समाचार

पशुहरुमा लाग्ने भ्यागुते रोगको लक्षण तथा उपचार

यो पशुहरुमा लाग्ने खतरानाक सरुवा रोग हो । यो खास गरेर वर्षातको मौसममा निकै गर्मी भएको बेलामा बढी देखा पर्छ । यो जिवाणुबाट हुने रोग हो, जुन गाई भैसीमा बढी देखिन्छ तर कहिले काही भेडा, वाख्रा, सुँगुर घोडा तथा ऊटमा पनि देख्ने गरेको पाइन्छ । यो खास गरेर मोटो घाटो सप्रेको पशुहरुमा बढी देखा पर्छ । रोग लागेको पशुको शरीरको तापक्रम एक्कासी बढ्छ घाँटी सुनिन थाल्छ, जुन गला तथा च्यापु सम्म फैलिन्छ । यो अति नै तिव्र गतिले फैलिन्छ । शरीरको भित्रि भागमा रहेको फोक्सो तथा आन्द्रा सुनिएर अन्तमा स्वास नली तथा जिव्रो सुनिएर साँस लिन नसकी घ्यार घ्यार आवाजले साँस फेदै पशु भूईमा ढल्छ र पशु २४—४८ घण्टाको विचमा मर्छ । 

कारणः 

यो रोग पास्चुरेला मल्टोसिडा (Pasturella multocide) नामक जिवाणुबाट हुन्छ, जुन आहारा पानी तथा झिंगा, लामखुट्टे, डाँस, किर्ना, उपिया आदिको टोकाईबाट निरोगी पशुमा सर्छ ।  धेरै लामो बाटो हिडेर पशु आएको वेला वा धेरै मेहनत गरेर आएको पशु एक्कासी गोठमा आराम पाएमा रोग लाग्ने सम्भावना बढी रहन्छ । 

लक्षणः 

यो रोगको लक्षण तीन अवस्थामा देखिन्छ, वा भनौ तीन प्रकारको लक्षण देखिन्छ । 

(१) सुनिने अवस्था (Edematous form)

(२) निमोनिक अवस्था (Pneumonic form)

(३) इनटेरिक अवस्था (Enteric form)

कम उमेरको पाडा पाडी तथा बाछा बाछीहरुमा यो रोग अति तिव्र विषाक्त अवस्थामा नै मर्न सक्छ, जसमा एक्काशी १०६—१०७ डीग्री फरेनहाइट सम्म ज्वरो आउछ । मुख, नाकबाट ¥याल सिगान काढने, आँखा रातो हुने, खान छोडने, कान लथ्रिने, शुरुमा दिसा कब्जीयत हुने तथा पछी रगत मिसिएको पातलो दिसा गर्ने । पेट दुखेकोले दाँत कटकटाउने तथा ६—८ घण्टामा पशुको मृत्यू हुने । 

(१) सुनिने अवस्था (Edematous form)

यस अवस्थामा पशुलाई अत्याधिक ज्वरो (१०५—१०६ डीग्री फरेनहाइट ) आउने, झोक्रिने, ¥याल सिगान काढने, मुखको भित्री भाग सुनिने, घाँटी, च्यापु तथा जिव्रो सुनिने स्वास फेर्न अप्ठयारो हुने, जिव्रो वाहिर निकाल्ने, लिम्पु ग्रन्थी सुनिने, नाकबाट पहेलो पदार्थ निकाल्ने तथा स्वास फेर्न नसकि मर्ने । 

(२) निमोनिक अवस्था  (Pneumonic form)

