समाचार

राजमा सिमीको असल खेती प्रविधि

१. परिचय 

राजमा(Phaseolus vulgaris L) एक महत्वपूर्ण दलहन बाली हो । वि.सं. २०७२–७३ मा राजमा बालीको खेती ३००९ हेक्टर क्षेत्रफलमा लगाई औसत उत्पादकत्व १६६० के.जी. प्रति हेक्टर रहेको थियो  (कृषि विकास मन्त्रालय, २०७३) । हाल यसको खेती क्रमिक रुपमा बढ्दै गएको पाईन्छ । यसलाई हिउंदे तथा बर्षे सिजनमा खेति गर्न सकिने बालीलाई राजमा सिमि, फ्रेन्च बिन, फ्यासीओलस बिनका नामले चिनिन्छ । एकथरी राजमा एकैचोटी पाक्ने जसलाई बिशेष गरी तराइमा हिउंदमा लगाइन्छ भने अर्कोथरि पाक्दै जाने र पटक पटक टिप्दै जाने जसलाई बर्षे याममा मध्य तथा उच्च पहाडमा लगाउने गरिन्छ । 

नेपालमा यसको खेती उच्च पहाडमा बर्षे बालीको रुपमा गरिन्छ भने तराई तथा भित्री मधेशमा हिउदेबालीको रुपमा गरिदै आएको छ । हाल यसलाई नगदेबालीको रुपमा खेती गरिएको पाईन्छ । यसको महत्वको बारेमा भन्नु पर्दा बिबाह, भोज, भतेर लगायतका हरेक उत्सवमा राजमाले बिशेष महत्व ओगटेको छ भने यो स्वास्थ्यको लागि हितकर पनि छ । निकै फाइदामुलक र बिक्रि गर्न सहज बाली भएको हुँदा यसको क्षेत्रफल बढ्दो क्रममा छ । राजमामा विभिन्न पैष्टिक तत्वहरु पाइन्छ ।  राजमाको पी.डी.आर १४ जातमा २३ प्रतिशत प्रोटिन, ४.२५ प्रतिशत खनिज पाइन्छ र प्रत्येक १०० ग्राम खाने दानामा प्रोटिन १७ ग्राम, क्याल्सियम ५० मि. ग्राम फस्फोरस २५ मि. ग्राम, फलाम १.७ मि.ग्राम केरोटिन १३२ मि.ग्राम भिटामिन ०.००८ मि.ग्राम रिवोफलामिन ०.०६ मि. ग्राम, भिटामिन सि २४ मि. ग्राम  पाइन्छ । 

हरियो कोशाको रेशामा सायोनोजिक ग्लुकोसाईड न्युन मात्रामा पाईन्छ । जसले व्लड सुगरको मात्रा कम गराउँछ । यसकारण मानव स्वास्थयको दृष्टिले अति उपयोगी देखिन्छ । यो जुम्ला तथा यस जिल्लाका आसपासका जिल्लाहरु मुंगु, कालीकोट र मुस्ताङमा नगदे बालीको रुपमा लगाइन्छ । यी भेगमा विभिन्न फरक–फरक रंगका बोक्रा र आकार भएका प्रजातिका बीउ उत्पादन गरी बिक्रि गरिन्छ । चितवन, नवलपरासी, कपिलबस्तु, मकवानपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत जिल्लाहरुमा पी.डी.आर.–१४ र हेटौडे अनुजातको राजमा धान तथा मकैमा आधारित बाली प्रणालीमा प्रचलित छन् ।

 १.१ राजमा जात पी.डि.आर १४ को ल्यावमा पौष्टिक विश्लेषण 



२. हावापानी र माटो 

राजमाको खेती तराइमा हिउँदे बाली र मध्य देखि उच्च पहाडमा वर्षे वालीको रुपमा गरिन्छ । यसका खेतीका लागी १५–२५ड्ढ सेन्टीग्रेट र माटोको पि.एच. ५.५ देखि ७.० सम्म भएको बलौटे दोमट वा दोमट माटो उपयुक्त  मानिन्छ । यो बालीको लागि पानी नजम्ने र निकासको प्रबन्ध राम्रो भएको जग्गा हुनुपर्दछ । 

