परिचय
मेवाको उत्पति मेक्सिकोबाट भएको हो । नेपालको हावापानी विविध खालको छ, त्यसैले यहाँ विभिन्न फलफुलको उत्पादनको
सम्भावना रहेको छ । स्वाथ्यका लागि अत्यन्त उपयुक्त मेवा शक्तिबर्धक तथा धेरै आम्दानी दिने फल हो साथसाथै आर्थिक
उर्पाजनमा पनि रुपमा किसानलाई टेवा पुर्याएको छ । यो फल काँचो हुँदा तरकारीको
रुपमा सेवन गरिन्छ र पाकेको फल सिधै खाईन्छ । छाला नरम र मुलायम बनाउन मेवामा पाइने प्यापिन (papain) भन्ने पदार्थको प्रयोग गरिन्छ । भिटामिन ए को
राम्रो स्रोत मेवा आयुर्वेदिक औषधि र कस्मेटिक सामाग्री बनाउन पनि प्रयोग गरिन्छ ।
क्यारिकाजान्थिन ‘caricaxanthin’
भन्ने पिग्मेन्टले गर्दा
मेवा पहेँलो भएको हो ।
मेवाको मुख्य उत्पादन गर्ने जिल्लाहरु काभ्रेपान्चोक, पर्सा, कैलाली, उदयपुर, दाङ, महोत्तरी,सर्लाही, धनुषा लगाएत हुन । मेवा खेती गर्दा किरा एवम् रोगहरु देखा
पर्दछन तर प्राविधिकहरुको सल्लाह बमोजिम खेती गर्ने हो भने रोग किराहरुलाई
सजिलैसँग नियन्त्रण गर्न सकिन्छ । सरकारी एबम् गैर सरकारी निकायहरुले मेवा खेती र
यसले दिने प्रतिफलका बारेमा अलिक बढी प्रचार प्रसार गर्न सकेमा किसानहरुले यसको
व्यवसायिक खेती लाभ लिन सक्दछन ।
वानस्पतिक पृष्ठभुमी
Caricaceae समूहमा पर्ने
मेवाका ४ जीनस (genera) र ३१ प्रजाति (species) छन् Carica genus को २ वटा प्रजाति छन् जसमध्ये ] Carica papaya भन्ने प्रजाति खानका लागि उपयुक्त र उत्पादन
राम्रो हुने हुनाले आर्थिक हिसावले उत्कृष्ट मानिन्छ । यो प्रजाति सदाबाहार हरियो हुने, सानो, खोक्रो तथा मुलायम बोट हुन्छ । सामान्यतया भाले फूल र पोथी फूल फरक फरक बोटमा
फुल्ने गर्दछ । यस्तो बोटलाई dioecious plant भनिन्छ । पोथी
फुल डाँठको नजिक सानो समूहमा बस्छ भने भाले फुल धेरै सानो हुन्छ । चोट लागेको
खण्डमा समय र उमेर अनुसार फूलको वर्ग परिवर्तन हुन पनि सक्छ । बोट ६ महिनाको
नभएसम्म यसको वर्ग छुट्टाउन मुस्किलै पर्छ । वनस्पती विज्ञानका अनुसार यसको फललाई
बेरी (berry) भनिन्छ
जसमा हजारौँ संख्यामा बीयाँहरु हुन्छन् ।
जातहरुः
पुसा नाहिस् वौना
जातको यो जात १ मिटर उचाईको हुन्छ र फल जमीनको सतहमा फल्छ र अरु जात भन्दा १ महिना पहिले फल्न
सुरु गर्छ ।
-CO1: यो जातको पहिलो फल ६० से.मी बाट फल्न थाल्छ ।
-
CO2: लाइन
चयन गरेर स्थानिय जातबाट
उत्पति भएको यो जातले उच्च प्यापिन ९उबउबष्ल० उत्पादन गर्छ ।
-
CO3: अग्लो
जात
-
CO4 CO1 × वासिङटन० मध्यम उचाइ भएको जात हो ।
-
CO5: यो
जात मुख्य प्यापिन उत्पादनका लागि लगाइन्छ । १५०० देखि १६०० के.जी सुख्खा प्यापिन प्रति हेक्टर उत्पादन हुन्छ ।
-
CO6: यो जात पुसा म्याजेस्टि भन्ने जातबाट छनोट गरि निकालिएको हो ।
-
हनि डिउ: यो मध्यम उचाईको भएपनि फल तल फल्ने गर्छ र लामो हुन्छ । यो जातमा
बीयाँ कम मात्रमा हुन्छ । यो जातलाई ‘मधु विन्दु’ पनि भनिन्छ ।
- सोलो ः यो जात अमेरिकाको हवाइको हो । यसको फल सानो नास्पाति आकारको, पहेँलो सुन्तला रगको हुन्छ । फलको तौल १ के. जी जति हुन्छ । यस जातमा भाले फूल हुदैन र नपुसक र पोथी फल २ः१ अनुपातमा फुल्ने गर्छ ।
-
वासिङटन भन्ने जात चाँहि विश्वकै
सबैभन्दा पुरानो जातको रुपमा मानिन्छ । यसको बोटपनि सानो उचाईको हुन्छ र नास्पति
आकारको फल हुन्छ ।
नेपालको तराई र मध्य पहाडी जिल्लाहरुमा मेवाको सफलताका साथ खेती गर्न सकिन्छ ।
राम्रो गुणस्तरको मेवा उत्पादन गर्नका लागि न्यानो तथा चिसो र ओसिलो रहने क्षेत्र
उपयुक्त हुन्छ । तापक्रम २२ देखि २६ डीग्री सेन्टीग्रेड सम्म यसको उत्पादन गर्न
सकिन्छ । सुख्खा तथा न्यानो हावापानीले फलको मिठास बढाउन मद्धत गर्दछ । केही
मात्रामा धेरै सुख्खा, तातो गर्मी र
तुसारो सहन सक्ने यो फलको लागि बार्षिक वर्षा १०० देखि १५० से.मी हुने ठाउँ
उपयुक्त हुन्छ । खेतीका लागि समुद्रि
सतहबाट १००० मिटर उचाई सम्मको ठाउँ उपयुक्त हुन्छ ।
माटो
मेवाको उत्पादन प्राय सबै खालको माटोमा भएतापनि बलौटे दोमट किसिमको माटोमा
राम्रो उत्पादन हुन्छ । अम्लिय देखि केहि छारियपन भएको माटोमा पनि सजिलैसँग
उत्पादन गर्न सकिन्छ । यसका लागी माटोको
उपयुक्त पि.एच ६ देखि ७ हो ।
प्रसारण
साधारणतया मेवाको प्रसारण बीउबाट गरेको पाईन्छ । कटिङ र कलमीद्धारा पनि प्रसारण गर्न नमिल्ने भने होइन । उपयुक्त हावापानी भएमा उम्रिने प्रकृया बीउ लगाएको २ देखि ४ हप्तामा शुरु हुन्छ । आशिंक परसेचन हुन सक्ने हुँदा राम्रो जातको बीउ छान्नुपर्छ । बीउ छनोट गर्दा राम्रो उत्पादन दिने, स्वास्थ, निरोगी, फलको गुणस्तर राम्रो भएको र आकर्षक रङ र आकारको फल भएको माउ बोट छनोट गर्नुपर्दछ । मेवाको बीयाँ निकालेपछि बीयाँलाई राम्रोसँग पखाल्नुपर्छ । त्यसपछि बीयाँ खरानी अथवा गाईको गोबरमा दलेर छायाँमा सुकाईन्छ । बीउले स्वसमरथता (Viability) ४५ दिनपछि गुमाउने हुँदा, विरुवा उत्पादन गर्ने बीयाँहरु ताजा हुनु आवश्यक छ । बीउलाई नर्सरी व्याडमा लगभग १ से.मी को गहिराहीमा लगाईन्छ । नर्सरी व्याड १५ देखि २० से.मी सतहमाथि हुनुपर्छ । बीउ २ देखि ३ से.मी को दुरिमा रोपिन्छ र ८ देखि १० सेमी लाईन देखि लाईनको दुरि राख्न सकिन्छ । विरुवा उम्रिएपछि कुहिनबाट बचाउन फाल्गुन अथवा असार साउन ताका नर्सरी व्याडलाई १०.२५ क्यापटानले (२०० ग्राम, १०० लिटर पानीमा ) छर्किनुपर्छ र आवश्यक परेको खण्डमा यो प्रकिया ४ दिनपछि फेरि दोहो¥याइन्छ । विरुवा ४० देखि ५० दिनको भएपछि लगाउनको लागि तयार हुन्छ र उचाई १५ देखि २० से.मी को हुन्छ ।
प्लास्टिक झोलामा बीउ जमाउने
मेवाका विरुवा कलिला हुने हुँदा यसलाई खनेर निकाल्दा र रोप्दा विशेष ध्यान
