अन्नबाली वा तरकारी र फलफूल
खेति गर्नुमा धेरै अन्तर छ। किनकि अन्न वा तरकारी एक दुई देखि चार महिना भित्रमा
उत्पादन लिन सकिने बालि हो तर फलफूलको प्रकार हेरि २ बर्ष देखि ५-६ बर्षपछि उत्पादन दिन सुरु गर्दछन । नेपालमा बिशेषगरि तराई
भेगमा आँपको खेति गरेको पाइन्छ । व्यवसायिक आँप खेतिको लागि समुन्द्रि सतह देखि ७०० मिटर उचाई सम्मको
जमिन उपयुक्त मानिन्छ । आँपलाई २५ ० देखि ३५ ०
सेन्टिग्रेड तापक्रम फूल फूल्ने समयमा उपयुक्त मानिन्छ।
आँपको बोटको वृद्धि र गुणस्तरमा बिभिन्न तत्वहरुले असर
पार्दछन। माटोमा चिस्यानको मात्रा, हावा, तापक्रम, प्रकाशको अवस्था, सन्तुलित खाध्यतत्व, रोग किरा आदिले बोटको बृद्धि र
गुणस्तरमा असर पार्दछन। आँपको उत्पादनमा देखिने समस्याहरु मध्ये
खाध्यतत्वको कमि पनि एक महत्वपुर्ण समस्या हो । आँपको राम्रो उत्पादन लिन र उत्पादकत्व बढउन पर्याप्त
मात्रामा खाध्यतत्व दिनुपर्ने हुन्छ।
जुनसुकै वोटबिरुवालाई १६ वटा तत्वको
जरुरत पर्दछ । जसमध्ये ३ वटा सँरचनात्मक तत्व; कार्बन (C),
हाइड्रोजन (H), अक्सीजन (O),
३ वटा प्रमुख खाध्यतत्व; नाइट्रोजन (N), फास्फोरस (P),
पोटासियम (K), ३ वटा सहायक खाध्यतत्व; क्याल्सियम (Ca),
सल्फर (S),
म्याग्नेशियम (Mg),
र ८ वटा सुक्ष्म खाध्यतत्व; फलाम (Fe),
बोरन (B),
क्लोरीन (Cl),
मन्गानिज (Mn), जिंक (Zn), तामा (Cu),
मोलिब्डेनम (Mo),
पर्दछन्। बिरुवालाई पर्याप्त मात्रामा खाध्यतत्व उपलव्ध छ छैन भन्नेकुरा बगैँचाको माटोको
जाँच, बिरुवाको पात बिश्लेषण र
बिरुवाले देखाएका खाध्यतत्वको कमिको लक्षणको आधारमा थाहा पाउन सकिन्छ।
नाइट्रोजन
नाइट्रोजन कमिका लक्षणहरु
नाइट्रोजनले बिरुवाको बृद्धि र गुणस्तरमा मद्धत गर्दछ। यसको कमिले बिरुवाको बृद्धिमा कमि हुन्छ र पात पहेँलो हुदै जान्छ। नाइट्रोजन कमिका लक्षणहरु बिरुवाको फेदबाट सुरु भई टुप्पातिर बढ्दै जान्छन । यसको कमिले आँपको पातहरु सामान्य बनेटमा नपुगि परिपक्क हुन्छ तथा नयाँ हाँगा काठे हुन्छन्। यदि प्रकोप बढि भएमा फलको आकार सामान्य अवस्थामा नपुगि अपरिपक्कमा नै पाकेर झर्छ।
रोकथामका उपायहरु;
आँपमा सिफारिस गरिएको
नाइट्रोजनको मात्रा १४३३.८४ ग्राम ( युरिया) प्रति फलदिने बोट हो। सिफारिस गरिएको मात्रालाई तीन चरणमा बिरुवामा दिनु पर्दछ
। सिफारिस गरिएको मात्राको १/३ भाग फल्ने बोटको
नयाँ पालुवा नआउदै, १/३ भाग बर्षायाम सुरु हुनु भन्दा अगाडि र १/३ भाग बर्षायामको अन्तमा बिरुवाले ओगटेको भाग वरिपरि ( Plant Canopy ) माटोमा राम्रोसंग मिलाईदिनु पर्दछ। २% युरियाको झोल फल लाग्ने
बेलामा दिँदा आँपको उत्पादनमा बृद्धि हुन्छ।
फस्फोरस
फस्फोरस कमिका लक्षणहरु;
यसको कमिले बिरुवाको टुप्पो भाग मर्ने, पातको किनारमा पहेँलो थोप्लाहरु देखिने, पात झर्ने, फल झर्ने, काण्ड सुक्दै जाने र पातको किनारा भाग र तल्लो भागमा बैजनि रङ्ग देखिन्छ। फस्फोरसको कमिले जराको बृद्धि कम हुनुको साथसाथै फल परिपक्क हुन ढिलो हुन्छ।
रोकथामका उपायहरु;
आँपमा सिफारिस गरिएको
फस्फोरसको मात्रा ९३१.३० ग्राम ( डि.ए.पि) प्रति फलदिने बोट हो। फस्फोरसयुक्त मलहरु पैष-माघमा पुरै मात्रामा एकैपटक बिरुवाले ओगटेको भाग वरिपरि ( Plant Canopy ) माटोमा राम्रोसंग मिलाईदिनु पर्दछ।
पोटासियम
पोटासियम कमिका लक्षणहरु;
पोटासियमको मुख्य काम भनेको
बिरुवामा रोग प्रतिरोधात्मक क्षमता बढाउनु हो। यसको कमिले पातको टुप्पो डड्ने, पातको किनारा मर्ने, अपरिपक्क अवस्थामा पात झर्ने र माथिबाट मर्दै जान्छ । पात सानो र पातलो हुन्छ
र पातको टुप्पो मर्दै जान्छ।