logoसोमबार, २१ बैशाख २०८३

१० केजीभन्दा कम तौलका बेकरी सर्टनिङ उत्पादन तथा बिक्रीमा रोक, १५ दिनभित्र फिर्ता गर्न निर्देशन

Author
Loading...
समाचार

0

Shares

१० केजीभन्दा कम तौलका बेकरी सर्टनिङ उत्पादन तथा बिक्रीमा रोक, १५ दिनभित्र फिर्ता गर्न निर्देशन

काठमाडौं, बैशाख १६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० किलोग्रामभन्दा कम तौलका बेकरी सर्टनिङको उत्पादन, प्याकेजिङ तथा बिक्री वितरणमा रोक लगाएको छ।


विभागले बैशाख १४ गतेको निर्णयको आधारमा जारी गरेको सूचनाअनुसार अब कुनै पनि उद्योगले १० किलोग्रामभन्दा कम तौलमा बेकरी सर्टनिङ उत्पादन, प्याकेजिङ वा बिक्री गर्न नपाउने भएको छ। यस्ता उत्पादनहरू बजारमा पाइएमा सम्बन्धित उद्योगलाई कारबाही गरिने चेतावनी दिइएको छ।


यसअघि बजारमा बिक्री वितरण भइरहेका १० ग्रामभन्दा कम तौलका बेकरी सर्टनिङ भने सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा बजारबाट फिर्ता (रिकल) गर्न विभागले निर्देशन दिएको छ। साथै, फिर्ता गरिएको विवरण सम्बन्धित क्षेत्रको विभागीय कार्यालयमा जानकारी गराउनुपर्ने पनि सूचनामा उल्लेख छ।


विभागले उक्त निर्देशन उल्लङ्घन गर्ने उद्योगहरूमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave