समाचार

केही महत्वपूर्ण घाँसेबालीेहरु तथा खेती प्रविधि

पृष्ठभुमि

पशुपालन व्यवसाय सदियौदेखि नेपाली किसानहरुको आर्थिक, सामाजिक तथा धार्मिक रुपमा दैनिक जीवनसँग आवद्ध रहिआएको छ । दुध, दही, घ्यू, मासु, अण्डा देखि लिएर खेतबारीको उर्वराशक्ति बढाउनको लागि आवश्यक पर्ने मल तथा खेतीपातीको धेरैजसो कामहरुमा पनि पशुबस्तु कै प्रयोग गरिन्छ । त्यसैले, पशुपालन नेपाली किसानहरुको जिविकोपार्जनको एउटा अभिन्न हिस्सा भएको छ तर पर्याप्त आहाराको अभावमा पशुपालन क्षेत्रबाट आशातित फाइदा भने लिन सकिईरहेको छैन । पशु उत्पादनको कूल लगानीमध्ये ६०–७०% हिस्सा आहाराले ओगट्ने, तर पर्याप्त हरियो घाँसको अभाव, सिमित चरिचरन क्षेत्र वा अत्याधिक पशु घनत्व, मुख्यगरि कम उत्पादनशिल रैथाने जाति, भएकोले पनि पशुपालन क्षेत्र आशा गरे अनुसार सुदुढ हुन सकिरहेको छैन ।

तराईमा चरनक्षेत्र ४% ले अभाव छ भने उच्च पहाडी क्षेत्र अनियन्त्रित र अव्यवस्थित चरिचरनले पिरोलिएको छ । यसैगरी मध्यपहाडी क्षेत्रमा गाईवस्तुको अधिक चाप, अपर्याप्त र अव्यवस्थित चरनक्षेत्रले गर्दा यस भेगका किसानहरुले तुलनात्मक रुपमा बढी पशु आहाराको अभाव भोग्दै आइरहेको छ । समग्रमा हेर्ने हो भने नेपालमा ३४% पशु आहाराको अभाव रहेको छ । एक तथ्याङ्क अनुसार देशको कुल भौगोलिक क्षेत्र मध्ये १२% चरनक्षेत्र छ भने जम्मा ४% मा मात्र चरन विकास गरिएको छ । कुल कृषिजन्य जग्गाको ०.९०% भन्दा कम जग्गामा मात्र घाँसेबाली लगाइएको छ जुन अन्य देशको तुलनामा अत्यन्तै न्यून प्रतिशत हो । त्यसैगरि, शहरी क्षेत्र वरिपरि गरिने पशुपालनका निम्ति चाहिने हरियो घाँसको अभावमा महँगो दाना चोकरमा भरपर्ने हुँदा दूग्ध उत्पादन लागत बढी किसानहरुले उचित मुनाफा लिन सकिरहेका छैनन् । तसर्थ पशु उत्पादन लागत कम गराई अधिकतम फाइदा लिनको लागि हरियो घाँसमा आधारित पशुपालन व्यवसाय गर्नु वर्तमान आवश्यकता हो ।

पशुपालनमा घाँसको महत्व

  • सुख्खा पराल वा नल खुवाएर भन्दा हरियो घाँसपात खुवाँउदा दूध उत्पादन बढ्छ ।
  • हरियो पोषिलो घाँस खुवाउँदा दूध स्वादिलो र बाक्लो एवं घ्यू धेरै लाग्ने हुन्छ ।
  • दाना चोकरमा आधारित पशुपालन भन्दा हरियो घाँसमा आधारित पशुपालन गर्दा लगानी खर्च कम हुने हँुुदा नाफा ज्यादा हुन्छ ।
  • खेती गर्न अयोग्य बाँझा, पाखा, खोल्सा, भीर पखेरा, आदि स्थानमा डाले÷भुइँघाँस उत्पादन गरी उपयोग गर्न सकिन्छ ।
  • वातावरण सन्तुलनमा अनुकुल प्रभाव पार्छ ।

घाँसको वर्गिकरण

घाँसको किसिम, भौतिक आकृति र यसको पौष्टिकत्वको आधारमा निम्नानुसार बर्गिकरण गर्न सकिन्छ ।

