समाचार

मरभूमि सलहको पहिचान तथा व्यवस्थापन

यसको एकल र झुण्डमा रहने प्रवृति अनुसार रङ पनि फरक फरक हुन्छन्। अपरिपक्व वयस्क गुलाबी हुन्छ र परिपक्व वयस्क पहेलो रङको हुन्छ भने एकल प्रवित्तका सलहको वयस्कको रङ खैरो हुन्छ । झुण्डमा रहने प्रवृतिका सलहको पहिलो अवस्थाको बच्चा (निम्फ) कालो हुन्छ ।

क्षतिको लक्षण

सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमानै सखाप पारी खाइदिने तथा बिरुवाहरूका हाँगा एवं बोक्रालाई समेत सखाप पार्ने क्षमता भएकाले यो फट्याङ्ग्रा अन्य कीराभन्दा बढी क्षति गर्ने खालको देखियो ।

व्यवस्थापन

यो कीरा रातभरि बास बस्ने र बिहानपख घाम लाग्ने बित्तिकै यसको समूह नउड्ने हुनाले बिहानपख निम्न विषादीहरू (मालाथियन ५० ई.सी.३ मि .ली./लि . पानी, ल्याम्डा साइहेलोथ्रिन ५५ ई.सी. ०.७० मि .लि ./लि . पानी, क्लोरपाइरिफोस २० ई.सी १.८८ मि .ली./लि ) मध्ये कुनै एक उल्लेख भएअनुसार मात्रामा प्रयोग गर्न सकिन्छ ।

03 Comments

Leave a comment