नगरपालिका–३ का किसान अम्बादत्त भट्टले गहुँबाली सुकेपछि अर्काे वर्ष लगाउका लागि बिउसमेत नहुने चिन्ता बढेको बताउनुभयो ।

सिँचाइ सुविधा नभएका क्षेत्रमा खडेरीको असर बढी देखिएको किसानहरूको भनाइ छ । सिँचाइ अभावका कारण अधिकांश गहुँबाली सुकिसकेको र यस वर्ष उत्पादनमा निकै कमी आउने अवस्था देखिएको मेलौली नगरपालिका–२ सलेनाका किसान देवदत्त भट्टले बताउनुभयो ।

यसैगरी, लामो समयसम्म खडेरी रहिरह्यो भने गहुँबाली केही सुकेको त केही बादरले नष्ट गर्दै जाँदा भोकमरी हुन सक्ने पाटन नगरपालिका–३ का किसान दिपकबहादुर चन्दले  बताउनुभयो । विशेषगरी पहाड र हिमालका उच्च लेकाली र हिमाली क्षेत्रमा सिँचाइ सुविधा नहुँदा गहुँबाली हुर्कन नसकेको किसानहरूको भनाइ छ ।

जिल्लामा करिब १५ हजार चार सय हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको भए पनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा नभएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।  खडेरीका कारण सिँचाइ नभएका स्थानमा उत्पादनमा ह्रास आउने र खाद्यान्न आयातमा निर्भरता बढ्ने देखिएको उहाँले बताउनुभयो ।  गोरखापत्र

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave