भक्तपुर ।
अझै पनि नेपालमा पुष्प खेती व्यवसाय खासै फष्टाउन सकेको छैन । धेरैजसो व्यवसायी काठमाडौ केन्द्रित छन । देशभित्र ७०० भन्दा बढी नर्सरीमा करिव ५० हजार भन्दा बढी मानिसहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका छन । भन्सार विभागका अनुसारनेपालमा गत आर्थिक वर्षमा फूलको आयात ८,७६,१४,०२७ र निर्यात भने ११,५६,१५९ बराबरको मात्रै भएको थियो । देशभित्रै सम्भावना नभएको भने होइन तापनि यसमा लाग्ने लगानी, खेती प्रविधिका बारेमा अझै पनि धेरै किसान अनविज्ञ छन । तर भक्तपुरका एक कृषक भने विगत ७ वर्षदेखी फुलहरुसँगै रमाउँदै आउनुभएको छ ।
सुरुमा १ लाखको लगानीमा जर्वेराको ५०० विरुवा बाट आफ्नो व्यवसाय सुरु गर्नुभएका रामेश्वर बासी ले हाल झन्डै १२ रोपनीमा फूल खेती विस्तार गर्नुभएको छ भने लगानी एक करोड भन्दा बढीको छ । कहिले देशमै खेतीकिसानी त कहिले बैदेशिक यात्रा.... रामेश्वरको जीवनको कथा भने पृथक किसिमको छ ।
व्यवसाय सँचालन गर्नु पुर्वका प्रक्रिया र पुजी व्यवस्थापन लगाएतका कुराहरु पनि सहज भने छैनन । हाइटेक टनेलमा फुल खेती गर्दा लगानी पनि उत्तिकै छ । गुणस्तरिय फुल उत्पादन गर्न प्राविधिक ज्ञान एवं राम्रो हेरचाहको पनि आवश्यकता पर्दछ ।