logoशुक्रबार, १८ बैशाख २०८३

वन डढेलो न्यूनीकरणका लागि पत्करबाट मल उत्पादन

Author
Loading...
विचार ब्लग

0

Shares

वन डढेलो न्यूनीकरणका लागि पत्करबाट मल उत्पादन

कृषिका लागि वन अपरिहार्य छ। कृषिका लागि आवश्यक पर्ने प्राङ्गारिक मल वनका पातपतिङ्गरबाटै प्राप्त हुन्छ। पशुपालनका लागि पनि वनको ठूलो आवश्यकता हुन्छ। सामुदायिक वा सरकारी वन जुनसुकै भए पनि यसको मुख्य चुनौती आफैंभित्र लुकेको हुन्छत्यो हो—सुकेका पातदाउराखर आदि।

यद्यपियिनै सुकेका पातखरदाउरा र मुढाले वनमा रहेका जीवजन्तुलाई आश्रय प्रदान गर्छन् र तिनका लागि खानापानी तथा जल संरक्षणका प्रमुख स्रोतका रूपमा काम गर्छन्। तरमानिसहरूको अज्ञानतालापरवाही वा क्षणिक गलत सोचका कारण हिउँद तथा सुख्खा मौसममा वनमा आगलागी गरिने गरेको पाइन्छ।

यसरी वनमा आगो लगाउनु भनेको वातावरणराष्ट्रको सम्पत्तिवन्यजन्तुचराचुरुङ्गीजडीबुटीसूक्ष्म जीवब्याक्टेरिया तथा गड्यौला जस्ता महत्वपूर्ण जीवहरूको विनाश गर्नु हो।

मानव बस्तीलाई चाहिने पानी र बिरुवाको आधार नै वनजङ्गल हो। यसलाई विनाश गर्न छिनभर लाग्दैनतर निर्माण तथा सुधार गर्न वर्षौं लाग्छ। धर्म गर्न देवताको मन्दिर जानमहायज्ञ गर्न वा कसैलाई दान गर्न आवश्यक पर्दैनआफ्ना कारण कुनै जीव वा प्राणीलाई दुःख नदिने वा दुःखबाट बचाउन सक्नु नै महान् धर्म हो। त्यसैले वनलाई संरक्षण गरौँआर्थिक र वातावरणीय विकास गरी मानवता देखाऔँदानवता होइन।

हामीले यिनै वन तथा हरियालीबाट आफ्नो बस्तीमै स्वर्गीय आनन्द लिइरहेका छौँ भने अर्कातिर जानाजानी वा अन्जानमा वनमा आगो लगाई त्यही बस्तीलाई नर्क बनाइरहेका छौँ। “एउटा गोलीले दुईटा शिकार” भन्ने नेपाली उखान चरितार्थ पार्नका लागि कृषि र वनलाई जोड्न सकिन्छ। त्यो हो—एउटै कामले कृषि पनि राम्रो हुने र वन पनि राम्रो हुने।

सरकारसमुदाय तथा निजी क्षेत्र सबैले यसलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ। हेर्दा सामान्य लागे पनि आफू बसेको ठाउँको वातावरण स्वच्छ बनाउनु र आफूमा आश्रित जीवजन्तु तथा वनस्पति (अन्नफलफूलतरकारी) लाई संरक्षण गर्नु नै महान् धर्म र मानव सभ्यता हो। मानिस र अन्य जनावरबीचको भिन्नता नै सभ्यताले निर्धारण गर्छ।

कृषि र वन कसरी जोड्ने त 

वनमा पानीको संरक्षण का लागी कम्पोष्ट खाडल

एक तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालमा ५,१२५ स्थानमा आगलागी भई ४०,००० हेक्टर वनजङ्गल प्रभावित भएको पाइन्छ। कृषिका लागि माटोमा प्राङ्गारिक पदार्थ ३% देखि ६% हुनुपर्नेमा हाल १.१% भन्दा कम रहेको छ (Nepal Bio Science Research Laboratory, Banasthali Leaflet, 2025)। तथ्याङ्क अनुसार खेती गरिएको क्षेत्र २१%वनजङ्गल २९% र झाडी १०% रहेको हुँदाउक्त ३९% क्षेत्रमा रहेका पातपतिङ्गरबाट मल बनाई बालीमा प्रयोग गर्न सके माटोमा प्राङ्गारिक पदार्थ बढाई उत्पादन वृद्धि गर्न सकिने कुरामा कुनै शंका छैन।

