समाचार

पुष्पजन्य उपजको समाचारका सम्बन्धमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको ध्यानाकर्षण

काठमाडौ ।

तिहार पर्व लक्षित पैठारी भइरहेको पुष्पजन्य उपजको सम्बन्धमा भ्रामक समाचारहरू प्रकाशन/प्रसारण भइरहेको दावी गर्दै  कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले त्यसका सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रले बिहिबार  विज्ञप्ति जारी गर्दै तिहार पर्व नजिकिदै जाँदा पैठारी भइरहेको पुष्पजन्य उपजका बिषयलाइ लिएर बिभिन्न सञ्चार माध्यमहरुले भ्रामक समाचारहरू प्रकाशन/प्रसारण गरेको भन्दै त्यसो नर्गनका लागी विज्ञप्ति जारी गरेर सचेत गराएको छ  विभिन्न सञ्चार माध्यममा सम्प्रेषित विवरण अनुरूपको परिमाण नेपाल भित्रिने अवस्था नभएको तर अनधिकृत रुपमा अन्यत्रबाट पैठारी हुने सामाग्रीमा केन्द्रले जिम्मेवारी लिन नसक्ने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्ति

"तिहार पर्व लक्षित पैठारी भइरहेको पुष्पजन्य उपज" को सम्बन्धमा विभिन्न भ्रामक समाचारहरू प्रकाशन/प्रसारण भइरहेको विषयप्रति नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको गम्भिर ध्यानाकर्षण भएको छ।

अन्तरराष्ट्रिय व्यापारको नियमन गर्ने र सो को लागि कर तथा गैर-कर राजश्वको निर्धारण गर्ने, वस्तुको पैठारीको कोटा निर्धारण गर्ने वा नियन्त्रण गर्ने वा निषेध गर्ने निर्णय नेपाल पक्ष राष्ट्र रहेका अन्तरराष्ट्रिय सन्धिसम्झौता तथा द्विपक्षिय/बहुपक्षीय सन्धिसम्झौतामा रहेका सर्तहरूको आधारमा नेपाल सरकारका सम्बन्धित आधिकारिक निकायबाट हुनुपर्ने हुन्छ। राज्यले पैठारी निषेध नगरेका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा भएको व्यवस्था अनुरूप तोकिएको प्रकृया पुर्‍याएर पैठारी गर्न पाउने व्यवस्था रहेको छ।

आजका मितिदेखि गत १ (एक) महिनाको तथ्याङ्क हेर्दा पुष्प विकास केन्द्र, गोदावरीबाट दिइएको प्रवेश अनुमति सिफारिसका आधारमा ५८ वटा प्रवेश अनुमति पत्र जारी भइ कुल ,०२,३३६ के.जी. सयपत्री फुलको छोडपुर्जी जारी भएको देखिन्छ। यसै बिच पुष्प विकास केन्द्रबाट प्रदान गरिएको एकमुष्ट सिफारिस भइ पटक पटक प्रयोग गरी प्रवेश अनुमतिपत्रहरु माग गरिएका ४८ वटा प्रवेश अनुमतिपत्रहरु निलम्बन गरिएको छ। चाड पर्व लक्षित पैठारी भएका सयपत्री फूल तथा मालाहरू देशका सबै भागमा पुग्न सक्ने र सो बाट शत्रुजीव जोखिम हुन सक्ने आँकलन गरी पैठारी हुने सयपत्रीलाई निरुत्साहित गर्न केन्द्रले मिति २०८०/०७/१२ मा एक परिपत्र गरी सयपत्री फूल तथा मालाहरूमा १६ वटा विभिन्न शत्रुजीव मुक्त भएको प्रमाणीकरण हुनुपर्ने व्यवस्था गरेको छ र सो बमोजिम हाल सम्म ९ वटा प्रवेश अनुमति पत्रबाट ४५०००० के.जी. को लागि अनुमति पत्र जारी भएका छन् ।

नेपाल-भारत बिचमा रहेको खुल्ला सिमाना र देशका १७० भन्दा बढी स्थानमा रहेका भन्सार कार्यालयहरूमध्ये सिमानामा ११ स्थानमा मात्र यस केन्द्र अन्तर्गतका निकायहरूको उपस्थिति रहेको सम्बन्धमा केन्द्रको उपस्थिति रहेका स्थानबाट मात्र बिरुवा तथा बिरुवाजन्य उपजहरुको पैठारी हुनु पर्ने र सिमा सुरक्षा निकायबाट बरामद भएको सामाग्री समेत कानुन बमोजिम नष्ट गर्नु पर्ने चुनौतीहरू रहेका छन्।

तयारी कटफ्लावर तथा आलंकारिक बिरुवाहरू तुलनात्मक हिसाबले विलासिताका वस्तुको वर्गमा वर्गीकरण गरी भन्सार महशुल एवम् अन्य शुल्क लगाइ पैठारी निरुत्साहित गर्ने तथा स्वदेशी नर्सरी धनीहरुले माउबोटको रुपमा प्रयोग गर्ने बिउ र बिरुवा पैठारीमा भन्सार सहुलियत दिइ पुष्प व्यवसायी कृषकहरूको संरक्षण गर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र कृषकहरूलाई प्रतिस्पर्धि एवम् सबल बनाउन केन्द्रबाट निरन्तर पहल भैरहेको छ।

विभिन्न सञ्चार माध्यममा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र प्रति पूर्वाग्राही भई सम्प्रेषित विवरण अनुरूपको परिमाण नेपाल भित्रिने अवस्था नभएको तर अनधिकृत रुपमा अन्यत्रबाट पैठारी हुने सामाग्रीमा केन्द्रले जिम्मेवारी लिन नसक्ने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।


03 Comments

Leave a comment