दिनुपर्छ । व्याडमा जमाएको बीउ भन्दा प्लास्टिक झोलामा जमाएको बीउबाट राम्रो
विरुवा हुर्किन्छन् । २०×१५ से.मी को
हुन्छ र यसको मोटाई लगभग १५० गजको प्लास्टिक झोला उपयुक्त हुन्छ । माटो, कम्पोस्ट मल र बालुवाको म्रिश्रणलाई झोलामा
हालिन्छ र ४ देखि ५ वटा बीउ प्रत्येक झोलामा रोपिन्छ । विरुवा उम्रिएपछि एउटा
विरुवामात्र प्रयोगमा आउँछ । विरुवा ६ महिनाको नहुँदासम्म यसको वर्ग विभाजित गर्न
सकिदैन । भाले फूल र पोथी फूल फरक फरक बोटमा फुलोस भनेर एउटा स्थानमा १ भाले
विरुवा र ८ देखि १० पोथी विरुवा रोपिन्छ । यसरी लगाउँदा धेरै आन्दानी हुन्छ । एउटा
उभयलिंगी बिरुवा -bisexual]) विरुवा (फलमा
भाले भाग र पोथी भाग दुवै भएको) प्रत्येक लगाएको स्थानमा छोडिन्छ ।
मेवा रोप्दा ५० से.मी को खाडल ३ मि को दुरिमा खन्नुपर्छ । त्यसपछि खाडललाई माटो र मलको मिश्रणले पुर्नुपर्छ । कम्पोष्ट मल १५-२० के.जी + १.५ बोन मिल + १ के.जी निम केक मिसाएको मल उपयुक्त हुन्छ । २ महिनाको १५-२० से.मी अग्लो बिरुवा खाडलमा रोपिन्छ । रोप्नका लागि उपयुक्त समय चैत-बैशाख, साउन-भदौ अथवा तुसारो नलाग्ने ठाँउमा माघ-फागुन महिनामा हो । प्रायजसो एउटा खाडलमा त्रिभुज आकारमा ३ वटा विरुवा रोपिन्छ र पछि भाले जातका विरुवा हटाईन्छ । कोर्ग हनि डिउ, सोलो, सी ओ ४ , पुसा डेलिसिवस, पुसा म्याजेस्टि जस्ता जातहरु प्रत्येक खाडलमा एउटा विरुवा रोपिन्छ । यी जातहरुको भाले बिरुवा पाईने सम्भावना कम नै हुन्छ । बिरुवा वेलुकाको समय वा बादल लागेको समयमा रोप्नुपर्छ । बिरुवा रोपेपछि दिनहँु दुई पटक सिंचाई गर्नुपर्छ । छाप्रो लगाएर, ओजेल दिएर हुन्छ कि अरु प्रक्रियाबाट होस् घातक घामको किरण र तातोबाट भने बिरुवालाई जोगाउनु पर्छ ।
सिँचाइ
नियमित सिँचाइ गर्नाले फलको गुणस्तरमा सुधार आउनुको साथै उत्पादनमा वृद्धि
हुन्छ । मेवाको उत्पादन सुख्खा ठाँउमा भएता पनि सुख्खा दिनहरुमा भने यसलाई
सिँचाईको जरुरत पर्छ । मेवालाई गर्मी महिनाहरुमा हप्ताको एक पटक सिँचाइ गरिन्छ भने
जाडोका महिनामा भने २ हप्ताको एक पटक गर्दा हुन्छ । विरुवा कुहिनबाट बचाउनको लागि
सकेसम्म पानी विरुवा भन्दा अलिक टाढा हुनेगरि सिँचाइ गर्नुृपर्छ । यसको लागि औंठी
आकार बनाएर सिँचाइ गर्दा राम्रो हुन्छ ।
मलखाद तथा खाद्यतत्व दिने कुरा माटोको मलिलोपन, प्रकार तथा गुणस्तरमा निर्भर गर्ने भएतापनि विरुवा रोपेको
४-५ महिनापछि १०-१५ के.जी कम्पोष्ट मल प्रति विरुवा दिने गर्नुपर्छ । १ वर्षको
विरुवालाई २०-२५ के.जी कम्पोष्ट मल प्रति विरुवा र ५०० ग्राम सुपर फोस्फेट,
२०० ग्राम एम.ओ.पी का दरले प्रयोग गर्न सकिन्छ
। मेवालाई नाइट्रोजन र फस्फोरसका साथै क्यालसियम, म्याग्नेसियम र सल्फर पनि धेरै मात्रामा चाहिन्छ । १ वर्षको