महत्वपुर्ण घौसेबालीहरुको खेति गर्ने तरिका / भूमिका

पशु पालनको ईतिहास मानव सभ्यतासँगै जोडिएको भएता पनि नेपालमा घाँस खेति एक हिसाबले भन्दा शुरु कै अवस्थामा छ । घाँसको अनुसन्धान र अध्ययन पनि त्यति ध्यानपूर्वक गर्ने परिपाटी देशमा नबसिसकेको हुनाले कस्ता घाँसहरु कहाँ लगाउने ? कसरी लगाउने ? तिनिहरु कति पोषिला हुन्छन् ? भन्ने बारेमा प्रायः किसानहरु अनभिज्ञ नै रहने गरेको पाईन्छ् । यहि अवस्थामा पनि नेपालका तराइ एवं मध्य पहाडका केही जिल्लाहरुमा जागरुक किसानहरुले घाँसको खेति फाट्टपूmट्ट रुपमा गर्न थालेका पाईन्छन् भने केही सिमित क्षेत्रमा भने उद्यमी किसानहरुले व्यवसायिक तवरवाट नै घाँस एवं घाँसको बिउ उतपादन गर्न थालेको समेत पाईन्छ । खासगरि, नेपालमा पछिल्लो १०–१५ बर्षमा डेरि क्षेत्रले हासिल गरेको धनात्मक गतिको कारणले दुग्ध उधोगको विकासका निम्ति घाँस खेतीको प्रयास र प्रयोग हालका दिनहरुमा वढ्न थालेको पाईन्छ । यस सन्दर्भमा नेपालमा अलि बढी खेती गर्न थालिएका र पशु पोषणको दृष्टिले महत्वपूर्ण केही घाँसहरुको संक्षिप्त जानकारी यस तल उल्लेख गरिएको छ ।

कोषे घाँसहरु

स्टाइला

स्टाइलो फैलिएर बढ्ने, वर्षात मौषममा ज्यादा फस्टउने, बहुवर्षिय कोसे घाँसबाली हो । बहुबर्षे घाँसमा सर्बेपरी स्थान स्टाईलोले लिएको छ । स्टाईलोका पनि बिभिन्न प्रजातीहरुका आ–आफ्नै बिशेषताहरु छन् । यी विभिन्न प्रजातीहरु मध्ये स्टाइलो कुक बढी लोकप्रिय भइरहेको छ । यो घाँस राम्रो माटोमा २.५ मि. सम्म अग्लो भएको पाइन्छ । उम्रिदा पातलो भएपनि करिब ६ से.मि.मा आँख्ला हुने र हरेक आँख्लाबाट हाँगा निस्कने भएकोले पछि असाध्यै झाँगिएर आउछ । एउटा बिरुवामा ३५ –४० सम्म हाँगा लाग्न सक्दछन् । स्टाइलो अति पोषिलो घाँस हो । स्टाईलोको राम्रो हे बन्दछ । कोसेबाली भएकोले वायुमण्डलको नाइट्रोजनलाई स्थिरीकरण गरेर यसले माटो मलिलो बनाउँछ । खासगरी व्राजिलमा उत्पत्ति भएको मानिने यो घाँस नेपालका मध्य पहाडी, भित्री मधेश तथा तराइका भुभागमा राम्ररी फैलिन सक्ने पाइएको छ ।

हावापानी र माटो

स्टाइलोलाई समशितोष्ण प्रकारको हावापानी चाहिन्छ । त्यसैले यसलाई तराई देखि मध्य पहाडी क्षेत्रको १५०० देखि २००० मि. उचाइसम्म खेति गर्न सकिन्छ । बार्षिक ९०० देखि ४००० मि.मि. सम्म पानी पर्ने क्षेत्रमा यसको उत्पादन राम्रो भएको पाइएको छ । अलि अलि पानी जमे पनि सहन सक्ने क्षमता भएको यो घाास सँधै पानी जमिरहने ठाउँमा भने लगाउन सकिदैंन । यो अयोग्य जमीनमा पनि राम्रोसँग सप्रिन्छ । त्यसैले बलौटे र गेग्रेटो माटो कम भएको जमिनमा पनि यसको खेति गर्न सकिन्छ । सेटारिया, नेपियर, मोलासेस लगायका अकासे घाँसवाली सँग मिलाएर लगाउन सकिने भएता पनि स्टाइलो मात्रै लगाउँदा यसको उत्पादन अझ राम्रो हुने पाइएको छ ।

