समाचार

पढ्दै कमाउँदै त्रिवेणीका विद्यार्थी

उदयपुर

उदयपुरको कटारी नगरपालिकाको त्रिवेणी मा.वि. का कृषि विषयका विद्यार्थीहरूले १ बिघा भन्दा बढी  क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेका छन ।

कटारीमा ६ कठ्ठामा   त्रियुगा  नगरपालिकामा १ बिघामा अमृत नामको कृषि फार्म नै स्थापना गरेर विधार्थीहरुले तिहारलाई लक्षित गरि व्यवसायिक रुपमा सयपत्री फूल खेती गरेका हुन ।

पढ्दै कमाउँदै अभियान अन्तर्गत प्राविधिक तर्फका-१२ का विद्यार्थीहरूले सयपत्री फूल उत्पादन गरेको कटारी मा. वि. का प्रधानध्यापक बालकृष्ण कार्कीले जानकारी दिनुभयो ।  बिउमा विद्यालयले लगानी गरेको र प्रतिफलमा २० प्रतिशत विद्यालय र ८० प्रतिशत विद्यार्थीहरूले पाउने गरी व्यवसायिक खेती गरेको प्रधानध्यापक कार्कीले बताउनुभयो । गत वर्ष पनि यसरी नै फूल खेती गरेको तर बजारिकरणमा समस्या हुँदा नाफा कमाउन नसकेको तर अहिले त्रियुगा कटारी नगरपालिकासँग समन्वय गरि काम गरेको उहाँले जानकारी दिनुभयो । पालिकाहरुले बजारीकरणको जिम्मा लिएमा व्यवसायिक रुपमा तरकारी तथा अन्य बालीहरु समेत लगाउने योजना रहेको प्रधानध्यापक कार्कीको भनाइ छ ।

फूल प्रति केजी ३०० रुपैया र माला प्रति गोटा १०० रुपैयामा बिक्री भइरहेको विद्यालयका कृषि विषयका कार्यक्रम सँयोजक कैलास रायमाीले जानकारी दिनुभयो । फार्ममा फूल खेतीसँगै कृषि पर्यटनका क्रियाकलाप समेत सँचालन भएका छन। फार्ममा आएर टिकटक बनाउन चाहानेलार्इ प्रतिव्यक्ति रु ५० तोकिएको र दिनमा सयौ मानिसहरु आउने गरेको उहाँले बताउनुभयो । फूल तथा मालाको व्यपारबाट खर्च कटाएर ५ लाख कमाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।