विरुवालाई २०० ग्राम नाइट्रोजन,१०० ग्राम
फोस्फोरस र २५० ग्राम पोटासियम चाहिन्छ । पोटासियमको पहिलो मात्रा फागुन चैतमा
दिइन्छ भने दोस्रो मात्रा असोज कार्तिकमा दिइन्छ । मेवालाई प्रशस्त मात्रामा
सिँचाइ गरेर रासायनिक मल दिनुपर्छ । अर्गानिक मल अथवा कम्पोष्ट मल र फोस्फाटिक मल
खाडलमा विरुवा लगाउनु भन्दा पहिले नै प्रयोग गरिन्छ र आधा मात्राको नाइटेजन र
पोटासियम चाँहि विरुवा छ महिनाको हुँदा फूल फुल्ने समयमा दिइन्छ । मेवालाई नियमित रुपमा गोडमेल गर्नुपर्छ । झारहरु बाट बचाउनका लागि प्याराकिवान्ट १.२–२.५ के.जी/हेक्टर अथवा डिउरन ३.७०-६.१७ के.जी/हेक्टर छर्न सकिन्छ । मेवा
आफैमा अन्तरबाली हो । छोटो अवधिको अन्तरबालीको रुपमा मेवा सँगसँगै प्याज, बन्दा , मुला लगाउन सकिन्छ ।
फलको विकास
मेवा फूल फुलेको (४५-६५) दिनमा खानको लागि उपयुक्त हुन्छ । स्वसेचन र आंशिक
तथा परसेचन बाट र अन्य माध्यम जस्तै पानी, जीवजनावर, किराहरु बाट पनि
फल फल्न मदत पुग्छ । मौरी, पुतली, थ्रिप्स जस्ता किराहरु परागसेचनका मुख्य माध्यम हुन्
भन्ने विज्ञहरुको अनुसन्धानबाट पत्ता लागेको छ । विज्ञहरुका अनुसार कीराहरुपछि
हावा पनि परागसेचनको लागि मुख्य माध्यम हुन ।
फल टिप्ने तथा प्याकेजिङ गर्ने
साधारणतया फूल फुलेको ५ देखि ६ महिनामा फल टिप्न योग्य हुन्छ तर यो अवधि ठाउँ
अनुसार फरक पर्न पनि सक्छ । फलको रङ हरियोबाट हल्का पहँेलो हुन थालेपछि र चोप सेतो
दुध जस्तो हुन छोडेपछि फल पाको भनेर थाहा पाउन सकिन्छ ।
तराई र भित्रि मधेशमा मेवा बसन्त ऋतुका साथै गर्मी महिनाहरुमा पाउन सकिन्छ ।
फल टिप्दा ध्यान पु¥र्याउनु पर्छ ।
फल फुट्ने र बिग्रन सक्ने हुँदा, फल सारो हँुदैमा
राम्रोसँग टिप्नुपर्छ । फललाई प्याक गर्दा बाँसको टोकरी, डोको अथवा काठको कार्टुनमा मिलाएर राख्नुपर्छ र ठोकिन र
फुट्नबाट बचाउनका लागि सुख्खा घाँस, पराल अथवा कागजले बेरेर राख्नुपर्छ ।
प्यापिन निकाल्ने
मेवा ३०-१०० दिनको हुँदा बिहानको १० बजे अगाडि टिप्नु उपयुक्त हुन्छ । फेदबाट
टुप्पोसम्म चारवटा चिरा बनाइन्छ । त्यसपछि मेवाबाट निस्केको चोप सिसाको
भाँडो अथवा अल्मिनम टे््रमा जम्मा गरिन्छ । अन्य भाँडाहरु प्रयोग नगरेको नै राम्रो
मानिन्छ किनकी प्यापिन सँग रासायनिक प्रतिक्रिया हुन सक्ने धेरै सम्भावना हुन्छ ।
प्यापिन प्रयोगका लागि उत्तम हुदैन । ४ वटा चिरा बनाउने प्रक्रिया ३-४ दिनको
अन्तरमा ३-४ चोटिको दरले गरिन्छ ।
चोप घाममा अथवा ड््रायरमा ५०-५५ डिग्री सन्टीग्रेडको तापक्रममा सुकाइन्छ ।
त्यसपछि तरल बितभह मा पोटासियम मेटावैसलफाइट (०.०५%) सुक्न भन्दा पहिले मिसाइन्छ ।
सुकेको प्यापिन धुलो बनाएर छानिन्छ र
पलास्टिकमा भण्डार गरिन्छ । प्यापिन निकालेपछि फललाई खानको लागि प्रयोग गर्न
सकिन्छ ।
किराहरु
जराको जुका (Nematodes)