३. जमिनको तयारी 

जमीनको अवस्था र माटोका किसिम हेरी २० देखि ३० से.मी गहिरो गरी २ देखि ३ पटक खनजोत गरि काठको लिड्को वा पाटा लगाएर माटो मसिनो बुरर्बुराउदो बनाउनु पर्दछ । बीउ उम्रनको लागि माटोमा प्रशस्त चिस्यान हुनुपर्दछ । 

 

चित्र: पी.डी.आर.– १४ जातको राजमाको बोट, कोसा तथा बीउ 

 

४. उन्नत जातको छनौट 

हालसम्म नेपालमा राजमाको कुनैपनि जात सिफारिस नगरिएपनि कोसेबाली अनुसन्धान कार्यक्रमले हालसम्म गरेको परीक्षण अनुसन्धान र कृषकको खेतबारीमा गरिएको अध्ययन अनुसन्धानबाट बढि उत्पादन दिने, रोग तथा कीरा कम लाग्ने बिभिन्न अनुजातहरु लगाउन सिफारिस गर्ने र खानमा स्वादिलो भएका पि.डि.आर–१४ नामक जात तराई देखि उच्च पहाड सम्म लगाउन उपयुक्त मानिएको छ । 

 

५. बीउ दर तथा बीउ उपचार 

राजमा खेतीको लागी बीउ छनौट गर्दा दानाको आकार पुस्ट भएको र उमारशक्ति ८५५ भन्दा माथि भएको बीउलाई छनौट गर्नुपर्दछ । राजमा खेतीको लागी बीउदर १०० केजी प्रति हेक्टरको दरले छर्नुपर्छ । यसको लागि ३ किलोग्राम बीउ प्रति कठ्ठाका दरले सिफारिस गरिएको छ । बीउबाट सर्ने ढुसिजन्य रोग नियन्त्रणको लागि थिराम (Thiram) वा बेभिस्टीन (Bavistin 50% WP) मध्ये कुनै एक २ ग्राम प्रति किलोग्राम बीउका दरले बिउमा राम्ररी मोलेर बीउ उपचार गर्नुपर्दछ । 


६. लगाउने समय एवं तरिका

राजमा खेतीको लागी उच्च पहाडमा जेष्ठ-आषाढमध्य पहाडमा भाद्र-आश्विन र तराई तथा भित्री मधेशमा आश्विनको दोस्रो हप्ता देखि कार्तिक पहिलो हप्ता बीउ लगाउनु उपयुक्त मानिन्छ । एक हार देखि अर्को हार को दुरी ४० से.मि. र एक बोट देखि अर्को बोट १० से.मि. कायम गरी बीउ लगाउनु उपयुक्त हुन्छ । माटोको उर्वरपन लाई मध्यनजर गरी एक हार देखि अर्को हार को दुरी ५० से.मि. देखि ६० से.मि. सम्म राख्न सकिन्छ साथै बीउलाई ५ देखि ७ से.मि. को गहिराइमा खसाली माटोले हल्का छोप्ने गर्नुपर्दछ । हारमा रोप्दा झारपात व्यवस्थापन गर्न सजिलो हुन्छ ।

७. मलखााद

राजमा खेतीको लागि राम्रोसँग पाकेको कम्पोष्ट मल ६०० देखि ७०० किलोग्राम प्रति रोपनीको दरले जमिन तयारी गर्दा मिसाउनुपर्दछ । अन्य दलहन बालीमा जस्तो राजमाको जरामा गीर्खा नहुने भएकोले यसले जैविक नाईट्रोजन स्थिरीकरण गरी उपभोग गर्न सक्दैनन् । त्यसैले यसको लागि नाईट्रोजनको मात्रा अन्य दलहनको भन्दा बढी आवश्यकता पर्दछ । यसको लागि १०० केजी नाईट्रोजन ६० केजी फस्फोरस र ४० केजी पोटास प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ । सिफारिस मात्राको आधा भाग नाईट्रोजन र पोटासफस्फोरसको पुरा मात्रा अन्तिम जोताईमा रोप्नु भन्दा अगाडी प्रयोग गर्नुपदछ । नाईट्रोजनको बाँकी आधा भाग युरिया रोपेको २५-३० दिन पछि टपडे्रस गर्नुपर्दछ । त्यस्तै युरीया ५.५ के.जीडि.ए.पी ६.८ के.जी र म्युरेट अफ पोटास ३.५३ के.जी प्रति रोपनीका दरले जमिनको अन्तिम तयारी गर्दा हाल्नुपर्दछ र गोडमेल गर्ने समयमा ३.५ के.जी युरियाको थप मल प्रयोग गर्नुपर्दछ ।

 ८. बाली प्रणाली

असिँचित

राजमा-फापर (उच्च पहाड)

राजमा-जौ (उच्च पहाड)

मकै +राजमा- जौ/गहुँ (मध्य पहाड)

सिँचित

धान-राजमा-मुङ्ग (तराई तथा भित्रिमधेश)

धान-राजमा-बसन्ते मकै (तराई तथा भित्रिमधेश)

 ९. सिँचाई

तराईमा राजमाको लागि २ देखि ३ पटक सम्म २५ देखि ३० दिनको फरकमा सिँचाई गर्नु पर्दछ । तर उच्च पहाडमा यो बाली वर्षा मौसममा लगाइने हॅुदा सिँचाई आवश्यकता नपर्ने बरु पानीको निकास राम्रोसँग गर्नुपर्दछ ।

१०. झारपात व्यवस्थापन

राजमामा झारपातको प्रकोप हेरि बाली लगाएको २५ देखि ३० दिन भित्र पहिलो र ४० देखि ५० दिन भित्र दोस्रो पटक गोडमेल गर्न सकिन्छ । रासायनिक विधिबाट झारपात नियन्त्रण गर्दा पेन्डिमेथालिन ( एभलमष्mभतजबष्लि ) ३.३ लिटर ७०० देखि ८०० लिटर पानीमा मिसाई प्रति हेक्टरको दरले राजमामा रोपेको ३ दिनभित्र माटोको सतहमा छरेमा झारपातको राम्रो व्यवस्थापन गर्न सकिन्छ । यो बिषादी छर्दा माटोमा चिस्यान हुनुपर्छ र यो बिषादीले माटोको सतहमा भएका बीउलाई क्षति पुर्याई उम्रन नसक्ने बनाउँछ तर माटो मुनिको बीउलाई यो बिषादीले असर गर्दैन यसरी बाली भन्दा अगाडी उम्रने माटोको सतहको झारलाई बिशेष नियन्त्रण गरेको हुन्छ ।

११. राजमा बालीमा लाग्ने मुख्य किराहरु तथा तीनको नियन्त्रण

राजमामा फेद काट्ने किरा ९ऋगतधयचm० र कोसामा लाग्ने गबारो प्रमुख किराहरु हुन् ।

११.१ फेद काट्ने कीरा (Cutworms)

यो कीराको वयस्क अवस्था खैरो अथवा खरानी रंगको पूतली हुन्छ । पूतलीको अगाडीको पखेटा ध्वांसे रंगको र ठाउँठाउँमा काला दाग भएका हुन्छन् । पछाडीको पखेटा भने हल्का सेता रंगका हुन्छन् । पोथी पूतलीको फुलबाट ध्वांसे रंगको नै लाभ्रेहरु (बच्चा) निस्किन्छन् । यीनका शरिरमा टुटेका कालाकाला धर्साहरु पनि देखिन्छन् । यिनीहरुलाई छोइदियो भने बटारिएर बस्दछन् ।