यस अवस्थामा पशुको साँस नली देखि फोक्सो सम्मको भाग पूर्ण रुपले प्रभावित हुन्छ । यसै क्रममा सबैभन्दा पहिले च्यापु सुनिने क्रम बढदै गई ह्याकुलो सम्म पुग्छ, खोक्छ, टाउको तथा घिच्रो तन्काएर स्वास लिने तथा नाकबाट फिज काड्ने तथा मुख खोलेर समेत स्वास लिने गर्छ । स्वास नली सुनिएर साँगुरो हुनुको साथै जिव्रो समेत सुनिन गई पशु मुख खोलेर स्वास लिन थाल्छ, र स्वास लिँदा जोडले घ्यार घ्यारको आवाज निस्किन थाल्छ । च्यापु सुनिएको  भाग छान्दा तातो, (कडापन) साह्रो तथा दुख्ने गर्छ । कुनै कुनैमा पेट फुल्ने तथा खुट्टा सुनिन सक्छ । कम उमेरको पाडा पाडी छिटै मर्छ, भने बयस्क पशु बढीमा ४—५ दिनमा मर्ने गर्छ ।  भेडा, वाख्रामा यो रोगको खासै प्रस्ट लक्षण नदेखिए तापनि अत्याधिक ज्वरो आउने, झोक्रिने, मुखबाट ¥याल काड्ने, नाकबाट सिँगान बगाउने तथा आँखा रातो हुने जस्ता लक्षण देखाई २४ घण्टामा मृत्यु हुन्छ । 

(३) इनटेरिक अवस्था (Enteric form)

यस अवस्थामा पशुको मुख देखी लिएर फोक्सो, कलेजो, अमासय ९कतयmबअज० तथा आन्द्रा सम्मको भाग सुनिनछ, पेट फुल्ने, पखाला लाग्ने तथा रगत मासी जस्तो दिसा गर्ने र ३—४ दिनमा मर्ने । 

उपचारः

यो रोगको उपचार शिघ्र भएमा बाँच्न सक्छ । 

-एण्टीवायोटिक्स जस्तै सल्फाडिमाईडिन इन्जेक्शन ५०—१०० मि.ली. छालामा वा नसामा एकै चोटी दिनु पर्छ । त्यसको भोलिपल्ट आधा मात्रा घटाएर सुई दिदै जाने र ठिक भैसकेपछि मात्र सुई दिन छोडने । वा,

टेट्रासाइक्लीन, अक्सीटेट्रासाइक्लीन  ३०—६० मिलि तथा १० देखी ३० मिलि सानो पशुमा ७२ घण्टाको फरकमा मासुमा सुई ठिक नभए सम्म दिने । (१ एम.एल/१० के.जी. शारीरिक तौलको हिसाबले सुई दिने) । वा,

-एम्पीसिलीन + क्लोक्जासिलीन २—२.५ ग्राम सम्मको भाइल 10 ml. distil water  मिसाई २४ घण्टाको फरकमा मासुमा (1/m) सुई दिने । वा, 

-डाईक्रेस्टीसिन, विस्टपिन ४०—६० लाख यूनिट ठूलो पशुलाई तथा ४—८ लाख यूनिट सानो पशुलाई ठिक नभए सम्म मासुमा सुई दिने । 

-डेक्सामेथाजोत, डेक्सोना इन्जेक्शन ५—१० m अवस्था अनुसार मासुमा सुई दिने ।  

-एण्टीहिस्टामिन सुई एभिल पनि ५—१० m मासुमा सुई दिने । 

रोकथामः

- यो अती शिघ्र एकबाट अर्को पशुमा सर्ने रोग भएको कारण तुरुन्त रोगी पशुलाई अलगै बाध्ने तथा निरोगी पशुलाई तलको भ्यागुते विरुद्धको खोप छालामा लगाउने । 

- H.S + B.Q Combined vaccine  ३ मि.ली छालामा (S/c)  सुई दिने सानो पशुलाई १.५—२ मि.ली. सुई दिनु पर्छ । प्रत्येक वर्ष वर्षायाम शुरु हुनु भन्दा पहिले नै यस रोग विरुद्ध खोप लगाई सक्नु पर्छ । 

- गोठको कुना काप्चा आदि ठाँउमा २ % को फर्मालीन झोल बनाई छर्ने । 

-प्रा.डा. मोहन प्रसाद शर्मा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन

03 Comments

Leave a comment