Meloidogyne incognita / Pratylenchulus reniforms प्रजातिका जुकाले मेवामा आक्रमण गर्दछन् । जरामा गाँठाहरु देखा पर्नु र बोट वृद्धिमा रोकावट आउनु भनेको जुका लागेको मानिन्छ । पात पहेँलिदै जान्छ र मर्दछ । जरामा लाग्ने जुका नियन्त्रण गर्न निमको पिना ५० ग्राम प्रति बोेटका दरले फेदको माटोमा प्रयोग गर्नुपर्दछ ।
फल कुहाउने झिँगा (Fruit flies, Toxotrypana curvicauda)
यो विशेष गरि सुख्खा याममा लाग्छ । यी झिँगाले कोषको रस चुस्ने गर्छन् ।
त्यसपछि पात पहेँलो हुन्छ, चाउरी पर्छ र
झर्न थाल्छ । नियन्त्रणका लागि ०.०३५ डाइमिथोयट वा ०.०३५५ मिथाइल डिमिटनले उपचार
गर्नुपर्छ ।
१) फेद कुहिने रोग (Collar rot)
यो रोग पिथियम (Pythium) प्रजातिको ढुसीका कारण लाग्छ । यो रोग लागेको
बोटमा जमिनको सतह र माथिको बोक्रामा सुन्निएको जस्तो हुन्छ । त्यसैगरि माथिका
पातहरु पहेँलो हुँदै जान्छन् र अन्त्यमा बोटबाट तल झर्छ । फलपनि झर्ने सम्भावना
हुन्छ । बोटका जराहरु पनि कुहिदै जान्छ । यो रोग लाग्न नदिन पानी जम्न नदिने,
रोग लागेका बोटलाई उखेलेर फाल्ने गर्नुपर्छ ।
रोग लाग्न नदिन निम्न उपाय अपनाउनु पर्छ ।
- बोर्डडिएक्स ५:६:५० अथवा क्याप्टान ०.३५
बोटको जरा वरिपरिको माटोमा छर्किने
- वियाँलाई एग्रोसान, सिरिसान ३ ग्रामर के.जी का दरले उपचार गर्नुपर्छ ।
२) फल कुहिने रोग
यो रोग Colletotrichum pawpaw नामक ढुसीकोे कारणले
लाग्ने गर्छ । सुरुमा फलमा गोलो आकारको साना धब्बा देखापर्छ र बिस्तारै आकार बढ्दै
जान्छ । यस्तो धब्बा पातमा पनि देखिन्छन् । फल र पातहरु झर्न थाल्छन् ।
व्यवस्थापन ः
-झरेको पातपतिङ्गर र ण्mलहरु बटुलेर डिस्पोज गर्नुपर्छ ।
- ब्रासिकोल (०.२%) वा विलिटोक्स-५० (०.२%)
नियमित रुपमा फूल फुल्ने र फल लाग्ने समयमा छर्नुपर्छ ।
३) बेर्ना कुहिने -Damping off)
- २% फर्मालिन छर्ने
- बीउलाई ब्लाइटक्सले उपचार गर्ने (२ ग्राम प्रति
के जी बीउका दरले)
- नर्सरी ब्याडलाई १५ बोर्डोमिक्चरले उपचार गर्ने
- सिँचाई कम गर्ने गर्नुपर्छ ।
यो रोग ओइडियम क्यरिकाइ (Oidium caricae) प्रजातिको ढुसीका कारण लाग्छ । ढुसीका जीवाणु हावाले उडाएर एक बोटबाट अर्को बोटमा पु¥याउँछ । यो रोग लागेमा सुरुमा पातको तल्लो सतहमा साना साना पहेँला रङका थोप्ला देखा पर्छन् । रोग बढेपछि थोप्लाका वरिपरि सेतो ढुसी देखा पर्छ र माथि फैलिदै गएर पातमा खरानी छरे जस्तो देखिन्छ । यो लक्षण पातमा मात्र नभई डाँठ, फलमा पनि देखिन्छ । व्यवस्थापनका लागि सल्फेक्स वा इन्सफ जस्ता सल्फरयुक्त विषादि छर्नुपर्छ । विषादि २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नुपर्दछ ।
५) गोलो थोप्ले रोग (Papaya ring spot)
बी.एस्सी एजी, पृथु टेक्निकल कलेज, लमही दाङ ।
मेवा उत्पादन प्रविधि