हाम्रो पानीको स्रोत भनेकै वनजङ्गल हो। वर्षामा परेको पानी जमिनमा सोसिन्छ र सोसिएको पानी जमिनमुनिबाट रसिँदै तलतिर गई कुनै ठाउँमा मूलका रूपमा निस्कन्छ। वर्षामा परेको पानी भिरालो जमिनबाट तल झर्ने क्रममा जति रोक्न सक्योत्यति नै पानी जमिनमा सोसिने दर बढ्छ।

वनमा तेर्सो कुलो–कुलेसा (नाला) बनाउँदा वर्षामा परेको ठूलो भल पानीलाई नियन्त्रण गर्न सकिन्छ। यसरी संकलित पानी हिउँदमा पातपतिङ्गरबाट मल बनाउन खनिएको कम्पोष्ट खाडलमा जम्मा हुन्छ। मल निकालिएपछि ती खाडलमा पानी संचित भई पानीको वेग घट्छजसले जमिनमा चिस्यान बढाउँछबाढी र भूक्षय कम गर्छमूलहरूमा पानीको स्रोत वृद्धि हुन्छ र वन्यजन्तुहरूले पानी पाउन सक्छन्। यस्ता खाडलहरू क्रमशः साना पोखरीका रूपमा परिणत हुन सक्छन्।

मल बनाउन खनिएका खाडलमा वर्षाको पानी जम्मा भई जमिनमा सोसिँदा वरपरका बिरुवाहरूमा लामो समयसम्म चिस्यान कायम रहन्छजसले गर्दा त्यहाँका बोटबिरुवा राम्रोसँग वृद्धि हुन्छन्। साथैजंगलका वन्यजन्तुहरूले पानी पाउन सक्छन् र समग्र इकोसिस्टममा सकारात्मक प्रभाव पर्छ। पानी जमिनको गहिराइसम्म पुग्ने भएकाले त्यसभन्दा तलका पानीका स्रोतहरूमा समेत सुधार हुन्छ।

वन र पशुपालन

पशुपालनका लागि मुख्य आधार घाँस हो—चाहे घाँस काटेर घरमा बाँधिएका पशुलाई खुवाउने होस् वा चरनमा लगेर पाल्ने। त्यसैले वन–उपभोक्ता समितिले वन क्षेत्रमा डालेघाँस तथा भुइँघाँस रोप्न र प्रवर्द्धन गर्न जोड दिनुपर्छ। यसले पशुपालनमा प्रत्यक्ष सहयोग पुर्‍याउँछ। पशुले खाने खालका बिरुवाहरू रोप्दा एकातर्फ पशुपालन व्यवसाय फस्टाउँछ भने अर्कोतर्फ वनमा सुकेका पातपतिङ्गर कम भई डढेलो लाग्ने सम्भावना पनि घट्छ।

वनमा घाँस–दाउरा खुलाउने

बेलाबेलामा सुकेका दाउराघाँसपात र पतिङ्गर संकलनका लागि वन खुलाउनेझाडी हटाउनेकाटछाँट तथा गोडमेल गरी वनका ठूला रुखहरूको गुणस्तर बढाउनुपर्छ। वनलाई आफ्नै प्राकृतिक सम्पत्तिको रूपमा लिनुपर्छ।

वनलाई ब्लकमा विभाजन गरी प्रत्येक ब्लकको सीमामा फायरलाइनका रूपमा १० देखि २० मिटर चौडाइसम्म जमिन सफा गरी जैविक पदार्थ संकलन गर्नुपर्छ। पातपतिङ्गरलाई मुख्य रूपमा कम्पोष्ट मलछापो आदि रूपमा कृषकले प्रयोग गर्न सक्छन्। ब्लक विभाजन नगरी पनि जमिनको बनावटअनुसार अस्थायी फायरलाइन बनाउन सकिन्छ। वनभित्रका हिँडडुल गर्ने बाटोलाई नै फायरलाइनका रूपमा प्रयोग गरी दायाँ–बायाँ सफा गर्न सकिन्छ। सकेसम्म सीमाना सफा गर्नु अझ प्रभावकारी हुन्छ।

वन र वातावरण

नेपालमा वनजङ्गल बढी भएकै कारण कार्बन उत्सर्जन गर्ने औद्योगिक देशहरूबाट प्राप्त सहयोगमार्फत वृक्षरोपणका विभिन्न कार्यक्रम सञ्चालन भएका छन्। तर अर्कोतर्फ डढेलोका कारण असङ्ख्य साना बोटबिरुवा नष्ट भइरहेका छन्। डढेलोकै कारण कहिलेकाहीँ नेपाल विश्वकै प्रदूषित देशमध्ये पर्न पुगेको अवस्था पनि छ।

