समाचार

ट्याम्पो चालकदेखी किवि खेतीसम्म

दोलखा । 

देशमा केही अवसर र सम्भावना नै छैन भनेर आजभोली विदेश जानेहरुको लर्काे नै लाग्ने गरेको छ । वार्षिक लाखौँ युवाहरु श्रमका लागी गाँउ छोडेर धमाधम विदेश जान थालेका छन । अहिले करिब ३५ लाख नेपाली विदेशमा कार्यरत छन् । श्रम स्वीकृति लिने नेपालीको संख्या आर्थिक वर्ष २०७८।७९ मा ६ लाख ३० हजार ९७ पगुेको छ । जसमध्ये १० प्रतिशत महिला छन ।

वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सबाट मलुकको अर्थतन्त्र धानिएको छ । त्यसोत आर्थिक वर्ष २०७८÷७९ मा १० खर्ब ७ अर्ब रुपैया भित्रिएको रेमिट्यान्स कुल गार्हस्थ्य उत्पादनको अनपुातमा करिब २१ प्रतिशत छ  । तर देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न सफल हुनुभएको छ, दोलखा चरिकोटकी गीता दाहाल । जहाँ उहाँको नेत्तृत्वमा  ६० लाख भन्दा बढिको लगानीमा  २०७५ सालदेखी किवि फार्म सँचालित छ ।