समाचार

सहकारीले दूधको ४७ लाख नदिँदा मारमा गाईपालक किसान


झापा । झापाको दमक नगरपालिका– ३ ओमशान्ति टोलका चेतन विष्टले तीन वर्षअघि ६० लाख लगानी गरेर गाई फार्म खोले साउदी अरबबाट घर फर्किएर चेतनले बैंकबाट ऋण लिएर गाईपालन सुरु गरेका थिए 

दमक– ३ मै रहेको हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारीले दूध किनिदिने भएपछि हौसिएर गाईपालन गरेका उनी अहिले भने थाकेका छन् तर, उनी गाईपालन छाडेर फेरि बिदेसिने योजनामा पुगेका छन् ‘गाई पाल्यो, दूधको पैसा नै उठ्दैन,’ विष्टले भने, ‘हम्सेदुम्से सहकारीले जेठदेखि पैसा नै दिन छाड्यो, दूधको आठ लाख लिन बाँकी छ।’ १६ वटा गाई पालेका विष्ट हम्सेदुम्से सहकारीलाई दैनिक दुई सय लिटरसम्म दूध दिँदै आएका थिएँ ‘पैसा नभएपछि गाईलाई चापट, पराल र दाना खुवाउन सकिएको छैन दूध पनि घटेर दैनिक सय लिटरमा झरेको ,’ उनले भने उनी विगतमा खर्च कटाएर मासिक एक लाख आम्दानी गर्दै आएका थिए 

 पराल, दाना, चापट र घाँस ल्याएको ठाउँबाट पैसा दैनिक फोन आउँछ, त्यही भएर गाई बेच्ने सोच बनाएको छु,’ उनले भने, ‘एक लाख ६० हजारमा किनेको गाई बेच्न खोज्दा ९० हजार दिन पनि मान्दैनन् खाना नपाएर गाई दुब्लाएका छन् त्यही भएर भाउ आएन।’

सहकारीले दूधको नौ लाख भुक्तानी नदिँदा यस्तै विखलबन्दमा परेका छन्, दमक–३ का टंकबहादुर कार्की तीन वर्षअघि ६२ लाखमा शान्ति कृषि फार्म खोलेका कार्की सहकारीले दूधको पैसा नदिँदा न त गाई पाल्न सक्ने अवस्थामा छन्, न त गाई फार्म बन्द गर्ने अवस्थामा पहिले सहकारीले दूधको पैसा नियमित भुक्तानी गर्दा उनको आम्दानी राम्रै थियो गाईको स्याहार गरेर, बैंकको किस्ता तिरेर पनि परिवार राम्रैसँग पाल्दै आएका थिए तर, गत जेठयता हम्सेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारी संस्थाले पैसा नदिएपछि उनी अप्ठ्यारोमा परेका हुन् 

पर्याप्त दाना, घाँस खुवाउन नसक्दा गाई बिरामी पर्न थालेको कार्की बताउँछन् ‘गाईको स्याहार गर्ने पैसा छैन बैंकको किस्ता कसरी तिर्ने ? केही हुन्छ भनेर गाईपालन सुरु गरेको सहकारीले पैसा नदिँदा समस्यामा परियो,’ उनले भने 

दमक– ३ गोलाटारका नन्दकुमार थापाले गत फागुनमा ऋण लिएर दुईवटा गाई किनेका थिए दूध बेचेर ऋणको किस्ता तिर्दै आएका थापाले गत जेठयता पैसा नपाएपछि ब्याजबाहेकको रकम तिर्न सकेका छैनन् ‘नियमित पैसा दिँदा घर चलाउन पुगेको थियो पैसा दिन छाडेपछि गाईको चाकर गर्न सकिएन,’ उनी भन्छन्, ‘अहिले घाँस–दाना किन्ने पसलको पैसा तिर्न सकेको छैन।’ 

 

 

नया पत्रिकाबाट

03 Comments

Leave a comment