हिमालपहाड र तराई सबै प्रकारका वातावरण र जैविक विविधता भएको हाम्रो देशलाई प्रदूषित देशको रूपमा चिनिनु दुःखद कुरा हो। प्रकृतिले दिएको स्वर्गजस्तो वातावरणलाई हामीले आफैं नर्क बनाइरहेका छौँ। प्रदूषणका कारण बाहिर निस्कनसमेत कठिन अवस्था सिर्जना भएको छ। हामी वातावरण दिवसमा केही सय बिरुवा रोपेर औपचारिक रूपमा मनाउँछौँतर वनमा हप्तौँसम्म डढेलो लाग्दा त्यसको नियन्त्रणमा पर्याप्त ध्यान दिन सकेका छैनौँ। यो गम्भीर सोचको विषय हो।

वनलाई आयमूलक बनाउने उपाय

स्थानअनुसार वनमा पाइने खानयोग्य फलफूलतरकारीऔषधीय तथा औद्योगिक महत्त्वका बिरुवाहरू—जस्तै दालचिनीकाफलअँसेलुअमलाबेरचुत्रोकटुसलप्सीकोइरालोटिमुरनिगालो आदि—को नर्सरी स्थापना गरी व्यापक रूपमा वृक्षारोपण गरेर स्थानीय बासिन्दाको आयआर्जन बढाउन सकिन्छ।

वन क्षेत्रमा सिस्नोकेतुकीअल्लो आदि को व्यवस्थित खेती गरी तिनबाट धागो उत्पादन गरेर कपडा तथा अन्य सामग्री निर्माण गरी लघु उद्योग स्थापना गर्न सकिन्छ।

त्यसैगरीवनका सुकेका घाँसपातझाडी तथा हरिया पातहरूबाट कम्पोष्ट मल उत्पादन गरी कृषिमा प्रयोग गर्न सकिन्छजसले उत्पादन वृद्धि गर्न मद्दत पुर्‍याउँछ।

वनको पत्करबाट कम्पोष्ट मल उत्पादन

नेपाल कृषि प्रधान देश भए पनि व्यवहारमा कृषि आयातमुखी बन्दै गएको यथार्थ स्पष्ट छ। कृषिको विकासका लागि वनको अत्यन्तै महत्व छ भने वन संरक्षणका लागि प्राङ्गारिक कृषिको उत्तिकै आवश्यकता हुन्छ। त्यसैले वनबाट प्राप्त हुने पातपतिङ्गरघाँसपातदाउरा आदि सामग्रीलाई व्यवस्थित रूपमा प्रयोग र सदुपयोग गरी वनलाई डढेलोबाट हुने क्षति घटाउने र प्राङ्गारिक उत्पादन बढाउनेतर्फ ध्यान दिन आवश्यक छ।

कृषिजन्य बाली तथा उत्पादनका लागि आवश्यक मल र पानीको मुख्य स्रोत नै वनजङ्गल होर वनजङ्गलको संरक्षक मानव समुदाय नै हो। कृषिका लागि आवश्यक मल उत्पादन गर्न किसानहरूले हिउँदमा वनमा झरेका पातपतिङ्गर घर वा खेतमा ल्याएरवा वनमै खाडल खनी वा थुप्रो बनाएर जम्मा गरीइ.एम. (Effective Microorganisms) जस्ता जैविक पदार्थ प्रयोग गरेर गलाइ गुणस्तरीय कम्पोष्ट मल बनाउन सक्छन्। हिउँदमा पात झर्ने समयमा वा हरेक १५ दिनमा सुकेका घाँसपात र पतिङ्गर संकलन गर्दा वन सफा हुन्छजसले आगलागीको जोखिम कम गर्छ र भए पनि नियन्त्रण गर्न सहज हुन्छ।

प्राङ्गारिक मलको अर्को महत्वपूर्ण स्रोत कम्पोष्ट मल नै हो। वनसम्पन्न देश भएर पनि नेपालमा कृषिका लागि रासायनिक मल आयात गर्नुपर्ने अवस्था छ। जबकि कम्पोष्ट मलका लागि आवश्यक कच्चा पदार्थ—जस्तै सुकेका पातपतिङ्गरस्याउलावनमारातितेपाती आदि—वनमा प्रशस्त पाइन्छन्।

