
ललितपुर, माघ ९ । बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल (पिबाग्सन) को अध्यक्षमा रेशमबाबु अम्गाईँ चयन हुनुभएको छ।
ललितपुरमा बिहिबार सम्पन्न पिबाग्सनको दोस्रो महासभाले अम्गाईँको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा डा. सुशीलराज सुवेदी, सचिवमा डा. उज्ज्वल कुमारसिंह कुशवाहा, कोषाध्यक्षमा डा. पल्लवीकुमारी सिंह चयन हुनुभएको हो।
त्यसैगरी सदस्यहरूमा डा. शान्ता कार्की, डा. नबिन भुसाल, डा. बालकुमारी ओलिया, विष्णुप्रसाद कँडेल र कृष्ण ढकाल चयन हुनुभएको सचिव डा. उज्ज्वल कुमारसिंह कुशवाहाले जानकारी दिनुभयो ।
पिबाग्सन कृषि आनुवंशिकी, कृषि जैविक विविधता संरक्षण, खाद्य तथा पोषण सुरक्षा, बाली प्रजनन, जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा साइन्स र बायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन लगायतका क्षेत्रमा काम गर्ने कृषि विज्ञहरुको संस्था हो ।