जमिनको तयारी, बिउ छर्ने समय र बिउ छर्ने तरिका

स्टाइलो छर्ने जमिनमा झाडीहरु पन्छाएर सफा गरि सामान्य खनजोत गर्नुपर्छ , यसको लागी धेरै गहिरो खन्नु पनि जरुरी छैन । एक एक मिटरको फरकमा करीब आधा मिटर खनजोत गरी लाइनमा बीउ छर्र्नु पर्दछ ।

स्टाईलोको बिउ मनसुन शुरु हुनुभन्दा पहिला छर्नु पर्दछ त्यसैले स्टाइलो छर्ने उपयूक्त समय बैशाख १५ पछि श्र्रावण महिना सम्म हो । ढिलो गरी छरेको स्टाइलो सोहि बर्षको लागि घाँस काट्न भने उपयूक्त हुदैन् । सिंचाईको सुबिधा भएको ठाउँमा भने स्टाईलो फागुन चैत्रमा पनि छर्न सकिन्छ ।

स्टाईलोको बिउ सानो र मसिनो हुन्छ । त्यसैले यसको बिउ धेरै गहिराईमा पर्नुहुदैन । साधारणतया एक हेक्टरमा ५ के.जी .बिउको आवश्यकता पर्दछ अर्थात एक रोपनीको लागि २५० ग्रा. र १ कठ्ठाको लागि करिब १७० ग्रा. बिउ चाहिन्छ । बिउ एकनासले छर्नको लागि बिउसँग बराबर मसिनो माटो मिसाउनु पर्छ । बीउलाई छर्नु अघि ५५ डिग्री से. को तापक्रममा २५ मिनेट भिजाएमा उमार क्षमतामा वृद्धि हुन्छ । राईजोवियम व्याक्टेरीयाले उपचार गरि वा कोसेबाली छरेको ठाउँको माटो बिउमा मिसाइ छरेमा नाइट्रोजन मल हावावाट तान्न सक्ने क्षमतामा वृद्धि हुने हुनाले यसमा ध्यान दिनु जरुरी हुन्छ ।

हरियो घाँस उत्पादन

साधारणतया स्टाईलो छरेको २–३ महिनामा काट्न सकिन्छ । पहिलो कटाई लिएको करिब १ महिनामा दोस्रो कटाई लिन सकिन्छ र वर्ष भरिमा ५ –६ पटकसम्म घाँस काटी ५ देखि ७ ट.÷हे. उत्पादन लिन सकिन्छ । घाँस काट्दा भुई देखि करिब १० से .मी. माथिबाट काट्नु पर्छ, यसो गर्दा घाँस छिटो पलाउन सक्दछ । स्टाइलो घाँसमा सामान्यतया १२ –२०% कच्चा प्रोटिन तथा ५२ –६०% पाच्य प्राँगारीक पदार्थ पाईन्छ ।

बिउ उत्पादन

पुष माघ तिर स्टाईलोको बिउ संकलन गर्न सकिन्छ । कुक स्टाईलो एकैचोटि पाक्दैन, एउटै बोटमा फुल फुल्ने, बिउ लाग्ने ,बिउ झार्ने क्रम भईरहन्छ । यसैले एकै चोटि बिउ संकलन गर्न सकिदैन । यसको लागि ३–४ दिनको फरकमा प्लाष्टिक अथवा अन्य कपडाहरु ओछ्याई स्टाईलोको बोट हल्लाएर बिउ झार्दै गर्नु पर्दछ । सामन्यतया एक हेक्टर क्षेत्रफलबाट करिब २०० के. जी. बिउ संकलन गर्न सकिन्छ । स्टाइलो घांसका कुक, ग्राहम, स्कोफील्ड, ऋक्ष्ब्त्(१८४ जस्ता जातहरु नेपालमा लोकप्रिय छन ।