भुइँमा झरेका सल्लोका पातले अन्य उपयोगी घाँस तथा बिरुवाहरूको वृद्धि रोक्नेचरन क्षेत्र ढाकिने र गौचरण घट्ने समस्या देखिएको छ। त्यस्तैसल्लोका पात नगल्ने हुँदा सोतर (मल्च) का रूपमा प्रयोग गर्दा पनि खुम्रेकीराधमिरा आदि कीराको समस्या बढ्ने गरेको छ। सल्लो कम हुने तल्लो क्षेत्रमा वनमारानिलो गन्धे जस्ता झारहरूले अन्य उपयोगी बिरुवालाई विस्थापित गरेको अवस्था छ।

यस अवस्थालाई मध्यनजर गर्दै यी सामग्रीलाई सजिलै गलाएर गुणस्तरीय कम्पोष्ट मल बनाउन शैक्षिक तथा अनुसन्धान संस्थाहरूले थप अध्ययनपरीक्षण र प्रदर्शन कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। सल्लोको पातलाई इ.एम. जस्ता डिकम्पोजर प्रयोग गरी मल बनाउने अभियान सञ्चालन गरी यसको प्रयोग र महत्व कृषकसम्म पुर्‍याउनुपर्छ। साथैसल्लोको पात छिटो गलाउने विधियसको pH सन्तुलन तथा गुणस्तर सुधार गर्ने उपायबारे अनुसन्धान र प्रचार–प्रसार गर्न आवश्यक छ।

सल्लोको पात मात्र होइनवनमारातितेपातीस्याउला आदि सामग्रीबाट पनि कम्पोष्ट मल उत्पादनको परीक्षण गर्नुपर्छ। यी सबै प्राङ्गारिक मल उत्पादन र प्रयोगसम्बन्धी ज्ञानलाई व्यापक रूपमा फैलाउन विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्न सके नेपाललाई कृषिको माध्यमबाट समृद्ध बनाउन सकिन्छ। त्यसका लागिहामी जहाँ छौँत्यहीँबाट आजैदेखि पहल गरौँ।

वनको पत्करवाट मल बनाउनका लागी अनुमानीत लागत तथा तरिका

तराइ क्षेत्रमा १ हेक्टर (२० रोपनीको पत्कर बाट मल बनाउन लाग्ने अनुमानीत लागत

क्रम संख्या

सामाग्रीको नाम

इकाइ

अनुमानित परिमाण

लागत प्रति इकाइ

अनुमानित लागत

१ मी २ मी ३ मी को कम्पोष्ट खाडल  श्रम

जना

३०००

१२०००

 

खाडल खन्ने सामाग्री वेल्चा गैटी कोदालो आदी

संख्या

२००

६००

 

पत्कर गलाउनका लागी इम तथा ट्राइकोड्रमा

लिटर

१५०

१२००

 

इ एम २ वनाउने ड्रम तथा वाल्टीन

संख्या

५००

१०००

 

पत्कर ओसार्न डोका वोरा नाम्ला

संख्या

२००

८००

 

जोडन गोवर मल

डोका

१२

२००

२४००

 

पात स्याउला खर संकलन तथा काट्न र कम्पोष्ट खाडलमा पात पतिङ्र राख्न श्रम

जना

१२

८००

९६००

 

१ महिनामा मल फर्काइ हिप वनाउन श्रम

जना

८००

६४००

 

मल फर्काउदा जोडन इ एम

लिटर

१५०

६००

 

१०

हिप वनाउदा मल छोप्न वोरा वा प्लाष्टिक

संख्या

४०

२०

८००

 

 

कुल लागत

 

 

 

३५४००

 

 

सहभागीता प्रतिशत

 

 

 

 

 

 

अनुमानित मल उत्पादन

१.      प्रती १२ घन मिटरको खाडल बाट अनुमानित ६ घन मीटर मलको ४००० केजी मल

२.      ४००० केजी मल को रु २५ प्रती के जी का दरले रु १०००००

३.      १ हेक्टरमा ४ वटा खाडल बाट प्रति खाडलबाट १००००० का दरले ४०००००

४.      नाफा ४००००० – ३४६०० ३६५५००

५.     दोस्रो वर्ष खाडल खनिरहन नपर्ने भएकाले नाफा ३६४५००+१२०००= ३७७५०० वार्षीक

६.     यो खर्च आम्दानी स्थानिय दर र ठाउँ अनुसार फरक पर्दछ ।

केशवराज काफ्लेवरिष्ठ कृषि विज्ञसेवा निवृत्त ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave