समाचार

पशु पोषण तथा आहारा ब्यबस्थापन

पोषणतत्व के हो ?

पशुवस्तुहरुको जीवन निर्वाह र दुध, फुल, मासु आदि उत्पादन लिन तथा पशुवस्तुको वंशाणुगत क्षमता अनुसार उत्पादन लिन आवश्यक विभिन्न तत्वहरुलाई पोषणतत्व भनिन्छ । प्रोटीन, कार्वोहाईट्रेड, खनिज पदार्थ, चिल्लो पदार्थ भिटामिनहरु र पानी नै पशुहरुको पूर्ण पदार्थ हुन । यो मध्ये पानी पोषण तत्व नभए पनि यो विना शरीरमा कुनै पनि प्रकृयाहरु राम्रोसँग संचालित हुन नसक्ने भएकोले यसलाई पनि पोषण तत्वमा समावेशगरिन्छ । यी तत्वहरुले पशुको शरिरमा निम्न कार्यहरु सम्पन्न गर्दछन् ।

  • कोष तथा तन्तुको वृद्धि गरि शारिरिक वृद्धि गराउँछ् ।
  • पशुहरुको वृद्धि सँगैं शरिरमा विभिन्न प्रकृया सम्पन्न हुँदा भित्री अंगहरु खिइने र नोक्सान हुने हुन्छ । यस्तो नोक्सानीको पुर्ति पनि यिनै पोषकतत्ववाट हुन्छ ।
  • शरिरका अत्यावश्यक क्रियाहरु (ख्ष्तब िउचयअभकक) संचालनको लागि आवश्यक तत्वहरु पुर्ति गर्ने ।
  • शरिरको तापक्रम सामान्य राख्न आवश्यक उर्जाको आपुर्ति गर्ने ।
  • दुध, मासु आदि वस्तु निमार्णको लागि आवश्यक तत्वहरु शरिरलाई उपलव्ध गराउने ।
  • चोटपटक सामान्यकरणको लागि अत्यावश्यक पदार्थको उपलब्ध गराउने ।
  • शरीरको रोग प्रतिरोधात्मक क्षमता चुस्तदुरुस्त राख्ने ।

पोषणतत्वहरुको महत्व

नेपाल तथा अन्य विकासशिल देशहरुमा पशु उत्पादन लागतको ६०(७०५ अंश पशु आहारमा खर्च हुने तथ्य बिभिन्न अनुसन्धानहरुले देखाउँछ । तसर्थ दुग्ध उत्पदनको क्षत्रमा पनि यो तथ्य लागु हुन्छ र यसले एक अति नै महत्वपूर्ण लागत समायोजनको विन्दु पनि देखाउँछ । अर्थात, व्यवसायिक तवरले दुग्ध उत्पादन क्षेत्रमा लाग्दा किसानहरुले प्राथमिक रुपमा ध्यान पु¥याउनु पर्ने खास खास स्थानमा यस तथ्यले प्रकाश पार्छ ।

हरिया घाँसपात पशुवस्तुको अनेर्कौ आहारमध्ये सस्तो र सुलभ खाद्य पदार्थ हुन र यसको उचित प्रयोग गरि पशुपालन व्यवसाय अँगाल्दा पशु उत्पादनमा कुनै ह्रास बिना नै उत्पादन लागतमा उल्लेख्य कटौती गर्न सकिन्छ । साथसाथै विभिन्न घरेलु उप(उत्पादनहरुको प्रयोगलाई पनि दाना जत्तिकै महत्व दिनु उचित हुन्छ नकि व्यवसायिक तवरले उत्पादित पशु वस्तुको दानालाई मात्र ।

हरिया घाँसपातहरुमा भन्दा विभिन्न घरेलु उपउत्पादनहरु जस्तै पिना, चोकर, ढुटो आदिमा पाचनशिल प्रोटिन तथा कुल पाच्य तत्वहरु अधिक हुने हुनाले यी चिजहरुको यथोचित प्रयोगले पशुको उत्पादन वृद्धि गर्नुको साथै उत्पादन लागत कटौती गर्न पनि अहम् भुमिका निर्वाह गर्दछ । त्यसैले थारा तथा कम उत्पादनमा भएका पशु वस्तुहरुलाई औषत स्तरका घाँस पराल (कोशे तथा अकोषे दुवै १ः३ अनुपातमा मिसाएर) र अन्न तथा तेलिय उप(उत्पादनहरु मत्र खुवाएर पाल्न सकिन्छ । तर उच्च नश्ल तथा वर्णशंकर पशुहरुलाई मात्र माथि उल्लेखित आहारामा राख्दा उचित उत्पादन लिन सकिंदैन, त्यसैले व्यवसायिक दानालाई पनि यी पशुहरुको दैनिक आहारामा समावेश गर्नु अत्यावश्यक हुन्छ । वर्णशंकर तथा शुद्ध नश्लको पशुहरुको दुग्ध उत्पादन रैथाने पशुहरुको दाँजोमा अधिक हुने, शरिरिक वजन पनि अधिक हुने र यी जातका पशुहरुमा रोग प्रतिरोधात्मक क्षमता अलि कम हुने कारणले यी पशुहरुको आहारा व्यवस्थापनको विशेष सावधानी अपनाउनु पर्छ । विशेष गरि उत्पादनको स्तरसँग सिधै सम्वन्धित केही रोगहरु जसलाई उत्पादन उत्पादित रोगहरु पनि भनिन्छ, जस्तै सितांग ज्वरो (ःष्पि ाभखभच), किटोसिस (प्भतयकष्क) आदिको रोकथाम र व्यवस्थापनमा जहिले पनि उपचारको साथसाथै पशु आहारा तथा पोषण व्यवस्थापनको निर्णायक भुमिका रहेको हुन्छ ।

पशु वस्तुको पोषण व्यवस्थापनमा अर्को ध्यान नदिई नहुने पक्ष भनेको पशुको शारिरिक अवस्था (वाच्छा वाच्छी, हुर्काउला, गर्भवती,लैना, बकेर्ना आदी) र उमेर पनि हो । साधारणतया, कम उमेरका र हुर्काउला अवस्थाका पशुहरुलाई तिनीहरूको शरिरिक वृद्धि (तन्तुहरुको वृद्धि दर अधिक हुने) तिव्रतम हुने भएको र तन्तुहरुको वृद्धिको लागि प्रोटिनजन्य पदार्थ आवश्यक हुने कारणले अधिक कच्चा प्रोटिनयुक्त आहारा उपलव्ध गराउनु अत्यन्त जरुरी हुन्छ । त्यस्तै, गर्भिनी, लैना तथा वकेर्ना पशुहरुलाई पनि तिनीहरुको विशिष्ट शारिरिक अवस्थाका कारणले अधिक प्रोटिन तथा पाच्य तत्वयुक्त आहारा आवश्यक हुन्छ । यी सम्पूर्ण अवस्थाको आहारा तथा पोषणतत्व ब्यबस्थापनको सजिलो, उचित र अचुक उपाय भनेको पशुवस्तुलाई सन्तुलित घाँसपात तथा दाना उपलव्ध गराउनु नै हो ।

घाँसपात (Fodders)

उग्राउने पशुवस्तुका निमित्त घाँसपात नै प्रमुख खाद्यपदार्थहरु हुन् र हिमालदेखि तराइसम्मका कृषकहरु घाँसपात खुवाएरनै गाई, भैसी पालेका छन् ।

क) हरियो घाँस ; (Green fodders)

हरियो घाँस नै पशुवस्तुको प्रमुख खाद्यपदार्थहरु हुन् जुन कोषे र अकोषे हुन्छन् । कोषे घाँसमा प्रशस्त मात्रामा प्रोटिन हुने हुनाले जीवन निर्वाहको साथै तिनले उत्पादनमा समेत मद्दत पु¥याउँछन्ः जस्तै बर्सीम, स्टाइलो, लुसर्न आदि । यी घाँसमा सरदर २% भन्दा बढी पाचनशील प्रोटिन र १०–१२% सम्म कुल पाचनशील पौष्टिक तत्वहरु हुन्छन् । अकोषे घाँसमा सरदर १% भन्दा कम पाचनशील प्रोटिन र १२–१५ % सम्म कुल पाचनशील पौष्टिक तत्व (ताजा हिसाबमा) पाइन्छ भने यस्ता घाँसपातबाट पशुवस्तुको जीवन निर्वाह मात्र हुन सक्छ । जस्तै नेपियर, पारा, मोलासेस आदि ।

ख) सुख्खा घाँस (Dry fodders)

यसमा धान, गहुँ र जौकोे पराल, कोदोको नल र मकैको ढोड पर्दछन् । मुख्य बाली थन्क्याएपछि बाँकी रहेको सुख्खा भाग मात्र यसमा रहने हुनाले रेशा र लिग्निन ९ष्निलष्ल० धेरै हुन्छ, त्यसैले पशुवस्तुलाई ढोड, पराल पचाउन गाह«ो हुन्छ । परालमा कोरा प्रोटिन सरदर ३% र कूल पाचनशील पौष्टिक तत्वहरु ४०% हुन्छ । धानको परालमा कु–पोषणयुक्त पदार्थहरु सिलिका र अक्जालेट पनि हुन्छन् । कोषे बालीका परालमा प्रोटिन अधिक हुन्छ तर अन्नको परालबाट जीवन धान्न पनि नसक्ने हुनाले पराललाई बढी प्रोटिनयूक्त पदार्थ जस्तै दाना, पिना, युरिया मिलाई खुवाउने चलन छ ।

ग) चरनको घाँस (Pasture)

नेपालको कूल जमीनको झण्डै १२% भाग चरनले ओगटेता पनि तराई, शहरी क्षेत्र र दुनहरुमा मानिसको चाप बढेकाले चरन क्षेत्र मासिदै गएका छन् । चरनमा प्रायः स्थानीय घाँसहरुमा नै हुन्छन् तापनि चरन विकास कार्यक्रम अन्तर्गत हिमाली भेगमा सेतो क्लोभर, रातो क्लोभर, राइ घाँस, किक्यू र कक्स फुट भन्ने घाँसहरु छरिएका पाइन्छन् । जसमा क्लोभर र राइ घाँसको उत्पादन राम्रो पाइएको छ । स्थानीय घाँसमा हिमाली भेगमा बुकी र पहाड र तराईमा दुबो, दिनानाथ, बन्सो, सिरु, काँस जातिका घाँसहरु पाइन्छन् । ठीक अवस्थामा चराएमा यस्ता घाँसले पशुको जीवन निर्वाह हुन सक्छ भने क्लोभर र बुकी भएको चरनमा पशुको उत्पादन पनि बढ्छ ।

प्रा.डा. मोहन प्रसाद शर्मा, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन ।

03 Comments

Leave a comment