बर्सिम

बर्सिम एक वर्षीय हिंउदे कोसे घाँस हो । यो अति नै रसिलो, स्वदिलो, पौष्टिक तत्वयुक्त हुनुको साथै १ हेक्टर जग्गामा लगाएको बर्सिमले प्रति वर्ष १०० किलोग्राम युरिया मलले दिने नाइट्रोजनको मात्रा बराबर नाइट्रोजन उपलब्ध गराउन सक्ने भएकोले यसलाई घाँसको राजा पनि भनिन्छ । बढी उत्पादनशिल, गाईवस्तूले मनपराउने, पोषकतत्वयुक्त घाँस भएकोले नेपालका तराई तथा मध्य पहाडको तल्लो सिंचित क्षेत्रमा यो ज्यादा लोकप्रिय छ ।

वर्सिम साना साना झयाङ जस्तो लाग्ने करिव ६० देखि ८० से.मि. सम्म उचाई हूने भूई घांसकै वर्गमा आउने महत्वपुर्ण घांस हो । यसका पातमा नजांनिदो भूmस हून्छन् । पातहरु पतला, लाम्चिला किसिमका ३ पाते स्वरुपका हून्छन् ।

हावापानी र माटो

ठिक्कको चिसो देखि चिसो हावापानीमा वर्सीम राम्रो हून्छ । नेपालको जनकपूर, दाङ तथा नेपालगन्ज क्षेत्रमा पनि वर्सीम राम्रो हँुदै आएको छ । हिँउदमा हूने भएता पनि ४ देखि ५ डिग्री से. भन्दा कम तापक्रम भएमा विरुवा मर्न सक्छ । गर्मी, सूख्खा, हावापानीमा यो घाँस लगाउन सकिंदैन । धैरै थरिका माटोमा वर्सीम लगाउन सकिन्छ । तथापी पानी नजम्ने, मध्य दूमट प्रकारको माटो यसको निम्ती वढी उपयोगी हून्छ । अम्लीय माटोमा यो घाँस लगाउन सकिदैन ।

जमिनको तयारी, बिउ छर्ने समय र बिउ छर्ने तरिका

धान खेतीको निम्ती जग्गाको तयारि गरे जस्तै गरि माटो हिल्याई करिव ५ से.मी. जमेको पानीमा बिउ छरेर वर्सीम लगाउनु पर्छ । करीव २० के.जि. नाइट्रोजन, ३० के.जि. फोस्फरस र ४० के.जि. पोटास मल÷हे.का दरले माटोमा मिसाई तयार गरिएको जग्गावाट वर्सीमको राम्रो उत्पदन लिन सकिन्छ । मध्ये असोज देखि कात्तिक अन्त सम्म छरेको वर्सीमवाट वढी फाईदा लिन सकिने कुरा अनुसन्धानवाट पत्ता लागेको छ । २० देखि ३० के. जि. विउ भए एक हेक्टरको निम्ति पर्याप्त हून्छ (१ कठ्ठाको निम्ती ५०० देखि ७०० ग्राम विउ भए पूग्छ) तर पुसा जायन्ट ९एगकब नबष्लत० को लागि प्रति हेक्टर ५० कि.ग्रा. बीउको अवश्यकता पर्दछ । कोसेबाली भएका कारण स्टाईलो जस्तै यसको बिउलाई पनि राइजोवियम व्याक्टेरियाले उपचार गरेमा उत्पादन क्षमतमा वृद्धि हून्छ ।जितको व्याक्टेरीया वर्सीमको निम्ती सबभन्दा राम्रो मानिन्छ ।

१ के.जी सख्खर वा चिनीलाई करिव १२.५ लिटर पानीमा घोली तयार पारिएको सख्खरपानी घोललाई उमालेपछि सख्खरमा यदि हानीकारक जिवाणू भएमा मर्दछन् । उक्त घोललाई राम्ररी सेलाएपछि आवश्यक बिउ र राइजोवियम माटो त्यसमा मिसाई हातले राम्ररी दलदाल पारेर छाँयामा सुकाउने हो भने सोही दिनको साँझ खेतमा बीउ छर्न सकिन्छ ।

