नवलपुर । नवलपुरको त्रिवेणी गाउँपालिका किसानहरुले १.५ बिगाहा क्षेत्रफलमा तिहार लक्षित पुष्प खेती गरेका छन ।
वर्षेनी तिहारका लागी धेरै मात्रामा फूल विदेशबाट आयात भइरहेको र त्यसलाइ ध्यानमा राख्दै यस वर्ष आयात प्रतिस्थापनमा योगदान गर्ने लक्ष्यले गाउँपालिकाले पुष्प खेती प्रर्वदनको कार्यक्रम सँचालन गरेको पालिकाका कृषि शाखा प्रमुख दामोदर पाण्डेले बताउनुभयो ।
त्रिवेणी गाउँपालिकाका ३ चिसापानीका किसान गौरव सुनारी मगरले पालिकाले अनुदानमा फूलका विरुवा, ट्याङ्की, मल्चिङ प्लाष्टिक लगायतका सामाग्री बितरण गरेकोले खेतीका लागी हौसला मिलेको बताउनुभयो । फूलको माला प्रति गोटा १०० रुपैयामा र फूल प्रतिकेजी ३५० रुपैयामा विक्रि भइरहेको ४ लाख रुपैया भन्दा बढी आन्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । फूल आवस्यक पर्नेले ९८५७०३३७७४, ९७४२९१२७२२ मा सम्पर्क गर्न सकिनेछ ।
03 Comments