लक्षणः यो रोग काँक्रो तथा फर्सीमा बढी मात्रामा देखा पर्दछ । पातको माथिल्लो सतहमा हल्का खैरो रङ्गका धब्बाहरु केहि उठेका जस्ता देखिन्छन । पातको तल्लो सतहमा सेतो देखि धमिला ढूसी देखिन्छन । ती पातहरु पातहरू छिट्टै सुक्दछन । फलस्वरुप बोटलाई समेत असर पुर्याउदछन ।
व्यवस्थापनः
रोग रहित क्षेत्रको स्वस्थ बीउ मात्र प्रयोग गर्ने ।
बीउ उपचार गरेर तयार गरिएका विरुवा मात्र रोप्ने ।
रोगी बोट र अन्य झारपातहरू नष्ट गर्ने ।
Thiram 75% WS २ ग्राम प्रति किलोको दरले बीउ उपचार गर्ने ।
फल नलागेको अवस्थामा भए कपर अक्सिक्लोराइड विषादी २ देखी ३ ग्राम प्रति लिटर पानीका दरले मिसाई छर्कने । अथवा ःMancozeb 75% WP (Dithane M 45) २ ग्राम अथवा Carbendazim 50% WP १ ग्राम प्रति लिटर पानीका दरले मिसाई छर्कने । अथवा Dimethomorph 50% WP (Kingstival) १.५ ग्राम पानीका दरले मिसाई छर्कने ।
03 Comments