हरियो घाँस र बीउ उत्पादन

पानी बढी आवश्यक पर्ने हूनाले छरेको २ हप्तासम्म हप्तैपिच्छे र त्यसपछि प्रत्येक १५ दिनमा सिँचाइ गरे पुग्दछ । ६०–७० दिनमा पहिलो कटाइ, त्यसको ३५–४० दिनमा दोस्रो कटाई र अरु ३० दिनको फरकमा तेस्रो र चौथो कटाई लिँदा प्रति हेक्टर ८००–१००० क्विन्टल हरियो घाँस लिन सकिन्छ । बर्सिम घाँसमा २०–२२% कच्चा प्रोटिन हुन्छ । करिव ५०० देखि ८०० के. जि.÷हे.का दरले यसको बिउ उत्पादन गर्न सकिन्छ । प्रत्येक कटाईपछि प्रति कठ्ठा १ देखि १.५ के. जि. यूरिया मल छरि सिंचाई गरेमा उत्पादन वृद्धि गर्न सकिन्छ । पुसा जायन्ट, मेस्काभी, वार्डन जातका बर्सिमहरु उत्तम ठानिन्छन् । बर्सीम मात्रै एकाबिहानै देखि लगातार पशू वस्तूहरुलाई दिनभर खूवाई रहने हो भने पेट फुल्ने संभावाना हुने हुनाले अन्य घाँस पात तथा परालसंग मिसाई यो घाँस खूवाउनू उपयूक्त हून्छ ।

लूसन

लुसर्न उष्ण तथा सूख्खा क्षेत्रहरुमा हिउँदे एक वर्षीय कोशे घाँस हो । यसको पात अत्यन्त पोसिलो हुनाका साथै भिटामिन ए र अन्य पोषक तत्वयुक्त हूनाले पशूवस्तूहरुले मन पराउँछन् । यसका पात तीनपाते, साना तर लाम्चिला आकारका हून्छन् । यसको पूmल वैजनी देखि निलो रंगको हून्छ भने पातमा नजांनिदो झुसहरु हून्छन् ।

चर्को सुर्यको किरण पाईने तर चिसो क्षेत्रमा यो घाँस बढी फस्टाउँछ । छोटो सूख्खा मौषम पनि यसले सहन सक्छ । पानी जम्ने अवस्था भने यसले सहन सक्दैन तर धेरै किसिमका माटोमा यसको खेती गर्न सकिन्छ । राम्ररी पानी निख्रिने, बढी उर्वरायुक्त माटोमा यसको खेती राम्रो हून्छ ।

राम्ररी खनेर वूर्वुर पारिएको माटोमा २०ः९०ः४० के.जि.÷हे. (नाईट्रोजन, फस्फोरस र पोटास) राखी १० ट.÷हे.का दरले गोवर मल प्रयोग गरी यसको खेती गर्न सकिन्छ । नेपालमा खास गरी असोजको अन्त्य देखि मध्य कार्तिकसम्ममा २५ देखि ३० के.जि.÷हे.का दरले हातैले विउ छरी लुसर्न खेति गर्न सकिन्छ । छर्नू अघि राम्ररी जग्गा सिंचाई गर्न सकेमा उमार क्षमतामा वृद्धि भई सजिलै हूर्कन्छ । छरेको ७ देखि १० दिनमा पहिलो पटक र त्यसपछि २० देखि २५ दिनको फरकम सिंचाई गर्न सके धेरै राम्रो हून्छ । लुसर्न फुल्न शुरुगर्दा घाँस काट्न थाल्नु पौष्टिक तत्वका हिसाबले राम्रो हुन्छ । अर्थात छरेको ३० देखि ७० दिन पछि लुसर्न काट्न तयार हून्छ । त्यसको ३० देखि ४० दिन पछि पुनः कटाई गर्न सकिन्छ । एक वर्षमा ६–७ पटकसम्म यो घाँस कटान गर्न सकिन्छ । लुर्सनमा साधारणतथा १६–२५% कच्चा प्रोटिन पाईन्छ । अवस्था हेरी वर्ष भरीमा ८ देखि १० टन सम्म हरियो घाँसको उत्पादन लिन सकिने यो घाँसको सिर्सा १ भन्ने जात प्रचलनमा छ । वर्सीमले जस्तै पशु बस्तुको पेट पूmल्ने सम्भावना हूनाले कति खूवाउने भन्ने सावधानी अपनाउनु पर्दछ । सेफिल्ड, वेकफिल्ड तथा हन्टरफिल्ड अस्ट्रेलियन जातिहरु धेरै उत्पादनशिल र उपयोगी मानिन्छन् ।

ज्वाईन्ट भेच

ज्वाईन्ट भेच सामान्यतया मध्य पहाडी हावापानीमा १ देखि २ वर्ष सम्म हून सक्ने कोसे घाँसबाली हो । यो डेढ मिटरसम्म अग्लो हुन्छ । यसका दुई कल्टिभार छन् । कल्टिभार लि बहुबर्ष हुन्छ भने ग्लेन नाम गरेका कल्टिभार एक वर्षीय स्वभाबको हुन्छ । यसको तल्लो डाठको भागमा झुस हुदैन् । तर माथिल्लो भागमा भने झुस हुन्छ । यसका पात ३–७ से. मि. लामा हुन्छ ।

हावा पानी तथा माटो

उष्ण तथा समशितोष्ण हावापानीमा यो राम्ररी लगाउन सकिन्छ । यसलाई वार्षिक औषत १००० मि. मि. वर्षाको आवश्यकता पर्दछ । यसले धेरै सुख्खाा सहन सक्दैन । चिसो जमिनमा पनि यसको खेती हुन सक्दछ तर यसले तुसारो खप्न सक्दैन । जस्तोसूकै प्रकारको माटोमा यसको खेती गर्न सकिन्छ तापनि होचो ठाँउको दूमट तथा बलौटे माटो अझै राम्रो हुन्छ । यसको लागि माटोको पि.एच. ५.५–६.० उपयुक्त हुन्छ । २० के.जि. फस्फोरस÷हे.का दरले राख्दा यसको उत्पादन दुगुना बढ्छ ।

बीउ रोप्ने समय तथा बीउ दर

बीउ रोप्दा बीउलाई २.५ से.मि. भन्दा तल पार्नुहुँदैन् । बीउ छर्ने उपयुक्त समय वर्षा शुरु हुनु भन्दा पहिला बैशाख, जेठ हो । छरेको ५ देखि ७ दिनमा नै उम्रने यो घाँसको सालाखाला उमार क्षमता ८०% भन्दा बढी नै देखिन्छ । १० देखि १५ वा अधिक २० के.जि. सम्म प्रतिहेक्टरका दरले बिउ छरेमा घाँस राम्ररी हुर्कन्छ ।

घाँस तथा बीउ उत्पादन

अन्य घाँस जस्तै जमिनको उर्वराशक्ति हेरी ६५ दखि ७५ दिनमा प्रथम पटक काट्न सकिने यो घाँस पुन ३५ देखि ४० दिनको फरकमा अरु २ पटक सम्म काट्न सकिन्छ । मलखाद व्यवस्थानपन र माटोको उर्वरा शक्तिको आधारमा यो घाँस ३० देखि ४० टन हरियो घाँस÷हे. सम्म उत्पादन हुन्छ । सामान्य अवस्थामा भेचको विउ उत्पादन ८०० देखि १५०० के.जि.÷हे. सम्म हुन्छ । यसमा कच्चा प्रोटीन २० देखि २२% सम्म पाईन्छ , तर हे वनाउँदा पातहरु झरि कच्चा प्रोटिनको मात्रा घट्छ । कोसेबाली भएका कारण ज्वाईन्ट भेच मात्र नखूवाई पराल र अन्य घाँसका साथमा मिसाई पशुवस्तुलाई खुवाउनु बढी फाईदादायी हुन्छ ।

प्रा.डा. मोहन प्रसाद शर्मा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन ।

03 Comments

Leave a comment