समाचार

जुम्लामा ग्रेडिङ मेसिनबाट स्याउ प्रशोधन सुरु

जुम्ला ।  जुम्लाको स्याउ प्रशोधन तथा ग्रेडिङ लागि पहिलो पटक ग्रेडिङ मेसिन सञ्चालनमा ल्याइएको छ  गुठिचौर-५ मा रहेको गुठिचौर एग्रो फर्म प्रालिले ग्रेडिङ मेसिन ल्याएर स्याउको प्रशोधन थालेको हो 

पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार ग्रेडिङ मेसिन उद्घाटन गर्दै गुणस्तरीय स्याउको निर्यातमा महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले भने, ‘जुम्ला स्याउको जिल्ला हो । तर स्याउको गुणस्तरमा खासै चासो देखिएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको छ । अब यो मेसिनले स्याउको ग्रेडिङ गरेर जुम्ली स्याउको गरिमा उच्च बनाउनेछ । ’

ग्रेडिङ मेसिनले स्याउको आकार छनौट गरेर मूल्य निर्धारणमा सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ । गुठिचौर एग्रो फर्मले उच्च घनत्वको स्याउ ३८ हजार बिरुवा रोपेको छ । यो वर्ष दुई लाखभन्दा बढी केजी स्याउ उत्पादन हुने अनुमान गरिएको छ । पूर्वराज्यमन्त्री श्रेष्ठले ग्रेडिङ गरेको स्याउ बजारमा लैजाँदा खेर नजाने बताए 

जुम्लामा कुल ४ हजार २ सय ५० हेक्टरमा स्याउ रोपिएको छ । तर ग्रेडिङ मेसिन नहुँदा स्याउको ग्रेडिङ हुन सकेको थिएन । गुठिचौर एग्रो फर्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारी स्याउको ग्रेडिङ भइरहेको बताए । उनका अनुसार ग्रेडिङ मेसिनले सुपर, ग्रेड ए, बी र सी आकारमा ग्रेडिङ गर्नेछ । त्यो भन्दा सानो स्याउको चाना, जाम, जुस, जेली लगायतका परिकार बनाउने उनले बताए । ग्रेडिङ मेसिन जुम्लासम्म पुर्‍याएर जडान गर्दा झण्डै ३८ लाख रकम खर्च भएको उनले बताए 

उनले भने, ‘यो ग्रेडिङ मेसिनले गुठिचौर एग्रो फर्म प्रालिको बगैंचाको स्याउमात्रै ग्रेडिङ गर्ने छैन । आसपासका किसानहरुको समेत स्याउ ग्रेडिङ गर्ने छ । स्याउ ग्रेडिङ गर्न झण्डै दुई दर्जन कामदारहरु परिचालन गरिएको छ । ग्रेडिङ मेसिन गाउँमै स्थापना गरेर सञ्चालनमा आएपछि किसानहरु हर्षित छन् यसअघि जिल्ला सहकारी संघ जुम्लामा ग्रेडिङ मेसिन ल्याए पनि सञ्चालनमा आउन सकेको थिएन । ग्रेडिङ मेसिन नहुँदा किसानहरुले जथाभावी स्याउ प्याकिङ गरेर पठाइरहेका थिए 

 

कान्तिपुरबाट

03 Comments

Leave a comment